भक्तपुर औद्योगिक क्षेत्र सहयोगको पर्खाइमा

September 5th, 2017 | by Weekly Nepal

नगरकोट, २० भदौ । सरकारले प्रत्येक प्रदेशमा एउटा सुविधा सम्पन्न औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अघि सारिरहेको अवस्थामा उपत्यकामै रहेको भक्तपुर औद्योगिक क्षेत्र समस्यमै समस्याबाट ग्रसित बनेको छ ।

उपत्यकामा रहेका तीनवटा औद्योगिक क्षेत्रमध्ये सानो भक्तपुर औद्योगिक क्षेत्रमा नयाँ उद्योग सञ्चालनका लागि ठाउँ अभावदेखि ढल निकास र भौतिक संरचना मर्मतलगायतका पर्याप्त पूर्वाधार नहुँदा समस्या भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

औद्योगिक क्षेत्र ७१ रोपनी क्षेत्रफलमा फैलिए पनि उद्योगलाई भने ५८ रोपनी जग्गा मात्रै भाडामा दिएको छ । भक्तपुर औद्योगिक क्षेत्रभित्र नेपाली कागजको हस्तकला, काष्ठकला र धातुकलाका परम्परागत एवं मौलिक वस्तु उत्पादन गर्नेसँगै पस्मिना, दुग्धपदार्थ, कपडालगायतका ३६ उद्योग सञ्चालनमा छन् ।

बर्जर ब्राण्डको अन्तरराष्ट्रिय रङ उत्पादन गर्ने उद्योगसमेत यही औद्योगिक क्षेत्रभित्र छन । तर भौतिक संरचना जीर्ण बन्दै गएका छन् । यी संरचनाको अझै मर्मत हुन सकेको छैन । मर्मतका लागि आवश्यक बजेट अभाव रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत जीवनारायण बन्जाडेले बताउनुभयो । अहिले औद्योगिक क्षेत्रभित्र दैनिक तीन÷चार घण्टासम्म विद्युत्भार कटौती हुने गरेको छ ।

औद्योगिक क्षेत्रलाई विद्युत्भार कटौती मुक्त क्षेत्र घोषणा गर्नुपर्ने उद्योगी रामप्रसाद प्रजापतिले बताउनुभयो । उहाँले देश विद्युत्भार कटौती मुक्त भइसकेको अवस्थामा भक्तपुर औद्योगिक क्षेत्र विद्युत्भार कटौती मुक्त हुन नसक्नुले उद्योगीको लागत बढ्नुका साथै व्यवसायी दोहोरो मारमा परेको बताउनुभयो ।

भक्तपुर औद्योगिक क्षेत्रमा जग्गा अभाव देखिएको कारण यहाँ व्यवसाय गर्न इच्छुक व्यक्तिले नयाँ उद्योग स्थापना गर्न सकेका छैनन् । कार्यालयका अनुसार नयाँ उद्योग स्थापनाका लागि जग्गा अपुग भएको छ । करिब ७१ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रमा ठाउँको अभाव हुँदा औद्योगिक क्षेत्रभित्र नयाँ उद्योग सञ्चालन गर्न समस्या भएको छ ।

भक्तपुर नगरपालिकाले पनि सो औद्योगिक क्षेत्रको विकास र यहाँ थप उद्योग स्थापनाका लागि सहयोग गर्न नसकेको व्यवसायीको गुनासो छ । उनीहरुका अनुसार नगरपालिकाले वार्षिक प्रतिउद्योग रु ४५ हजार कर असुली गर्दै आएको छ । तर नगरपालिकाले अहिलेसम्म उद्योगभित्रको फोहर व्यवस्थापनभन्दा अरु विकासका कुनै काम गर्न चासो देखाएको छैन ।

कार्यालयका अनुसार औद्यागिक क्षेत्रभित्र उद्योग सञ्चालन गरेबापत व्यवसायीले वार्षिकरूपमा जग्गाको बहाल प्रतिरोपनी रु १० हजार ९७६ र भवन बहाल प्रतिमहिना प्रतिवर्ग फिट रु ३०० तिर्दै आएका छन् । सस्तो बहाल र औद्योगिक क्षेत्रभित्र रहेकाले सुरक्षाको दृष्टिले पनि अधिकांश नयाँ उद्योगी व्यवसायी यही आउन चाहे पनि ठाउँको अभावका रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: