सन्दर्भ एन आर एन इटालिको निर्बाचन २०१७

Untitled– प्रकाश महर्जन ,रोम इटाली

हाम्रो घाउघरमा हिजो अस्ति आपत बिपत पर्दा नाक मुख नै नदेखाउने कसैलाई आपत बिपत पर्दा पनि सम्पर्कमा आउन नचाहने , आफ्नै मोजमस्तीमा मदमस्त रहने , चोर,भ्रस्ट,ठग अनि आफ्नै दाजुभाई दिदीबहिनीहरुलाई रुवाउने, भत्केको आचरण अनि नैतिकता नभएकाहरु चुनाव आएपछि विभिन्न आस्वासन, बाचा, सहयोग अनि पैसाको खोलो बगाउदै गाउशाहर तिर आउछन। आफ्ना मिठा मसिना कुराहरु गर्दै आफ्नो सम्पति र पदको प्रभाव जमाउदै फेरी पहिले झैँ मान्छेहरुलाई आफ्नो झालमा पार्छन। मान्छेहरु पनि के कम र ? त्यस्तै को पछी लाग्छन। एक दुइ छाक खान्छन टन्न रक्सि पिउछन , अनि हिजो अस्ति आफुहरु पछुताएको र उक्त व्यक्तिले गरेका कु काम हरु बिर्सिदिन्छन, दुइचार पैसामा बिकेर , एक दुइ छाक भोज खाएर। अनि फेरी आफ्नो र आफ्नो सन्तानहरुको भविष्य त्यस्तै फटाहा र ठगहरुको पोल्टामा हाली दिन्छन चुनाव पछी फेरी पछुताउदै बस्छन तर ति चोर फटाहा नेता भनाउदा आफ्नो चालमा सफल भएर फेरी आफ्नो स्वार्थ पुरा गर्न त्यो ठाउँ चटक्कै छोडेर भाग्छन,आफ्नो त्यही आनन्दको जीवन जिउन। मोजमस्ती गर्न, अनि हामीजस्ता जनता हिस्सै। स्वदेश होस या बिदेस नेपालीहरुको चुनावमा प्राय यहि कुराहरु भैरहेको हामीले देख्न,हेर्न र महशुस गर्न सक्छौ। हिजो हाम्रा बा आमा बाजे बज्यैको पालामा त ठिकै छ। उहाहरु त्यति पढे लेखेका थिएनन्।थाहा थिएन को सक्षम को असक्षम रे …तर हामी त पढेलेखेका छम नि अझ भनौ भने विदेश बसेर आफ्नो ढाड सक्ने गरि मेहनत गरेर आफ्नै खुट्टामा उभिएका छौ, यता उता परे हामी आफै मिलिजुली सल्लाह सहयोग गरि जिउदैछौ भने , यस्ता जाली झेली , जो आफ्नो दुनो सोझ्याउनलाई मात्र पैसा को खोलो बगाउदै,अनेकन झुठा आस्वासन दिंदै आउनेहरुलाई किन लात्ती नहान्ने ?  के त्यस्ताको हिजो अस्तिका कर्तुत बिर्सने र ? अब हुन गैरहेको इटालीको NRN को चुनावकै सवालमा हेरम न, अस्ति नेपालका भुकम्प पिडितहरुको लागि राहत तथा चन्दा संकलन कै कुरा गरम। खोइ त कता थिए हामीले पठाएका प्रतिनिधि ? कता थिए ? के तपाइहरुले कतै देख्नु भएको थियो र हामीले चन्दा संकलन गर्दै गर्दा ति ठुला बडा भनाउदाहरुहरु ? इटाली बस्नुहुने सम्पूर्ण नेपालीहरुले आ आफ्नो ठाउबाट रात दिन नभनी उठाएका रकम हुन् ति। खोइ त त्यो बेला खाजा खर्च, चिया खर्च आदि इत्यादी भनेर ति ठुला ठालु आको देखिएन त ? अहिले चाहि ल है भोज भतेर खर्च, खाजा खर्च , यता उताको खर्च भन्दै पैसा फाल्दै छन् रे। के यस्तो कुरा राम्रो हो र ? के यसरि आफ्नो स्वार्थको लागि दिएको पैसाले संघ संस्थाहरुलाई प्रभावमा पारी चाडपर्वहरु मनाउन पैसा बाड्दै हिड्नु ठिक र राम्रो मनशाय हो र ?? के हामीले यसरि पैसा नदिंदा हाम्रा चाडपर्वहरु मानेका थिएनौ र पहिला पहिला ? हो मानेका छौ हामीले सबै मिलेर अझ झन् त्यस्मा अहिलेको भन्दा पनि धेरै को सहभागिता साथ मानेका छौ। किन भने त्यस्मा हामीले पसिना बगाएर कमाएको आफ्नै पैसाखर्च गरेका थियौ। त्यो कसैले आफ्नो स्वार्थ सिद्ध गर्न दिएको दान थिएन। र फेरी फेरी पनि सहर्ष हाम्रा सबै चाडपर्बहरु हर्सोलाष का साथ मनाउदै जाने छौ। हाम्रो आफ्नै पसिना बगाएर कमाएको पैसा खर्च गरेर , कसैले आफ्नो स्वार्थ पूर्ति गर्ने नियतले दिएको चन्दा या दान ले होइन। होइन यो बिगतका ८ बर्षमा इटाली बस्नुहुने कुनचाहि नेपालीहरुले NRN भन्ने संस्था पनि छ भनेर महशुस गर्न पाइयो ??? ४ चोटी अधिबेशन गरेर ४ जना अध्यक्ष आयो , चुनाव लाग्यो पंजीकृत सदस्य बनाउने होडबाजी चल्यो. अनेकन झुठा बाचाहरु गर्यो आ आफ्नो पद पोल्टा पार्यो अनि हामी इटालीमा मजदुर गर्दै बस्ने नेपालीहरुलाई फ्याट्टै बिर्सियो। सबैले ठुला ठुला मानिसहरु संग आफ्नो पहिचान बढाए ,कसैले आफ्नो भविष्य बनाए त कसैले आफ्नो ब्यापार बढाए तर इटाली बस्ने नेपालीहरुलाइ मात्र चुनाव आउदा पंजीकृत सदस्य मात्र बनाए, मिलेर बसेका साथीभाईहरु बीच चुनावको नाममा मनमुटाव गराए। आफुहरु भने NRN रुपी धनिहरुको क्लबमा रमाए। खोइ त अस्ति रोममा बस्नुहुने २ जना नेपाली दाजुभाइहरुलाई बस्ने नसक्ने स्थिति आएर नेपाल पठाउनु पर्यो उहाहरुसंग हवाई टिकट किन्न पनि पैसा थिएन यो NRN र अहिले जता ततै पैसाको खोलो बगाउनेहरु कहा थियो ? सबै हामी जस्तै कामगरी खानेहरुले धेर थोरै पैसा संकलन गरेर उहा हरुलाई नेपाल पठाइयो। यस्तो घटनाहरु इटालीमा भै नै रहेको हुन्छन। कोहि बस नपाएर समस्या पाई रहेको हुन्छ। कसैलाई काम नभएर खान पिन गर्न धौ धौ भै राको हुन्छ , त यस्तो इटालिमा बस्ने नेपालीहरुको समस्या पर्दा खोइ त अहिले सम्म NRN देखिएको ? त्यत्रो नेपाली संस्थाहरुको आयोजना मा सम्पूर्ण नेपालीहरुले संकलन गरेको सकम त आफ्नो नाम राखेर पठाइयो। जे जस्तो भएपनि यो NRN को चुनाव आई नै रहन्छ। तर, अब हामीले ठुलाथालु भानाउदलाई होइन, हामी जस्तै मजदुरी रोजगारी गरेर खाने ,दिन रात पसिना बगाएर गुजारा चलाउने मान्छेलाई NRN मा पठाए मात्र हाम्रो समस्या बुझ्ने र समाधान होला जस्तो लाग्छ मलाइ त। त्यही भएर हामीले जहिले पनि हाम्रो होइन राम्रोलाई छानम भन्ने भावनाले भोट हाल्नु पर्छ। असक्षम होइन सक्षम , गफ गर्नेलाई होइन काम गर्नेलाई छान्ने बानी बसाल्ने हो भने हाम्रो अनि आउने हाम्रा पुस्ताहरुको समय अति नै राम्रो हुनेछ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: