​एन आर एन इटालिको अध्यक्षका उमेदवार –  दिपेश कुमार रेग्मि भन्छन – युवा नेतृत्वमा आउदा बाटो खुल्ला गर्नु पर्दछ ।

एन आर एन इटालिको आसन्न अधिवेशन 2017-2019 का लागि अध्यक्षका उमेदवार  दिपेश कुमार रेग्मी एक जुझारु युवा हुन । इटाली बसाइको १६ औ बर्ष सम्ममा एन आर एन इटालिको विभिन्न ओहोदामा रहि यिनले सकृय भुमिका निभाएका छन । यिनी वर्तमान कार्यसमितिका उपाध्यक्ष पनि हुन । उनी भन्छन ” गरे असम्भव केही छैन , नेपाल र नेपालिको लागि काम गर्न एन आर एन इटालिको नेतृत्वमा युवा पिढिको आवश्यकता छ । यसैको लागि मेरो उमेदवारी हो । ” पिसा समाजको स्थापना काल देखि नै सकृय भुमिकामा रहि एन आर एन इटालिको कार्यसमितिमा आबद्द भै विभिन्न सामाजिक कामहरुमा सकृय भुमिका निभाएका यिनी अनावश्यक गुलियो र मीठो भाषणमा भन्दा पनि राम्रो र असल काममा बिश्वास गर्छन । उनले भने – ” कसै सङ्ग प्रतिस्पर्धि भावनाले भन्दा पनि एन आर एन इटालिको नेतृत्व गर्ने आफ्नो लागि उपयुक्त समय भएकोले उमेदवारी घोषणा गरेको हुँ । बिगतका योगदान हेरेर युवा नेतृत्वमा आउदा बाटो खुल्ला गर्नु पर्दछ । ” 

रोजगारिको लागि परदेशी भुमिमा रहदा आइपर्ने समस्या र समाधानका उपाए श्रमजिवीहरुले नै बुझ्ने भएकोले यो पटकको एन आर एनको नेतृत्व भारी बहुमतका साथ आफुले नै गर्ने बिश्वास  ब्यक्त गरे । इटालिको बहुसङ्ख्यक नेपालिहरु रहेको शहरहरु रोम , मिलानो, पिसा, भेनिश र मान्तोवा बाट समेत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले देखाउनु भएको सुभेच्छाले आफू अध्यक्षमा निर्वाचित हुन्छु भन्नेमा  ढुक्क रहेको उनले सुनाए ।
र आफ्नो उमेदवारीका एजेण्डाहरु बुँदागत रुपमा यसरी सुनाए – 

– सबैको साझा र महत्वपूर्ण एजेण्डा “एक पटकको नेपाली सधैका लागि नेपाली” भन्ने नारालाई मुर्त रुप दिन ।

– नेपाल र नेपालीको अस्तित्वलाई इटालीमा उच्च स्थानमा पुर्याउन ।

– नेपाली कला संस्कृति र भाषाको संरक्षण र संम्वर्दनको लागी

– युवा, बालबालिका र महिलाहरुको लागि विशेष कार्यक्रम ल्याउन

– र अन्तमा गुलिया र चिप्ला  कुरा गर्नु भन्दा पनि सामुहिक योजनामा बिश्वास गर्दछु ।
जुझारु युवा, सकृय युवा, सामाजिक अनुभवी अभियन्ता दिपेश रेग्मिले इटाली बासी दाजुभाई तथा दिदीबहिनीहरु सङ्ग यो २ बर्ष एन आर एन इटालिको नेतृत्व गर्न साथ र समर्थनको  अपेक्षा गरेका छन । दिपेश कुमार रेग्मिलाई अध्यक्षमा निर्वाचित गराउन आफ्नो अमूल्य मतको सहि सदुपयोग गरौ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: