घोषणापत्रबिना नै उम्मेदवार घरदैलोमा


काठमाडौं- आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मैदानमा उत्रिएका उम्मेदवार चुनावी घोषणापत्रबिना नै घरदैलो कार्यक्रममा सक्रिय छन् । सत्तारुढ नेपाली कांग्रेसले औपचारिक रुपमा घोषणापत्र सार्वजनिक गरे पनि अन्य दलले भने घोषणापत्र सार्वजनिक गर्न पनि सकिरहेका छैनन् । कांग्रेसले पनि आफ्ना उम्मेदवारलाई घोषणापत्र उपलब्ध गराउन सकेको छैन ।

टिसर्ट छपाइ र भोजभतेरमा बढी ध्यान दिएका उम्मेदवारको झोला र गाडीमा समेत चुनावी घोषणापत्र फेला पार्न मुस्किल छ ।

टिसर्ट छपाइ र भोजभतेरमा बढी ध्यान दिएका उम्मेदवारको झोला र गाडीमा समेत चुनावी घोषणापत्र फेला पार्न मुस्किल छ । सिन्धुपाल्चोक, जुगल गाउँपालिकाका रामबहादुर तामाङले पार्टीका घोषणापत्र पढ्न नपाएको गुनासो गरे । ‘भोट माग्न त आएका छन् तर चुनावी घोषणापत्र लिएर भोट माग्न अहिलेसम्म कोही पनि आएका छैनन्,’ तामाङले नागरिकसँग भने, ‘बरु टिसर्ट, झन्डा, पोस्टर र भोजभतेर भने गाउँमा छ्यापछ्याप्ती छ ।’
सोही ठाउँमा पुगेका सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेत पनि घोषणापत्र नलिईकन चुनावी सभामा पुगेका थिए । यसअघिको संविधानसभा चुनावमा सोही क्षेत्रबाट विजेता बस्नेतले विगतमा सिन्धुपाल्चोक क्षेत्रमा गरेको विकास र अब आफूले गर्न खोजेको विकासको फेहरिस्त सुनाए तर पार्टीको चुनावी घोषणापत्रबारे भने केही पनि उल्लेख गरेनन् । उनीसँग पनि साथमा घोषणापत्र थिएन ।
एमाले–माओवादी गठबन्धनले चुनावी घोषणापत्र अझै सार्वजनिक गर्न सकेको छैन । ‘घोषणापत्र तयार छ, घोषणा गर्न बाँकी रहेकाले जनतासम्म पु¥याउन सकिएको छैन,’ ललितपुर–३ की गठबन्धन उम्मेदवार पम्फा भुसालले भनिन् । उनका अनुसार २३ गतेदेखि घरदैलो र चुनावी सभा गरिने भएको हुँदा घोषणापत्रसहित जाने समय अझै बाँकी छ ।
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत पर्सा जिल्लाबाट प्रदेशसभाका उम्मेदवार छन् तर उनी पनि घोषणपत्रबिना नै घरदैलोमा व्यस्त छन् । पर्सा–१ (ख) का उम्मेदवार उनले घोषणापत्र बनिरहेको बताए । ‘उम्मेदवार भएकाले घरदैलोमा व्यस्त छु, तीनवटा ठाउँमा सकिसकें, अन्यत्र जारी छ,’ राउतले नागरिकसँग भने, ‘घोषणापत्र बनाउने जिम्मा राजेन्द्र (श्रेष्ठ) जीहरुको हो, चाँडै सार्वजनिक हुन्छ ।’ संघीय फोरमले बुधबारसम्म घोषणापत्र सार्वजनिक गर्ने कार्यतालिका राखेको छ ।
अर्को मधेसवादी दल राजपाले पनि घोषणापत्र तयार पार्न सकेको छैन । राजपा अध्यक्ष मण्डलका सबै ६ अध्यक्ष चुनावी सभा र घरदैलोमा व्यस्त छन् । महन्थ ठाकुर महोत्तरी, राजेन्द्र महतो धनुषा, अनिलकुमार झा रौतहट पुगेर घरदैलो र चुनावी सभामा व्यस्त छन तर घोषणापत्र भने उम्मेदवारको साथमा अझै पनि पुगिसकेको छैन । ‘घोषणापत्र तयार हुँदैछ, केही दिनमा सार्वजनिक गर्छाैं’, सो दलका महासचिव रामनरेश रायले नागरिकसँग भने । स्थानीय तहको निर्वाचनमा तयार पारिएको घोषणापत्रले नै केही उम्मेदवारले काम चलाउँदै गरेको नेताहरुले बताएका छन् ।
राप्रपा अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री कमल थापा एक साता यता मकवानपुर–१ मा चुनावी सभा र घरदैलोमा व्यस्त छन् तर उनीसँग पनि घोषणापत्र छैन । ‘भोलि (मंगलबार) हाम्र्रो पार्टीको घोषणापत्र सार्वजनिक हुँदैछ, लगत्तै उम्मेदवारलाई दिएर गाउँगाउँ जानेछौं’, राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले नागरिकसँग भने ।
पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले पनि चुनावी घोषणापत्र सार्वजनिक गरेको छैन तर अध्यक्ष राणा सिन्धुपाल्चोक–२ मा घरदैलो मात्रै होइन, चुनावी सभा र आन्तरिक बैठकमा व्यस्त हुन थालिसकेका छन् । ‘आजै (सोमबार) मात्र घोषणापत्र पारित भएको छ, पर्सी (बुधबार) सार्वजनिक गर्छाैं’, सो दलका प्रवक्ता राजाराम श्रेष्ठले नागरिकसँग भने । उनका अनुसार धु्रवबहादुर प्रधानको संयोजकत्वमा गठित समितिले आर्थिक समृद्धि, सनातन धर्मलगायतका विषय समावेश गरेर चुनावी घोषणापत्र बनाएको छ ।
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले भने घोषणापत्र हेरेर मत माग्ने र दिने चलन हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । ‘आजकलका चुनावमा घोषणापत्र हेरेर मत दिने चलन हराएको छ,’ बिजुक्छेले नागरिकसँग भने, ‘अब घोषणापत्र हेरेर मत माग्ने काम प्रभावकारी हुन छाडेको छ, तामझाममा नै बढी विश्वास गर्न थालिएको छ, जुन चिन्ताको विषय हो ।’ चुनावी घोषणापत्रअनुसार काम नगर्ने दलको दर्ता खारेज गर्न सकेमा मात्र घोषणापत्रको महŒव बढ्ने बिजुक्छेले बताए ।

Advertisements

पोर्चुगलमा हरि जी सी को अन्तेष्टी कै दिनमा हत्यारा पक्राउ ।


भोला लामिछाने , पोर्चुगलमा हरि बहादुर जि सि को हत्या गर्ने अपराधी अर्जुन सापकोटा पक्राउ परेका छन । जिसीको अन्त्यस्टी गरेको केहि समयमा नै मंगलवार साँझ नेपाली हरुले नै पक्राउ गरी प्रहरिको जिम्मा दिएको पोर्तुगलबाट राज कुमार गुरुङले नेपाली वेभ लाई जानकारी दिएका छन् ।

स्वर्गीय हरि बहादुर जी सी को हत्यारा अर्जुन सापकोटा पक्रन सफल राज कुमार गुरुङ  कमल गुरुङ  नारायण काजि मगर  नर भुपाल राइ लगाएतका ब्याक्तीहरूको सहयोगमा उक्त अपराधी समातेर पुलीस प्रशासनलाई बुझाईएको छ । साथै सहयोग गर्ने व्याक्तीहरूलाई  सबै गैर आवासीय नेपालीहरूले सामाजिक संजालहरूमा धन्यबाद समेत दिंएका छन् ।

यता आजै स्वर्गीय हरि ज़िसी को अन्तेष्टीमा पोर्चुगलमा रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरूको बाक्लो भिड़ भएको थियो । हत्याराले कुनै हालतमा उन्मुक्ति पाउनु हुदैन भन्ने कुरामा समस्त नेपालि समाज पोर्चुगल एक ढीक्का हुदै अपराधीलाई कड़ा भन्दा कड़ा सजाय दिनुपर्ने नेपाली समाज संघ संस्थाहरूका प्रतीनिधीहरूले समेत बताएका छन् । थप जानकारीपुलीस प्रकाशनले दिनेछ जानाकार हरू बताउछन् 

भक्तपुर औद्योगिक क्षेत्र सहयोगको पर्खाइमा


September 5th, 2017 | by Weekly Nepal

नगरकोट, २० भदौ । सरकारले प्रत्येक प्रदेशमा एउटा सुविधा सम्पन्न औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अघि सारिरहेको अवस्थामा उपत्यकामै रहेको भक्तपुर औद्योगिक क्षेत्र समस्यमै समस्याबाट ग्रसित बनेको छ ।

उपत्यकामा रहेका तीनवटा औद्योगिक क्षेत्रमध्ये सानो भक्तपुर औद्योगिक क्षेत्रमा नयाँ उद्योग सञ्चालनका लागि ठाउँ अभावदेखि ढल निकास र भौतिक संरचना मर्मतलगायतका पर्याप्त पूर्वाधार नहुँदा समस्या भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

औद्योगिक क्षेत्र ७१ रोपनी क्षेत्रफलमा फैलिए पनि उद्योगलाई भने ५८ रोपनी जग्गा मात्रै भाडामा दिएको छ । भक्तपुर औद्योगिक क्षेत्रभित्र नेपाली कागजको हस्तकला, काष्ठकला र धातुकलाका परम्परागत एवं मौलिक वस्तु उत्पादन गर्नेसँगै पस्मिना, दुग्धपदार्थ, कपडालगायतका ३६ उद्योग सञ्चालनमा छन् ।

बर्जर ब्राण्डको अन्तरराष्ट्रिय रङ उत्पादन गर्ने उद्योगसमेत यही औद्योगिक क्षेत्रभित्र छन । तर भौतिक संरचना जीर्ण बन्दै गएका छन् । यी संरचनाको अझै मर्मत हुन सकेको छैन । मर्मतका लागि आवश्यक बजेट अभाव रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत जीवनारायण बन्जाडेले बताउनुभयो । अहिले औद्योगिक क्षेत्रभित्र दैनिक तीन÷चार घण्टासम्म विद्युत्भार कटौती हुने गरेको छ ।

औद्योगिक क्षेत्रलाई विद्युत्भार कटौती मुक्त क्षेत्र घोषणा गर्नुपर्ने उद्योगी रामप्रसाद प्रजापतिले बताउनुभयो । उहाँले देश विद्युत्भार कटौती मुक्त भइसकेको अवस्थामा भक्तपुर औद्योगिक क्षेत्र विद्युत्भार कटौती मुक्त हुन नसक्नुले उद्योगीको लागत बढ्नुका साथै व्यवसायी दोहोरो मारमा परेको बताउनुभयो ।

भक्तपुर औद्योगिक क्षेत्रमा जग्गा अभाव देखिएको कारण यहाँ व्यवसाय गर्न इच्छुक व्यक्तिले नयाँ उद्योग स्थापना गर्न सकेका छैनन् । कार्यालयका अनुसार नयाँ उद्योग स्थापनाका लागि जग्गा अपुग भएको छ । करिब ७१ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रमा ठाउँको अभाव हुँदा औद्योगिक क्षेत्रभित्र नयाँ उद्योग सञ्चालन गर्न समस्या भएको छ ।

भक्तपुर नगरपालिकाले पनि सो औद्योगिक क्षेत्रको विकास र यहाँ थप उद्योग स्थापनाका लागि सहयोग गर्न नसकेको व्यवसायीको गुनासो छ । उनीहरुका अनुसार नगरपालिकाले वार्षिक प्रतिउद्योग रु ४५ हजार कर असुली गर्दै आएको छ । तर नगरपालिकाले अहिलेसम्म उद्योगभित्रको फोहर व्यवस्थापनभन्दा अरु विकासका कुनै काम गर्न चासो देखाएको छैन ।

कार्यालयका अनुसार औद्यागिक क्षेत्रभित्र उद्योग सञ्चालन गरेबापत व्यवसायीले वार्षिकरूपमा जग्गाको बहाल प्रतिरोपनी रु १० हजार ९७६ र भवन बहाल प्रतिमहिना प्रतिवर्ग फिट रु ३०० तिर्दै आएका छन् । सस्तो बहाल र औद्योगिक क्षेत्रभित्र रहेकाले सुरक्षाको दृष्टिले पनि अधिकांश नयाँ उद्योगी व्यवसायी यही आउन चाहे पनि ठाउँको अभावका रहेको छ ।

एन आर एन इटालि निर्वाचनको परिणाम


प्राप्त जानकारी अनुसार एन आर एन इटालि निर्वाचनको परिणाम ।

अध्यक्ष –  दिपेश रेग्मी 

महासचिवमा – छबि लाल कडेल

आइ सि सि – क्षेत्र कुमार श्रेस्ठ 
बिजयी सबै कार्यसमितीलाई हार्दिक बधाई एव सफल कार्यकालको शुभ कामना ।

From facebook of Mahindo Waiba.

नगरौ मतको दुरुपयोग


मत बिभाजित होस तर नहोस बिभाजित हाम्रो मन
बिदेशमा आइपर्दा काम लाग्ने मान्छे नै हुन्छ हाम्रो धन

चोर, फटाहा,जाली र भ्रस्ताचारि देखि रहौ सधै सजग
योग्य ब्यक्ति चुन्ने बेला यहि नै हो लगाऔ आफ्नो मगज

समुन्द्र छेउ को बालुवामा एन आर एन इटाली खोज्दै थियौ
कुनै बेला त चुनाव आउला र चुनौला भनी सोच्दै थियौ

हो अहिले आएको छ एन आर एन इटाली फेरी चुनाव लिएर
को राम्रो को नराम्रो छरप्रस्ट देखिने शिक्षा दिएर

हो श्वस्छ छबीमा यो शिक्षाको गरौ आज सही सदुपयोग
राजनैतीक तथा आर्थिक प्रलोभनमा नगरौ मतको दुरुपयोग।

एन आर एन ए इटालीमा अध्यक्ष, महासचिब र आइ सि सि मा को कसले बिजय हासिल गर्ला?


%d bloggers like this: