नेपाली समाज रोम द्वारा एन आर एन इटालीको आउदो महाधिबेशनमा अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा 

एन आर एन इटालिको आउदो महाधिबेशनको लागि रोमका बर्तमान अध्यक्ष देब राज गुरुङले अध्यक्ष पदको लागि उम्मेद्वारी दिनु भएको छ। उहाको उम्मेदवारीको पुर्ण पाठ तल प्रस्तुत गरिएको छ। 

आदणीय इटाली बासी सम्पूर्ण नेपाली दाजुभाई तथा  दिदिबहिनीहरुमा म देब राज गुरुङको नमस्कार । 

     येहि अाउदो २७ अगस्त २०१७ मा हुनगइरहेको गैर आबसीय नेपाली संघ इटालीको पाचौ अधिबेशनमा म अध्यक्षको उमेद्वारी दिन गइरहेको जानकारी गराउदै यहाँहरु समक्ष दुई शब्द राख्न चाहान्छु। 

      बिगत १९ बर्ष देखि म इटालीको रोम शहरमा बसोबास गर्दै आउने क्रममा गैर आबसीय नेपाली संघ इटालीको स्थापना गर्नको लागि  रोम तर्फबाट क्षेत्रीय  को-अर्डीनेटरको भूमिका निभाएको,नेपाली समाज रोम इटाली स्थापना गर्ने र स्थापना काल देखि प्रत्यक्ष संलग्न रही नेपालीहरुलाई मेरो क्षमता र समयले भ्याए सम्म सहयोग गर्दै अाइरहेको छु । 

    -इटाली सरकारले अवैधानिक रुपमा बसोबास गर्ने बिदेशीहरुलाई वैधानिक बनाउन खुलाएको कागजी प्रकृयामा मेरो प्रत्यक्ष संलग्नमा नेपाली अबैतनिक वणिज्यदूत श्री पाओलो नुगारी सँग सहकार्य गरी नेपालीहरुलाई अावस्यक पर्ने बिभिन्न प्रमाणित कागजातहरु उपलब्ध गराई वैधानिक बनाउन सहयोग गरिएको साथै बिभिन्न इटालियन चिनजानका ब्यक्तिहरु संग संपर्क  गरी केही नेपालीहरुलाई बिना लगानी यहाँ रहनको लागि चाहिने वैधानिक कागज उपलब्ध गराएको। 

    -नेपालमा बिनाशकारी भुकम्प गएको वेला NRNA Italy सँगको सहकार्यमा हामीले यहाँ रहेका बिभिन्न संघ संस्थाहरु विच समन्वय गरी दुई करोड भन्दा बढी रकम संकलन गरिएको ।  

     -मेरो नेतृत्वमा नेपाली समाज रोम ले अ.ने.क.स. इटालिको सहकार्यमा नेपालमा पर्यटन बिस्तार गर्न बिभिन्न भेष भुषा झल्कने गरी सांस्कृतिक कार्यक्रम  गरिएको ।  

      -Food for People,Asia Onlus,24 Onlus,Jaya Nepal Onlus साथै अन्य दर्जनौ Onlus हरुसंग  सहकार्य गरी नेपालमा सहयोग गरेको ।  

      -२०१४ मा रबिन्द्र मिश्र (Help Nepal) लाई आर्थिक सहयोग गरेको ।  

      -२०१४ मा पुष्पा बस्नेत(अनाथ  बालबालिका) लाई आर्थिक सहयोग गरेको ।  

        मैले अहिले सम्म हासिल गरेको  अनुभव-ज्ञान र समयले भ्याएसम्म म इटालिका बिभिन्न संघ संस्था संग समन्वय गरी यहाँ रहेका  नेपालीहरु तथा नेपालमा सहयोग  पू-याउन पहल गर्नेछु,हामीहरुलाई नेपालबाट  परिवार  झिकाउने क्रममा कलकत्ता रहेको नेपालको लागि इटाली वाणिज्य दुताबासले बढि झुलाउने गरेकोले सम्बन्धित निकाय संग सहकार्य गरी यसलाई सहज बनाउने प्रयास गर्नेछु ,यहा रहेका बिभिन्न नेपाली तथा बिदेशी संघ संस्थाहरु सित सहकार्य गरी अझ बढी प्रभाबकारी ढंगबाट नेपालमा पर्यटक बिस्तारको लागि पहल गर्नेछु,इटाली सरकारले  नियम कानुनहरु समय-समयमा परिवर्तन भई रहने  हुनाले आबस्यक   कगजी प्रकृयालाई सहजिकरण गर्नको लागि यसको अपडेट तपाईंहरुलाई नियमित रुपमा गर्नेछु,NRNA Italy को परिचय पत्र मेशिनरी बनाई सधैं फारम भर्ने झन्झट हटाउनको लागि पहल गर्नेछु,हामी नेपालीलाई NRNA Italy भए रहेको प्रत्यक्ष अनुभूति गराउने साथै यसलाई सफल र प्रभावकारी संस्थाका रुपमा स्थापित गर्दै नेपालीहरुको हक हित र अधिकारको  लागि स्थापना गराउन यहाँ रहेका सम्पूर्ण नेपालीहरु सँग संपर्क रही राय सुझाव लिई यस संस्थालाई अगाडि बढाउने तपाईंहरु माझ प्रतिबद्धता जहेर गर्दछु । 

      त्यसैले मलाई यस आउने कार्यकाल(२०१७-२०१९) को लागि तपाईंहरुको अमूल्य मत दिई सम्पूर्ण तपाईं इटाली बासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सेवा गर्ने अबसर प्रदान गरिदिनुहुन हार्दिक बिनम्र अनुरोध गर्दछु। 

 

देव  राज गुरुङ   

रोम,इटाली

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: