कसले, कसरी गर्‍यो डा. श्रेष्ठको अपहरण ?


२४ असार, काठमाडौं । डा. भक्तमान श्रेष्ठ रिहाई भएको एक महिनापछि प्रहरीले बिहीबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी डा. श्रेष्ठको अपहरण कसले र कसरी गरेको थियो भन्ने सार्वजनिक गरेको छ । प्रहरीका अनुसार डा. श्रेष्ठलाई काठमाडौंको सामाखुसीमा राखिएको थियो भने उनको रिहाइका लागी उनको परिवारले तीन किलो सुन फिरौति दिएका थिए ।

को को थिए अपहरणकारी ?
डा. श्रेष्ठको अपहरण आपराधिक समूह भीमसेन पण्डित समुहले गरेको प्रहरीले जनाएको छ । उनको अपहरणमा नुवाकोट चारघरेका ३७ वर्षिय भीमसेन पण्डित, भारतका ३० वर्षिय रोहित पलिवल, जिलिङ नुवाकोटका बद्री ढुंगाना, नुवाकोट चारघरेका लुक्पा तामाङ, काठमाडौं महाराजगञ्जमा सुनिल श्रेष्ठ र भारत दार्जिलिङका नविन क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

कसरी गरियो अपहरण र कसरी लिइयो फिरौती ?
अपहरणकारिहरु धेरै रकम फिरौती तिर्न सक्ने ब्यक्तिको खोजिमा थिए । त्यसैक्रममा चितवन क्यान्सर अस्पतालमा पहिले काम गरेका सवारी चालक बद्री ढुंगानाले अपहरणकारिका नाइके भीमसेन पण्डितलाई डा. श्रेष्ठ चितवनको धेरै कमाउने ब्यक्ती भनेर चिनाइदिए । त्यसैका आधारमा गत जेठ ४ गते अस्पतालबाट घर फर्किदै गर्दा डा. श्रेष्ठको अपहरण भयो । उनलाई अपहरण गरी सोहि दिन राति चितवनबाट मुंग्लिन हुँदै पण्डितको चारघरेस्थित निवासमा लगेर राखेका थिए । त्यसको भोलिपल्ट डा. श्रेष्ठलाई अपहरणकारीले चितवनको मुंग्लिनबाट धादिङको गल्छी, नुवाकोटहुँदै काठमाडौंको सामाखुसी ल्याएका थिए । सामाखुसीमा पण्डितले लिएको भाडाको फ्ल्याटमा उनलाई राखिएको थियो ।

त्यसपछी फिरौतै बार्गेनिङ गर्न रोहित भारत गएका थिए र इन्टरनेट तथा कलबाइपासबाट फिरौति माग गरेका थिए । पछि परिवारले भारतमै गएर उनीहरुलाई फिरौति बापत तीन केजी सुन बुझाएका थिए । भारतमा फिरौति बुझाएपछि काठमाडौंमा राखिएका भक्तमानलाई मोटरसाइकलमा राखेर पण्डितसहित दुई अपहरणकारीले धादिङको मझिमटारमा पुर्‍याएर जेठ २२ गते राति छाडेका थिए ।

अपहरणकारी मध्य प्रहरीले बद्री प्रसाद ढुंगाना, सुनिल श्रेष्ठ र नविन क्षेत्रीलाई पकाउ गरिसकेको छ । घटनाका मुख्य योजनाकार पण्डित र अग्रवाल भने फरार रहेको प्रहरीले जनाएको छ ।

बोर्ड टपर छात्राहरु के बन्न चाहन्छन्?


रुबी रौनियार,
काठमाडौं, असार २२- अमर इंग्लिस सेकेन्डरी स्कुल टोखाकी सुस्मिता भण्डारीले यसपालिको एसएलसीमा ९१ दशमलव ६२ प्रतिशत अंक ल्याएकी छन्। छात्रातर्फ सुस्मिता ‘बोर्ड टपर’ भएको स्कुलको दाबी छ।
प्रिन्सिपल हरिदास श्रेष्ठले भने, ‘छात्रातर्फ सुस्मिताले भन्दा बढी अंक ल्याएको जानकारी छैन, उनी नै टपर हुन्।’
नर्सरी देखि नै अमर इंग्लिस बोर्डिङ स्कुल पढेकी १६ वर्षीया सुस्मिता कहिल्यै दोस्रा भइनन्। उनले उत्कृष्ट नतिजा ल्याएको खुसीयालीमा विद्यालयले सोमबार विशेष कार्यक्रम गरेको छ।
सुनिता शिक्षक र परिवारलाई सफलताको श्रेय दिन्छिन्। उनले भनिन्, ‘मेरो सफलतामा स्कुल र परिवारको वातावरणले ठूलो मद्दत गरेको छ, राम्रो वातावरण नपाएको भए मैले मात्र के गर्न सक्थे र? more..

कोइरालाको निधनको खबरले कांग्रेस कार्यकर्ताको मृत्यु


नेपाली राजनीतिका शीखर पुरुष पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति स्वर्गिय गिरिजाप्रसाद कोइरालाको निधनको खबर सुनेर धनकुटा कांग्रेसका जिल्ला सदस्य शिवकुमार उदासको गएराती मृत्यु भएको छ ।

धनकुटा नगरपालिका ४ का ७१ वर्षिय उदास राति ८ बजे टीभीवाट कोइरालाको निधनवारे समाचार हेरिरहेको समयमा एक्कासी लड्दा उनको मृत्यु भएको परिवारका सदस्यले जनाएका छन् । हृदयघातका विरामी समेत रहेका उदासको त्यसैका कारण मृत्यु भएको जनाईएको छ ।

उदासको शबमा धनकुटा काँंगे्रसका सभापति मनोहरनारायण श्रेष्ठले पार्टी झण्डा ओढाउनु भएको थियो । उनको आजै तमोर नदीमा दाहसंस्कार गरिएको धनकुटा कांग्रेसले जनाएको छ ।

दाहासंस्कार अघि विहान उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागी धनकुटा नगरपालिकामा राखिएको थियो ।

माओवादीका तीन दाउ


सरकारले सेना समायोजन विशेष समितिमा शिविरमा रहेका लडाकुको व्यवस्थापन तथा समायोजनका लागि ठोस एजेन्डा पेश गरेपछि अत्तालिएको एकीकृत नेकपा माओवादीले संविधानसभाबाट राष्ट्रिय सुरक्षा नीति बनाएर मात्र लडाकु व्यवस्थापन गर्ने शर्त राखेपछि मुलुकमा जारी शान्ति प्रक्रिया धरापमा पर्ने खतरा बढेको छ।
संविधान निर्माणका लागि चार महिना पनि बाँकी नभएको अवस्थामा आएको शर्तले माओवादी तत्काल हतियार बिसाउन तयार नरहेको संकेत मिलेको छ। स्रोतका अनुसार, मुलुकमा प्रतिक्रान्तिको षड्यन्त्र भइरहेको र विदेशीहरु त्यसका लागि लागिपरेको निष्कर्ष निकाल्दै माओवादी तत्काल सेना समायोजन नगर्ने निष्कर्षमा पुगेको हो। पछिल्ला दिनमा माओवादीले संविधानसभाबाट संविधान निर्माण नभएसम्म लडाकुको समायोजन नगर्ने र त्यसका लागि राष्ट्रिय सुरक्षा नीति बनाएर मात्र सेना व्यवस्थापन तथा समायोजनको मुद्दा टुंग्याउने रणनीति बनाएको स्रोत बताउँछ। more..

नेपालमा खण्डग्रास सूर्यग्रहण ३ घण्टा १८ मिनेट देखियो


नेपालमा खण्डग्रास सूर्यग्रहण ३ घण्टा १८ मिनेट देखियोसहस्राब्दीकै सबैभन्दा लामो सूर्यग्रहण अफ्रिका र एशियाली मुलुकमा लागेको छ। अफ्रिकाका कंगो, युगान्डा, केन्या, सोमालिया हुँदै इन्डियन महासागरमा देखियो। एशियाका पाकिस्तान, भारत, चीन, बंगलादेश, नेपाल, बर्मा लगायतका देशमा खण्डग्रास सूर्यग्रहण लागेको थियो।नेपालमा खण्डग्रास सूर्यग्रहण ३ घण्टा १८ मिनेट देखियो ।

माफ गर्नु होला, अहिले यो सुविधा छैन…


कल्पना घिमिरे/काठमाडौ,
नमस्कार, यो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको गुनासो सुन्ने इकाई हो । कृपया, तपाईंले आफ्नो नाम, सम्पर्क ठेगाना, टेलिफोन नम्बर र गुनासो दुई मिनेटभित्र अभिलेख गराउनुहोस् ।…’माफ गर्नुहोला अहिले यो सुविधा उपलब्ध छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राखिएको टेलिफोन नम्बर ११११ मा बज्ने आवाज हो यो । देशभरका हिंसापीडित महिलाले तुरुन्तै उजुरी गर्न सकुन् भनेर चौबीसै घन्टा खुला गरिएको यो टेलिफोनमा तुरुन्तै बज्ने ‘माफ गर्नु होला, अहिलेलाई यो सुविधा उपलब्ध छैन’ भन्ने आवाजले पीडितलाई जिस्क्याएको भान पर्छ । सुरु भएयता यस्तो मात्र भनेपछि उजुरी गर्नेलाई समस्या परिरहेको कार्यालयका कर्मचारीहरू नै बताउँछन् । more..

संसदमा मन्त्रीहरु जवाफ दिँदै, बजेट आज पारित हुने


काठमाडौँ, मङ्सिर ९ । व्यवस्थापिका–संसदको मंगलबारको बैठकले आ.व.२०६६–६७ को बजेट पारित गर्ने भएको छ। एकिकृत नेकपा माओवादीले तीन महिनादेखि अवरुद्ध संसद पार्दै आएको संसद बजेत पारित गर्नलाई मात्र भन्दै तीन दिनको लागि खोलेपछि सोमबार बसेको संसदको बैठकले विनियोजन विद्येयक अन्तर्गत १६ मन्त्रालयमाथिको छलफल सकेको थियो। मंगलकार ११ बजेबाट शरु भएको बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिईरहेका छन्। मन्त्रीहरुले जवाफ दिने कार्यक्रम पछि बजेट पारितको कार्यक्रम रहेको छ। एकिकृत नेकपा माओवादीको तर्फबाट दुई जना मात्र सभासद उपस्थित गराएपछि विना मतदान नै बजेट पारित गरिने जनाइएको छ। यसअघि सरकारमा सहभागी दलहरुले आफ्ना सबै सभासदलाई सदनमा अनिवार्य उपस्थितिको लागि निर्देशन जारी गरिसकेका छन्। यसैगरी आजको बैठकको प्रारम्भमा समय माग गर्दै विभिन्न पार्टीका महिला सभासद्हरुले अछाममा कार्यरत महिला प्रहरी सुन्तली धामीमाथि भएको सामूहिक बलात्कार घटनाबारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। more..

%d bloggers like this: