जर्नेल किरण बज्राचार्यको स्पष्टीकरण: सेनाभित्रको भ्रष्टाचारमा को बोल्ने ?


image

जंगी अड्डाले सोधेको सवालमा बि्रगेडियर जर्नेल किरण बज्राचार्यको जवाफ

  • योग्य, दक्ष र जेष्ठताको समेत ख्यालै नगरी मौजुदा दरबन्दीभित्र रहेका प्राविधिक अधिकृतहरूलाई कामकाज नगराई पेन्सन पाएका सीमित व्यक्तिलाई काममा लगाउँदा सरकारलाई आर्थिक दायित्व बढेको छ, काम गुणस्तरहीन भएको छ
  • अनियन्त्रित खर्चबाट निहित स्वार्थका व्यक्तिहरूले अकुत सम्पत्ति आर्जन गरेर अविश्वसनीय जीवननिर्वाह गरेका छन्
  • संवेदनशील सुरक्षाका विस्फोटक पदार्थसमेत आवश्यक परिमाणभन्दा अविश्वसनीय रूपमा बढी खर्च भएको देखाई देशी-विदेशी ठेकेदारबाट अनुचित लाभ लिने गरिएको छ
  • राजनीतिक उच्चपदस्थ व्यक्तिलाई आर्थिक प्रलोभनमा पारी आफूले गरेको अनियमितता र भ्रष्टाचार गर्ने काम भएका छन्

काठमाडौं, १४ माघ : राजनीतिक लबिङ गरेको आरोपमा सैनिक हिरासतमा राखिएका सहायकरथी किरण बज्राचार्यले सेनाभित्रको भ्रष्टाचारबारे प्रश्न उठाएका छन् । उनले भ्रष्टाचारको आरोप लगाउँदै सेनाको स्थपति तथा विकास निर्माण महानिर्देशनालयका महानिर्देशक उपरथी नरेश बस्नेतलाई नै कारबाहीको माग गरेका छन् ।

सैनिक सचिव विभागलाई १६ पुसमा बुझाएको तीन पेज लामो स्पष्टीकरणमा स्थपति निर्देशनालयका निर्देशक रहेका बज्राचार्यले राजनीतिक लबिङ गरेको आरोप अस्वीकार गरेका हुन् । उनले पत्रपत्रिकामा आफूविरुद्ध समाचार लेखाएर नियोजित रूपमा कारबाही गर्न लागिएकोसमेत दाबी गरेका छन् ।

‘समाचार प्रकाशनमा आएको विषयलाई लिएर मलाई स्पष्टीकरण सोध्ने काम भएको छ, त्यसलाई नै एउटा कारक विषय बनाइने र ती अपुष्ट समाचारलाई प्रमाणको रूपमा हेरिने हो भने महानिर्देशकज्यूको विरुद्धमा लेखिएका विषयमा विनानिष्पक्ष छानबिन प्रमाणित भएको आधारमा कारबाही अगाडि बढाउनुपर्ने अवस्था हुन्छ,’ नयाँ पत्रिकालाई प्राप्त बज्राचार्यले बुझाएको स्पष्टीकरण-पत्रमा उल्लेख छ । पत्रको तेस्रो पृष्ठको दोस्रो अनुच्छेदमा भनिएको छ, ‘त्यो विषय एउटा प्रजातान्त्रिक कानुनको शासन र सभ्य समाजका लागि सम्भव विषय किमार्थ होइन । अतः अधोहस्ताक्षरीले निष्पक्ष जाँचका लागि आग्रह गरेको अवस्था हो । यो समान रूपमा सबैका लागि लागू हुने विषय पनि हो । कानुनको शासन, सैनिक मर्यादित अनुशासनको पृष्ठभूमिमा कसैलाई काखा र कसैलाई पाखा गरी अन्याय र विभेदपूर्ण व्यवहार हुन सक्दैन ।’

यसअघि बज्राचार्यसँग २४ घन्टे लिखित स्पष्टीकरण मागिएको थियो । त्यसको जवाफमा बज्राचार्यले उपरथी बस्नेतमाथि आरोप लगाउँदै कारबाही माग गरेका हुन् । तर, सैनिक सचिव विभागबाट सोधिएको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंले आफूअन्तर्गतका सैनिक अधिकृतहरूसमेतलाई साथमा लिई आफ्नो स्वार्थपूर्तिका लागि पदीय हैसियतमा प्रभावकारी पदमा आसिन विभिन्न राजनीतिक व्यक्तित्वहरूसँग भेट गरी सेनाको क्रियाकलाप सम्बन्धमा अनावश्यक दबाब दिएको कुरा गत हप्ता विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित समाचारहरूबाट समेत पुष्टि भएको छ ।’

सैनिक सचिव विभागबाट सहायकरथी प्रेमप्रकाश थापाद्वारा हस्ताक्षरित जंगी अड्डाको पत्र संख्या ३०४१।गो।छ।सै।स।२२८मा बज्राचार्यलाई किटेरै केही प्रश्न सोधिएका थिए । उनलाई सोधिएको थियो, ‘के-कुन उद्देश्यले विनाअनुमति तपाईंको नेतृत्वमा विभिन्न राजनीतिक व्यक्तित्वहरू साथ लागी गएका थिए ? उनीहरू स्वेच्छाले गएका हुन् कि तपाईंको दबाबका कारण गएका हुन् ? तपाईंको क्रियाकलापबाट सैनिक अनुशासन, मर्यादा एवं आचरणविपरीतको कार्य भयो वा भएन ? तपाईंउपर सैनिक ऐन २०६३ बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’

सैनिक ऐनको दफा २७ अनुसार आफूलाई मर्का परेको भए प्रधानसेनापतिसमक्ष उजुरी दिने तथा प्रधानसेनापतिले त्यसबारे अन्तिम निर्णय हुने प्रावधान तोडेको आरोप बज्राचार्यमाथि लागेको छ ।

सेनाको चेन अफ कमान्ड नाघेर राजनीतिक तहमा लबिङ गरेको आरोपमा बज्राचार्यसहित प्रमुख सेनानी प्रेमेन्द्रकिशोर खत्री, सेनानीहरू किरण श्रेष्ठ, पंकज थापा, ध्रुव पण्डित, रामसागर यादव र गोविन्द मैनाली तथा सहसेनानीद्वय विदुर श्रेष्ठ र राजेशकुमार देवमाथि कारबाही प्रक्रिया चलिरहेको छ ।

स्रोतका अनुसार सहायकरथी बज्राचार्यबाहेक आठजना अधिकृतलाई लिखित रूपमा स्पष्टीकरण नमागीकन हिरासतमा राखिएको छ । तर, सेनाले उनीहरूमध्ये पाँचजनाको बयान सकिएको र बाँकीको सकिएपछि सजायबारे निर्णय हुने जनाएको छ । ‘एक-दुई दिनभित्रै बयान सकिन्छ, त्यसपछि सजाय के हुने भन्ने टुंगो लाग्छ,’ सेनाको प्राड विभागका उपरथी बिएकुमार शर्माले शुक्रबार जंगी अड्डामा पत्रकारहरूसँग भने, ‘नसियतदेखि सात वर्ष कैदसम्मको सजाय हुने प्रावधान छ, बयान सकिएपछि सैनिक अदालतले फैसला गर्छ ।’ उपरथी शर्माले सुरक्षाका कारण नौजना अधिकृतलाई ब्यारेकमा राखिएको र परिवारलाई समेत भेट्न दिइएको बताए ।

यस्तो छ बज्राचार्यको स्पष्टीकरण

सहायकरथी बज्राचार्यले आफ्नो स्पष्टीकरणमा नियोजित रूपमा आफूविरुद्ध पत्रपत्रिकामा समाचार छपाइएको र त्यसकै आधारमा स्पष्टीकरण सोधिएको आरोप लगाउँदै ‘कसैको घर-आँगन’ नपुगेको उल्लेख गरेका छन् । तर, विकास निर्माण निर्देशनालय व्यक्तिपरक भएर चलेकोलगायत केही प्रश्नसमेत स्पष्टीकरणमा उनले उल्लेख गरेका छन् ।

‘विशेषतः स्थानीय पत्रपत्रिकाले प्रकाशित गरेको समाचारलाई नै मुख्य आधार बनाई मलगायत मेराअन्तर्गतका कर्तव्यनिष्ठ, इमान्दार, अनुशासित प्राविधिक सैनिक अधिकृतहरूलाई के-कुन स्वार्थबाट अभिप्रेरित भई प्रायोजित समाचार छाप्नसमेत लगाई आफ्नो अभीष्ठ पूरा गर्ने नियतले मेरो २८ वर्षको अविरल सेवामा प्रश्न उठाउने नियोजित षड्यन्त्र मात्रबाहेक केही होइन । मलगायत मेरोअन्तर्गतका अधिकृतहरू कुनै पनि राजनीतिक दलका नेता, राजनीतिक व्यक्तित्वका घर-आँगनमा गई आफ्नो कुनै पेसागत स्वार्थ पूरा गर्ने खेती मबाट भएको छैन,’ बज्राचार्यले सैनिक सचिव विभागमा बुझाएको स्पष्टीकरणमा भनिएको छ, ‘हुँदै नभएको घटनालाई म्याद थपको विषयवस्तुसँग अन्तरंग सम्बन्ध राख्दै अनर्गल प्रचार गर्नुको पछाडि कसैको स्वार्थ गाँसिएको हुन सक्छ, तर म यस विषयसँग नितान्त टाढा छु ।’

स्पष्टीकरणको बुँदा ‘क’मा बज्राचार्यले उल्लेख गरेका छन्, ‘विकास निर्माण निर्देशनालयको भौतिक अस्तित्व संगठनात्मक रूपमा नभई व्यक्तिपरक रूपमा रहेको छ । स्थपति निर्देश्नालय -बज्राचार्य कार्यरत) मा कार्यरत ४० भन्दा बढी सक्षम, योग्य तथा कर्तव्यनिष्ठ अधिकृत कार्यविहीन अवस्थामा छन् । यो निर्देश्ानालयलाई सर्वथा निष्त्रिmय तुल्याइएको छ ।’ स्रोतका अनुसार स्थपति निर्देशनालयमा एक लाख ५० हजार मात्रै बजेट छ ।

प्राविधिक उपरथी नरेश बस्नेत नेतृत्वको विकास निर्माण निर्देश्ानालयमा सेवानिवृत्त व्यक्तिहरूलाई नियमविपरीत राखिएको बज्राचार्यको आरोप छ । उनले बुझाएको स्पष्टीकरणको बुँदा ‘ग’मा उल्लेख छ, ‘योग्य, कार्यगत रूपमा दक्ष र जेष्ठतासमेतको ख्यालै नगरी मौजुदा दरबन्दीभित्र रहेका स्थायी प्राविधिक अधिकृतहरूबाट कामकाज नगराई नियमविपरीत अनावश्यक रूपमा नेपाल सरकारलाई आर्थिक दायित्व बढ्ने गरी निर्माणकार्यहरूको जिम्मा निवृत्त तथा केही सीमित व्यक्तिहरूबाट गराइएको छ, जसबाट निर्माणकार्य गुणस्तरहीन रहन पुगेको छ ।’ स्रोतका अनुसार विकास निर्माण निर्देशनालयको वाषिर्क बजेट करिब तीन अर्ब रहेको छ, जहाँ सेवानिवृत्त पाँचजना सैनिक अधिकृत कार्यरत छन् ।

बज्राचार्यले ठूलो परिमाणको विस्फोटक पदार्थमा अविश्वसनीय रूपमा खर्च भएको पनि आरोप लगाएका छन् । ‘संवेदनशील सुरक्षाको नियन्त्रित विस्फोटक पदार्थहरूसमेत आवश्यक परिमाणभन्दा अविश्वासनीय रूपमा खर्च भएको देखाई ठूलो परिमाणको विस्फोटक पदार्थ अन्य देशी-विदेशी ठेकेदारलाई अनुचित लाभ लिई दिइने गरिएको छ भन्ने अपुष्ट समाचारसमेत सुन्नमा आएको छ’ बज्राचार्यले बुझाएको स्पष्टीकरणमा उल्लेख छ ।

उनले आफ्नो म्याद २० भदौ ०६७ मा तीन वर्षका लागि थपिएको तर महानिर्देशनालयका महानिर्देशक उपरथी बस्नेतको दुईवर्षे म्याद १४ पुसमा सकिएको स्पष्टीकरणमा उल्लेख गरेका छन् । ‘महानिर्देशकज्यूको पदावधि समाप्त भइसक्दा पनि म आफ्नो पदमा बहाल रहने नै हुँदा मबाट अर्को उच्चपदमा पदासीन हुन हतार गर्नुपर्ने त्यस्तो कुनियत र स्वार्थ ममा रहेको अवस्था कदापि होइन’ उनले भनेका छन् ।

आफ्नो कार्यक्षेत्रमा देखिएका समस्या, असंगति र अव्यवस्थाप्रति प्रश्न उठाउनु, चिन्तित हुनु र समस्या समाधानका लागि उपयुक्त विकल्प दिनु आफैँमा कसुर हुन नसक्नेसमेत बज्राचार्यले स्पष्टीकरणमा उल्लेख गरेका छन् । उनले वरिष्ठ सैनिक अधिकृत तथा प्रधानसेनापतिलाई निर्देश्ानालयका बारेमा अनुमतिका आधारमा यसअघि पनि जानकारी गराएको दाबी गरेका छन् ।

पहिल्यै प्रधानसेनापतिलाई जाहेरी

हिरासतमा रहेका सहायकरथी बज्राचार्यले स्थपति तथा विकास निर्माण निर्देशनालयमा देखिएका समस्याबारेे दुईपटक बुझाएको जाहेरीको पूर्ण विवरणमा उपरथी बस्नेतको म्याद नथप्नका लागि प्रधानसेनापतिलाई अनुरोध गरेको उल्लेख छ । तर, उनले यसबारे राजनीतिक तहमा लबिङ गरेको भन्ने आरोपको खण्डन गरेका छन् ।

‘विकास निर्माण तथा स्थपति महानिर्देशनालय भएपछि स्थपति निर्देशनालयमा आएका प्रमुख समस्याहरू’ शीर्षकमा बज्राचार्यले सातबुँदे असन्तुष्टि सेनापतिलाई बुझाएका थिए । ‘स्थपति निर्देशनालयअन्तर्गत पाँचवटा पृतना स्थपति सेवाहरू खडा गरिएको भए तापनि त्यसको व्यवस्थापन तथा सञ्चालन सीधै महानिर्देशनालयबाट भई चेन अफ कमान्डको ख्याल नगरी अख्तियार आफैँमा निहित राखी हचुवाको तर्जुमा तथा कार्यान्व्ायन सीधै महानिर्देशकको इच्छाअनुसार मनोमानी गर्ने गरेको’ बज्राचार्यले प्रधानसेनापतिलाई बुझाएको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा बस्नेतले योग्यता र क्षमतालाई बेवास्ता गरी ख वर्गमा पर्ने कनिष्ठ व्यक्तिहरू -ओभरसियरबाट बढुवा भएकाहरू) लाई लिएर मनोमानी गर्दै आएकोसमेत उल्लेख छ । ‘विकास निर्माण तथा स्थपति महानिर्देशनालयबाट सञ्चालन हुने र भएका सम्पूर्ण योजनामा निर्माण पूर्वस्वीकृत हुनुपर्ने प्लान, नक्सा, डिजाइन तथा लगत आदि कुनै पनि नहुने, खाली लाइन प्लान र प्लिन्थ एरियाको रेटको आधारमा ठूला-ठूला योजनाहरू निर्माण हुने र निर्माण सम्पन्न भइसकेपछि मात्र त्यसको डिटेल लगत तयार गर्नेजस्ता कार्यहरूले गर्दा योजनाको गुणस्तर घट्ने, समयमा नभ्याउने तथा लागत रकम पनि अत्यधिक बढी बनाई व्यक्तिगत पेस्की दिइएकाहरूबाट फर्जी बिल भर्पाई बनाई आर्थिक प्रलोभनका आधारमा पेस्की फस्र्योट गराउँदै आएको कारण राष्ट्रलाई करोडौँको राजस्व र सेवाशुल्कहरूमा घाटा पुर्‍याउँदै आएको’ जाहेरीको बुँदा ४ मा उल्लेख छ ।

बस्नेतले सहायकरथी, कर्नेल, लेफि्टनेन्ट कर्नेल, मेजर तहका प्राविधिक अधिकृतहरूलाई काम नदिएर भूतपूर्वहरूलाई करारमा काम लगाएको, आर्थिक नियमको पर्वाह नगरी विनियोजित वाषिर्क बजेटबाट आधाभन्दा बढी बजेट फर्जी बिलबाट फस्र्योट हुने गरी खर्चको दुरुपयोग गर्दै आएको र कर्मचारीहरूलाई धम्क्याउने गरेको पनि बज्राचार्यको आरोप छ । मिति नखुलाइएको दोस्रो जाहेरीमा हाल निर्माणाधीन फास्ट ट्रयाक निर्माण सेनाले गर्ने भनिएको तर सिभिल ठेकेदारहरूलाई काम गराएर बस्नेतले चेकबाट नभई नगद नै भुक्तानी गरेको तथा निकासा रकम २५ करोड भए पनि उनले ठेकेदारलाई आठ करोड मात्रै भुक्तानी दिएको उल्लेख छ । उनले चार वर्षअघि निर्माण सकिएर १८ महिनादेखि सुचारु जुम्ला-कालीकोट सडकमा ‘इन्जिनियरिङ नम्र्स फलो’ नभएको र सडकको सतह नै नदेखिने अवस्थामा रहेको, सडक आयोजनहरूमा बढी भएको विस्फोटक पदार्थ ठूलो रकममा सिभिल ठेकेदारहरूलाई बेच्ने गरेको पनि जाहेरीमा उल्लेख गरेका छन् ।

जाहेरीको अन्त्यमा बज्राचार्यले ‘सम्पूर्ण समस्याको जड स्वयं महानिर्देशक भएकोले अधिकांश देशभक्त सैनिक अधिकृतको दृढ चाहनाअनुरूप निज महानिर्देशक उपरथी नरेशबहादुर बस्नेतको पदावधि’ थप नगर्न आग्रह गरेका छन्

ज्यान जोगायो हाछ्युँले


इटलीका एक नागरिकलाई गोली लाग्यो । अस्पतालमा डाक्टरको प्रतीक्षा गरिरहेको समयमा उनलाई हाछ्यु आयो र नाकबाट गोली बाहिर निस्कियो ।

 

कुनै मानिसलाई टाउकोमा गोली लाग्यो भने त्यो कहाँ जान्छ ? जवाफ हुन सक्छ कि टाउकोमै बस्छ कि त टाउको छेडेर निस्कन्छ । तर, इटलीमा अनौठो घटना भएको छ । एक व्यक्तिलाई टाउकोमा गोली लाग्यो र नाकबाट निस्कियो ।

इटलीका २८ वर्षीय डार्कालाई नयाँ वर्ष मनाइरहेको समयमा गोली लागेको थियो । गोली उनको दायाँ आँखाको पछाडिबाट छिरेर नाकमा पुग्यो । तर, अचम्मको कुरा यो थियो कि उनलाई कुनै नोक्सान भएन । यतिसम्म कि त्यो गोली झिक्न डाक्टरहरूले कुनै कसरत गर्नुपरेन । डार्काको एक हाछ्युँले काम गर्‍यो । नयाँ वर्ष मनाउन डार्का आफ्नी प्रेमिकासँग नेपल्समा थिए । सडकमा पटाका पड्किरहेका थिए । त्यही समयमा कतैबाट आएको गोली डार्कोलाई लाग्यो । अत्यधिक रगत बगिरहेका वेला उनलाई अस्पताल पुर्‍याइयो । अस्पतालमा डाक्टरको प्रतीक्षा गरिरहेको समयमा डार्कालाई हाछ्यु आयो र नाकबाट गोली बाहिर निस्कियो । डाक्टरहरूले डार्काे चाँडै निको हुने बताएका छन् । उनीहरूका अनुसार गोली डार्कोको खोपडीमा ठोक्किएका कारण त्यसको गति कम भयो । फलस्वरूप टाउकोभित्र छिर्न सकेन र नाकतिर झर्‍यो ।

 

जो जे हौ, सुन र गुन


रु, दुई र फुई तीन चीज
चाहिन्छ जाडामहाँ
दुःखी छु रुई, फुई छन् तर पनि
दुई नहुँदा महाँ ।
यी हरफ रच्ने शीतकालीन एकल वैरागी मोतिराम भट्ट हुन् क्यारे । संस्कृतका न्वारानकर्मी पण्डितहरूले यिनलाई ‘शृंगारिक’ कविको पगरी गुथाइदिए । यो क्लिष्ट पगरी हो । मोतिराम बाजेलाई भन्नुपर्ने त रसिक कवि वा झिल्के कवि पो हो । यी रसिक कविले सरस भाषामा सरल झिल्के कविता रचेर साहित्यलाई जनसाधारणछेउ पुर्‍याए । भनुँ भने यो साहित्यको जनवादीकरणतर्फको ठूलै फड्को हो ।
जाडो याम थियो । मेरो घरमा रुई र दुईको दुःख थिएन । तर, उमेर घर्किंदै जाँदा दुईको आंगिक मिलन तटस्थ हुँदै जाँदो रहेछ । मेरो पनि कथा यस्तै छ । यो एमाले र मधेसी दलहरूको जस्तो कतैबाट निर्देशित रोबोटीय तटस्थता होइन । यो वानप्रस्थउन्मुख नैसर्गिक तटस्थता हो । म तटस्थताकर्मीको आँगनमा साँझको हल्का अँध्यारो झर्‍यो । सम्साँझै रुईभित्र डल्लो पर्ने कुरो भएन । लोडसेडिङ आतंकले गर्दा घरबाट फुई हराएको थियो । सोचेँ, नवनरेशजस्ता लाग्ने यादव र माधवका दरबारमा त फुईको प्रचूर राप र ताप होला नै, मजस्ता अकिञ्चन जनहरूका घरमा छैन । छ त केवल अन्धकार, ठन्डी र उराठमात्र छ । अब गर्ने के ? सुत्नुअघि थुप्रो समय बाँकी छ । तर, समय बियाँल्ने साधन केही छैन । पुस्तक, कम्प्युटर, टेलिभिजन सबै नै लोडसेडिङ आतंकको छायामा परेर मूच्छिर्त अवस्थामा छन् । फुई नहुनाको दुःखले वैराग्यको मुद्रामा म घरबाट बाहिर निस्केँ । र, पुगेँ म दिक्छेन भोटेको चिया कम सुरा पसलमा । त्यहाँ फुई भए हल्का तरल तत्त्वका साथ पढेर समय बिताउनुपर्ला भनेर मैले एउटा पुस्तक बोकेको थिएँ ।
जाडाको अतिशय चापले होला, पसल सुनसान थियो । पसलमा नवप्रवेशी काँचा वाइसिएलहरू थिएनन्, जग्गाविद्हरू थिएनन्, ट्यापेहरू थिएनन्, तस्करहरू थिएनन् । न त राजभक्त मण्डलेहरू नै थिए । मलाई रुघा लागेको थियो । र, जाडाले कठाङ्गि्रएको थियो मेरो ज्यान । कालो कफी मागेँ । र, मागेँ एक पेग रम र एक गिलास तातो पानी पनि । पसलमा फुई हाजिर थियो र सिलिङमुनि धमिलो बत्ती पिल्पिल् बलिरहेको थियो । टेबुलमा रिजार्च हुँदै गरेको इमर्जेन्सी लाइट बालेँ । र, कालो कफी र न्यानो रमको समानान्तर चुस्कीसँगै म पुस्तक पढ्न थालेँ । पसलको शान्ति र मेरो एकाग्रतामाथि बलात् आक्रमण गर्दै हठात् तुफानी गतिमा दुई थान मनुवा आए । ‘दाइ’ र ‘सर’को साइनो लाएर तिनले मलाई अभिवादन टक््रयाए । गडेर हेरेँ, एउटा मैमत्त भाले अर्नाजस्तो छ, अर्को छ झम्टाकारी चितुवाजस्तो । सके ती जग्गाजग्गामा हिटर ताप्दै आएका हुँदा हुन् । तिनका कुराबाट लख काटेँ, ती थुनामुक्त भएका आप\mना आदर्श नायक पारसको जयजयकार गरेर फर्केका रहेछन् । ती विजयोन्दमा थिए । तिनले धरती छाडेका थिए ।
यता म सुन्दो छु, उता तिनको वार्तालाप सुरु भयो । तिनले राजनीतिक दलका नेताहरूलाई छारस्ट गाली गरे । पहिले खाने एउटा थियो, अहिले छ सय एकजना चिमोटी-चिमोटी खाएर मुलुकलाई कंगाल बनाउँदै छन् । यिनलाई कुट्नुपर्छ, यिनलाई काट्नुपर्छ, यिनलाई एकै चिहान बनाउनुपर्छ । बस्, तिनको वार्ताको मंगलाचरण यसरी भयो । त्यसपछि तिनको वार्ता राष्ट्रियतातर्फ लहसियो । राष्ट्रियता खतरामा छ, तिनले उद्घोष गरे । र, सनातनी भाकामा तिनले नेपालको ‘सिक्किमीकरण’, ‘भुटानीकरण’, ‘फिजीकरण’, ‘अफगानीकरण’ आदि नानावली करणहरूको वचनवषर्ा गरे । र, यी सब करणहरूको आसन्न खतराबाट मुलुकलाई जोगाउने एकमात्र देशभक्त, ओजस्वी र तेजस्वी वीर ‘श्री ५ ज्ञानेन्द्र’ हुन् भनी तिनले ठोकुवा गरे । तिनको टेबुल थरीथरीका पाक-परिकारहरूले टनाटन भरियो । र, त्यो ह्वीस्कीको फुल बोतलले शोभायमान पनि भयो । आँबाट अलंकार बुझ्दै मैले महसुस गरेँ — तिनले त्यो सब मलाई सुनाएका हुन् ।
यहाँनेर तिनले आप\mनो राष्ट्रवादी सहयात्रीको चिनारीको सगर्व खुलासा गरे । चितुवा-मानवले भन्यो — यो देशमा खाँट्टी राष्ट्रवादी कि हो हाम्रा कमल थापाको राप्रपा, कि हो माओवादी, अरू कुनै भाते होइन । भावुक भएर उसले यसो भन्न पनि भ्याइहाल्यो — राप्रपा-कमलले केही गर्न नखोजेे म सुरुसुरु माओवादीमा जान सक्छु । कुराको दुरुह चुरो बुझ्न मैले गम खाएँ । र, माओवादीले घुमाउरो पाराले राजावादीको हंसमा राष्ट्रवादीको अंश छ भन्ने गरेको प्रसंग मेरो मथिंगलमा मडारियो । मलाई दिगमिग लाग्यो । र, भनन्न रिँगटा लाग्यो मलाई । अनि मलाई टेबुलमाथि उभिएर गगनभेदी स्वरमा मोहनराज शर्माको शैलीमा चिच्याउन मन लाग्यो, सुन, सुन र सुन ! पश्चगामी, राष्ट्रवादी सहयात्रीको कथन प्रचण्ड सुन, किरण सुन, बाबुराम सुन ! सुन, गुन र राष्ट्रवादको परिभाषा नढाँटीकन जगत्लाई भन !
विषाक्त वार्ता जारी थियो । वार्ताकार मात्तिँदै गए र पात्तिँदै गए । अर्ना-मानवले सर्वनासी क्रोधको चरम् चुलीमा उभिएर भन्यो, अब यो देशमा केही हुन्छ, बेर लाग्दैन । यति भनेर उसले मलाई पुलुक्क हेर्‍यो । के हुन्छ, बन्धु ? मैले जान्न खोजेँ । के हुन्छ होइन, के हुनुपर्छको कुरा हो यो । शब्दशब्दमा जोड दिएर उसले भन्यो । के हुनुपर्छ त ? मैले जिरह गरेँ । यो मुलुकमा आगो बल्नुपर्छ, आँधी उठ्नुपर्छ, बबन्डर हुनुपर्छ, सारा सडकमा रगतका खोला बग्नुपर्छ । कसरी पर्छ, बन्धु ? मैले कुत्कुत्याएँ । त्यसपछि अर्नाले जे भन्यो, त्यो सुनेर झन्डै मेरो होस गुम भयो । उसले भन्यो, कुरो सजिलो छ । पशुपतिको मन्दिरमा एउटा गाई काट्नुपर्छ । घन्टाघरछेउको मस्जिदमा एउटा सुँगुर काट्नुपर्छ । र, कुनै गिर्जाघरमा एउटा बाइबल पोल्नुपर्छ । बस्, अनि पर्लय हुन्छ । त्यो पर्लयको गर्भबाट केको जायजन्म हुन्छ, बन्धु ? सानो साइजमा बसेर मैले सोधनी गरेँ । राजतन्त्रको, ओठका टुप्पामा झुन्डिएको उत्तर उसले टेबुलमा पछार्‍यो ।
म हतप्रभ भएँ । त्यो चरम् हतासा, त्यो कुत्सित कामना, त्यो मानवद्रोह, त्यो नरसंहारमोह — कति कुरूप र भयावह थियो त्यो ! चनाखो हुँदै चितुवाले इसाराले अर्नालाई केही भन्यो । र, अर्नाले मौन व्रत धारणा गर्‍यो । अनि तिनको वार्ताको विषय राष्ट्रवादबाट जग्गा दलालीको अंशभागतर्फ मोडियो । तिनले मल्लयुद्ध गर्ने मुद्रा धारण गरे । र, मूर्खसँग दैव डराको उक्ति सम्भ“mदै काखीमुनि पुस्तक च्यापेर म फुईविहीन गुँडतिर कुदेँ ।
अलि दिनपछि उही थलो र उस्तै परिवेशमा अन्य दुई मन्डले बन्धुको वार्ता भयो । वार्ताको अन्तर्यमा उही पुरानो विषयको निरन्तरता थियो । मलाई सुनाउने मनसुवाले मोटे मन्डलेले भन्यो — जे गर्छन्, हाम्रा पञ्चपान्डवले गर्छन् । तिनका पञ्चपान्डवलाई चिन्न मलाई औधी खसखस लाग्यो । र, सोधेँ — राजमहलका पञ्चपान्डव कोको परे
बन्धु ? ज्ञानेन्द्र शाह, रुक्मांगद कटवाल र कमल थापा — उसले फटाफट भन्यो । यी तीनोटै नामका अगाडि उसले झल्झलाकार अलंकार जडान गरेको थियो । अनि बाँकी दुई पान्डव ? मैले प्रश्न तेस्र्याएँ । भन्नुहुने हो कि होइनको भावमा वार्ताकारले मुखामुख गरे । र, च्याँसे मन्डलेले प्वाक्क भन्यो, हाम्रा बाँकी दुई पान्डव खड्गप्रसाद ओली र खुमबहादुर खड्का हुन् । अहो ! त्यो सुनेर मैले आप\mनै कानलाई पत्याउन सकिनँ । खड्गप्रसाद ओली र खुमबहादुर खड्का पश्चगमनको कुरुक्षेत्रका दुई पान्डव ! हो, मोटेले रहस्य खुलायो । पहिले यी कुमार्गमा थिए, अहिले बुद्धि फर्केर यी हाम्रो सुमार्गमा आए । यी हाम्रा आशाका केन्द्र हुन् । यी हाम्रा भरोसाका खम्बा हुन् । आखिरीमा ढलेको सिंहासनलाई उठाइदिने हाम्रा ‘धीर’, ‘गम्भीर’, ‘वीर’ र ‘उदार’ मानव यिनै हुनेछन् ।
अहो ! संसार कहाँबाट कहाँ पुगिसकेछ ? विद्रूप कुराको वीभत्स चुरोबारे गम्दै मैले मुख छोपेँ । अनि, खड्गप्रसाद र खुमबहादुर नारिएका राजनीतिक दलका अन्य नेताबारे मैले जान्न खोजेँ । तिनमध्ये केहीलाई तिनले आप\mना मान्छे भने । र, अरूलाई दिल्लीका दलालमा थान्को लगाए । र, तिनलाई कुट्नैपर्ने, काट्र्नेपर्ने र तिनको एकै चिहान बनाउनुपर्ने उही पुरानो रट तिनले दोहोर्‍याए । सुनेर म संज्ञाशून्य भएँ । राजनीतिको सतहमुनि फत्किन लागेको यो पश्चगामी खिचडीको सन्देश के हो ? मलाई टेबुलमाथि उभिएर गगनभेदी स्वरमा चिच्याउन मन लाग्यो, सुन, सुन र सुन ! कांग्रेसीगणका सुशील दा सुन, शेरबहादुर सुन, रामचन्द्र सुन ! एमालेमहलका झलनाथ सुन, वामदेव सुन, घनश्याम सुन ! सुन, गुन र भन, तिमीहरू को हौ र कता हिँडेका हौ ? तिमीहरू कसका आप\mना र कसका परचक्री हौ ?

 

बाहुनका बंगुर


imageपूर्वीइलामको गोदक गाविसका ब्राह्मण समुदायले सामूहिक रूपमा गरेको बंगुरपालन व्यवसायमा पालिएका उन्नत जातका बंगुर । डेढ वर्षयता सुरु गरिएको व्यवसायमा अहिले ३ प्रजातिका सयभन्दा बढी बंगुर छन् ।

HAPPY NEW YEAR..


आउ नवबर्ष २०११ आउ


आउ नववर्ष आउ ,स्वागत छ तिमीलाई आउ
हत्या हिंसा र आतकं लिएर होईन
शान्ती र शुसासन लिएर आउ
आउ नववर्ष आउ
स्वागत छ तिमीलाई आउ
जनताहरु तिम्रो प्रतिक्षामा वसेका छन
उमङ्ग र उन्नतीको माला गाँसेर वसेका छन्
अशान्तीको कालो वादल होईन
फेरी एउटा वुद्ध लिएर आउ
ज्ञानको मन्दिरमा आन्दोलन र राजनीति होईन
शिपमुलक ज्ञान र आत्मनिभर्ताको पहिचान लिएर आउ
विगतको कहाली लाग्दो हत्या र आतकं होईन
शान्तीको सुनौलो दिप वाल्दै आउ
आउ नववर्ष आउ
स्वागत छ तिमीलाई आउ
देशलाई अराजकताको वाटो होइन
उन्नतीको वाटोहरु देखाउँदै आउ
घुस्याहा र भ्रष्ट नेता होइन
सच्चा देशभक्त लिएर आउ
आउ नववर्ष आउ
स्वागत छ तिमीलाई आउ ।।
सन्तोष वडाल
पात्लेखेत ५ डाँडागाउँ
हाल काठमाडौं नयाँवानेस्वर

MERRY CHRISTMAS !!!!


%d bloggers like this: