रोममा कारको ठक्करले एक नेपाली गम्भीर घाइते


गत जनवरीको पहिलो दिन अर्थात् नया वर्षको पहिलो दिन रोममा एक नेपाली कारको ठक्करबाट सख्त घाइते हुनु भएको छ। शिब डंगोल नाम गरेका उहा नयाबर्षको अघिल्लो दिन कामबाट फर्कने क्रममा उक्त दुर्घटना भएको हो। 31 डिसेम्बरको दिन राति 9 बजे पछि कुनै पनि गाडी नचलेको कारण डंगोल बिहान 6 बजे यूरो फेर्मी भन्ने ठाउँको बस स्टपमा गाडी कुरिरहेका थिए। बस स्टपमा बस आउने समयतालिका हेर्दै गर्दा एक्कासि एउटा प्राईभेट कारले ठक्कर दिएर फरार भएको थियो। घाइते डंगोलको अस्पतालमा उपचार भैरहेको छ। उहाको शिरमा र  दाया खुट्टामा गम्भीर चोटलागेको छ भने फरार कार चालकको खोजि कार्य भैरहेको छ।

Advertisements
%d bloggers like this: