युरोपमा आँधी, ३ मारिए

काठमाडौँ — युरोपका विभिन्न क्षेत्रमा आएको आँधीले कम्तीमा ३ जनाको मृत्यु भएको छ । आँधीले स्पेनको बस्क क्षेत्रमा २ र फ्रान्सको अल्पसमा १ जनाको मृत्यु भएको हो । अधिकारीका अनुसार फ्रान्समा १५ जना घाइते भएका छन् । आँधीका कारण स्पेन, फ्रान्स, बेलायत, नेदरल्यान्ड, स्विटजरल्याड, जर्मनी, अस्ट्रिया, बेल्जियमलगायतका देश प्रभावित भएका छन् ।

युरोपमा आएको शक्तिशाली आँधीका कारण फ्रान्सको मर्सेलीस्थित तटीय क्षेत्रमा बढेको समुद्री छालको तस्बिर लिँदै महिला ।

भौतिक संरचनामा व्यापक क्षति पुगेको अधिकारीले बताएका छन् । हजारौं मानिस विद्युत् आपूर्तिको समस्यामा परेका छन् । कतिपय मानिस सडक तथा हवाई सेवा अवरुद्ध भएपछि प्रभावित भएका छन् । नेदरल्यान्डले हुरीका कारण विमानस्थल बन्द गरेपछि सयौं उडानहरू रद्द भएका छन् । स्विटजरल्यान्डमा शक्तिशाली हावाहुरीले एउटा रेलले लिक छाडेपछिको दुर्घटनामा कम्तीमा ८ जना घाइते भएका छन् । अधिकारीले कम्तीमा १४ हजार घरमा विद्युत् अवरुद्ध भएको जनाए । जर्मनी र अस्ट्रियाको सीमाक्षेत्रबाट २० जना स्काई खेलाडीलाई उद्धार गरिएको छ । बेलायती अधिकारीले आँधीले कतिपय स्थानमा सडक तथा विद्युत् आपूर्ति अवरुद्ध भएपछि समस्यामा परेको जनाएको छ ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: