मित्रता


लघु कथा,

बेखनारायण र रामे घनिष्ठ मित्र हुन् । दुवै जना आरआर क्याम्पसका बिद्यार्थी । रामे झापाको कुन्नी के हो गाउँबाट आएको । बेखनारायण इन्द्रचोकमा जन्मेका हुन् । रामे अलि टाठो छ, सायद झापाबाट काठमाडौंसम्म आउँदा उनले देखेका धेरै दृष्यहरुले उसलाई अलि चलाख बनाएको छ । तर, कहिल्यै राजधानीको चौघेरा नकाटेको बेखनारायण अलि लजालु छ । उनी भित्र सायद अलिकति हीन भावना पनि छ ।

यि घनिष्ठ दुई मित्र आरआरबाट गफ मार्दै रत्न पार्क आइपुगेका छन् । दुवै जना छुट्टिनु अघि दु:ख सुखका बाता मार्दैछन् । त्यही त हो नेपाली पारा साथी भाइबीच भेट भयो की गाउँघर, घर परिवार आदी । बात मार्न उभिएका दुई मित्रमध्ये रामेको खुट्टले बेखनारायणको खुट्टा कुल्चिएको छ । बेखनारायण मित्रले कति वेला थाहा पाउला र ‘सरी’ भन्दै खुट्टा सार्लन् भनेर पर्खिरहेका छन् । तर, त्यो मेसो रामेमा देखिएन । बेखनारायणलाई असह्य पीडा भयो । तैपनि उ साथीले थाहा पाउने आशामा सहिरहेका छन् ।

अव त पीडा साह्रै भयो । बेखनारायणले बिचैमा बोल्यो, ‘रामे तिम्रो खुट्टा मेरो खुट्टा माथि पर्यो सार न !’ रामेले खुट्टा हेर्यो, आफुलाई भइरहेको सुविस्ता सोच्यो र बोल्यो, ‘एक छिन् त होनी अव हामी छुट्टिनै लागेका छौं ।’ बेखनारायणले फेरी केही बेर सह्यो । कुराकानी अघि बढ्यो । कुराकानी सकिएन । दुवै जना कुरा गरिरहेकै छन् । बेखनारायणको बुढी औंलाबाट रगत चुहिन थाल्यो । फेरी बेख बोल्यो, ‘ए रामे ! मेरो खुट्टाबाट रगतै बग्न थाल्यो, तिम्रो खुट्टा हटा न !’ रामेको कन्सिरी तातिन थाल्यो । उसले मनमनै गम्यो र भन्यो, ‘साले, साथीको सुविधाको लागि यति पनि सहन नसक्ने ? आजदेखि तेरो र मेरो मित्रता कट !’ रामेले बेखको खुट्टा किचिमिचि पारिदियो ।

बेखाले त्यो सहन सकेन उ चिच्यायो र मुड्कि कसेर रामेको नाकमा बजार्यो । रामे बंग्लंग ढल्यो । रामेको नाक भाँचियो, ढाड खुस्कियो । बेखले आफुलाई संहाले । रामेलाई उठाए र अस्पताल लगे । बेख आजकल ‘हटकेश’मा आमाले पकाइदिएको खाना लिएर सधै अस्पताल धाइरहेको छ । उसको कलेज छुटेको छ । उ सोचि रहेको छ कहिले रामेलाई सञ्चो होला र दुवै जना पहिले जस्तै हाँसीखुशी कलेज जान पाइएला !

Advertisements
%d bloggers like this: