रोल्पाको थबाङमा विप्लव–कांग्रेस गठबन्धनलाई हराउँदै माओवादीको ‘क्लिन स्वीप’

रोल्पा, असार १६ – रोल्पाको थबाङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।थवाङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर घर्तिले १ हजार ९ सय ९० मत प्राप्त गरी विजयी भएका हुन ।

त्यसै गरी उपाध्यक्षमा माओवादी केन्द्रकै राम किरणी रोकाले १ हजार ९ सय ६९ प्राप्त गर्दै जितेकी छिन । प्रतिद्वन्दीमा स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका विप्लव कार्यकर्ता  अमित घर्तिले १ हजार ५७ मत पाएका छन भने उपाध्यक्षमा उनीसगँ एकता  गरेकी नेपाली कांग्रेसकी श्रीकुमारी रोकाले ९ सय ६५ मत पाएकी छिन ।
माओवादी केन्द्रले थबाङका सबै वडामा प्यानल विजय प्राप्त गरेको छ । रोल्पा जिल्लाका १० वटा स्थानीय तह मध्ये थबाङमा मात्रै अन्तिम मतपरिणाम आएको हो भने रोल्पामा माओवादी केन्द्रले खाता खोलेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: