६ प्रदेशमा सहमति

६ प्रदेशमा सहमति सिमानामा विवाद

६ प्रदेशमा सहमति सिमानामा विवाद
मुख्य विवाद कैलालीमा
कांग्रेस–एमालेले कैलालीलाई अखण्ड सुदूरपश्चिममा राख्न खोजेका छन् भने एमाओवादी र फोरमले बााके–बर्दियासागै राख्न खोजेका छन् । कैलालीलाई टुक्र्याउने विकल्पमा पनि छलफल भइरहेको छ, तर सहमति भएको छैन ।
 पूर्वमा पनि विवाद
फोरम लोकतान्त्रिकले झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहालाई मिलाएर एउटा प्रदेश बनाउने प्रस्ताव गरेको छ भने कांग्रेस–एमालेले मानेका छैनन्
पूर्वमा ओली र सिटौलाको चासो
विजय गच्छदारले पूर्वका झापा, मोरङ र सुनसरीलाई सप्तरी र सिरहासाग जोड्न खोजेका छन् । तर, एमाले अध्यक्ष ओली र कांग्रेस महामन्त्री कृष्ण सिटौलाको जोडबलमा झापा, मोरङ र सुनसरीलाई पूर्वी पहाडी जिल्लासाग जोड्ने लगभग सहमति भएको छ ।
पश्चिममा देउवा र रावलको चासो
कैलालीलाई बााके–बर्दियासाग राख्न एमाओवादी र फोरम लोकतान्त्रिकले जोड गरिरहेका छन् । पूरै कैलाली नभए केही भाग टुक्र्याएर भए पनि थारू बाहुल्य प्रदेशमा राख्न उनीहरूले प्रयास गरिरहेका छन् । तर, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भीम रावल सुदूरपश्चिमका सबै जिल्लालाई छुट्टिन नदिने अडानमा छन् ।
नागरिकता र धर्ममा अझै विवाद
बाबु वा आमाको नाममा नागरिकता दिने माग पूरा गर्ने विषयमा अझै सहमति भएको छैन । धर्मनिरपेक्षता कि धार्मिक स्वतन्त्रता भन्ने विवाद पनि उस्तै छ । प्रस्तावनाको भाषा छोट्याउने कि उस्तै राख्ने भन्ने विषय यथावत् छ । स्थानीय भाषालाई सरकारी कामकाजको मूल भाषा मान्ने कि नमान्ने भन्ने टुंगो लाग्न पनि बााकी छ ।
१४ प्रदेश भन्ने एमाओवादी कसरी ६ प्रदेशमा झर्‍यो ?
प्रमुख सचेतक
गिरिराजमणि
पोखरेलको स्पष्टीकरण
पहिले पनि ६ प्रदेशको प्रस्ताव थियो
एकीकृत माओवादीले (मोहन वैद्यसँग) विभाजित नहुादै १४ प्रदेश प्रस्ताव लिएको थियो । अघिल्लो संविधानसभामा राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिका सभापति लोकेन्द्र विष्ट रहँदा पनि हितमान शाक्य, विश्वभक्त दुलाल, गोपाल किराती, देव गुरुङलगायतका साथीहरूले ६ प्रदेशको अवधारणा पनि ल्याउनुभएको थियो । तर, त्यो प्रस्तावलाई हामीले रिजर्भ राखेका थियौँ । त्यही प्रस्तावका आधारमा ६ प्रदेशमा जान तयार भएका हौँ ।
६ प्रदेशमा पनि संयुक्त पहिचान दिन सकिन्छ
एक प्रतिशतभन्दा बढी जनसंख्या भएका उत्पीडित समुदायको पहिचान सुरक्षित गर्न पहिचानसहितको संघीयता भनिएको हो । राज्य पुनर्संरचना आयोगले पनि सामथ्र्य र पहिचानका आधारमा प्रदेश निर्धारण गरेको थियो । एक प्रतिशतभन्दा बढी जनसंख्या भएका उत्पीडित समुदायको संयुक्त पहिचान आउने गरी ६ प्रदेश बनाउन सकिन्छ ।
संघीयता नै गुम्ने खतरा भएकाले सम्झौता
धेरै प्रदेश बनाउँदा सबैको पहिचान कायम गर्न सकिन्थ्यो । तर, अहिले संघीयता नै रहन्छ कि रहन्न भन्ने अवस्था भएकाले सीमांकनसहितको प्रदेश सुनिश्चित गर्न एमाओवादी ६ प्रदेशमा तयार भएको हो ।
बविन शर्मा, योगेश ढकाल/नयाँ पत्रिका
काठमाडौं, २१ साउन
प्रमुख दलहरूले ६ प्रदेशसहितको संघीय संरचना बनाउने सहमति गरेका छन् । यद्यपि, प्रदेशको सीमांकनबारे भने विवाद कायमै छ । यसअघि दलहरूबीच आठ प्रदेश बनाउने सहमति थियो ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिको बुधबार बिहानदेखि रातिसम्म बसेको बैठकले ६ प्रदेशमा सहमति गरेको हो । प्रदेशहरूको सीमासहित मिलाउन बाँकी विषयमा बिहीबार दिउँसोसम्ममा सहमति जुटाएर संवाद समितिमा प्रतिवेदन बुझाउने विशेष समितिको तयारी छ । संवाद समितिले बिहीबार नै अन्तिम प्रतिवेदन तयार गर्ने सभापति डा. बाबुराम भट्टराईले बताए ।
‘भोलि बिहान नौ बजेदेखि बसेर खाना खाने वेलासम्म सबै विषय टुंग्याएर सम्भव भएसम्म भोलि नै संवाद समितिको बैठक बसेर पारित गर्ने तयारी छ,’ दिनभरिको बैठकपछि सभापति भट्टराईले भने । उनका अनुसार प्रदेशहरूको सीमांकनसँगै शासकीय स्वरूप, नागरिकता, धर्मनिरपेक्षतालगायतका केही विषयमा अझै सहमति जुट्न सकेको छैन ।
गत २५ जेठमा भएको १६ बुँदेबाट प्रमुख चार दलले आठ प्रदेश बनाउने सहमति गरेका थिए । संविधानसभाले जनताको सुझाबका लागि लगेको मस्यौदामा पनि आठ प्रदेश प्रस्ताव गरिएको थियो । तर, दलहरूबीच पछिल्लो छलफलमा प्रदेशको संख्या घटाउने सहमति भएको हो ।
बैठकमा एकीकृत माओवादी र फोरम लोकतान्त्रिकले सुदूरपश्चिमको कैलालीलाई टुक्र्याउने प्रस्ताव गरेका थिए । तर, कांग्रेस र एमालेले त्यसमा चर्को विरोध जनाए । पूर्वका झापा, मोरङ र सुनसरीलाई पहाडी जिल्लासँगै जोडेर प्रदेश बनाउनेमा दलहरूबीच सहमति भएको छ ।
सप्तरीलाई सुदूरपूर्वसँग जोड्ने–नजोड्नेमा पनि दलहरूबीच विवाद छ । फोरम लोकतान्त्रिकले सप्तरीलाई पनि सुदूरपूर्वसँग जोड्न प्रस्ताव गरेको थियो । तर, त्यसमा तीन ठूला दलले सहमति जनाएनन् । त्यस्तै, नागरिकता, धर्मनिरपेक्षता, भाषा, समानुपातिक समावेशीता, प्रस्तावनालगायतका बिषयको विवाद पनि मिल्न बाँकी छ ।
बैठकमा सहभागी एक नेताका अनुसार कैलालीलाई टुक्र्याउने/नटुक्र्याउने विषयमा सबैभन्दा बढी विवाद देखिएको छ । कन्चनपुरलाई यथावत राख्न सहमत भएका एमाओवादी र फोरम लोकतान्त्रीक कैलालीलाई टुक्राएर केही भाग थारु बाहुल्य प्रदेशमा मिसाउनुपर्ने पक्षमा छन् । तर, कांग्रेस र एमालेले त्यसमा सहमति जनाएका छैनन् ।
‘सप्तरी र कैलालीमा कु्रा मिल्न बाँकी छ’, बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले भने–‘हामी कैलालीलाई टुक्र्याउन दिदैनौं ।’ कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल र एमाओवादीका सुदुरपश्चिमका नेताहरू पनि अखण्ड सुदुरपश्चिमका पक्षमा छन् ।
‘कन्चनपुर सुदुरपश्चिममै छोड्न तयार भयौं, कैलालीको पनि केही भाग थारु बाहुल्य प्रदेशमा राखौं भन्दा उहाँहरूले(कांग्रेस–एमालेका नेता) कैलालीको एक ईन्च पनि नछाड्ने भन्नुभयो’, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने ।
साँझ अबेर बैठकमा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको नजिक पुगेको बताए । ‘६ भन्दा धेरै प्रदेशको संख्या जाँदैन, भोली बिहान बसेर सबै बिषय टुंग्याइन्छ’, उनले भने ।
बैठकपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भीर छलफलबाट दलहरू सहमति नजिक पुगेको बतँए । ‘छलफल गम्भीर भयो, सहमति नजिक पुगेका छौं, भोली बिहान फेरी छलफल गरेर सबै टुंगो लगाउँछौं’, उनले भने । काग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रदेशको संख्या ६ बाट तल नघट्ने बताए । ‘सबै कुरा मिलिसकेको छैन, प्रदेशको संख्या ६ नै हुन्छ तर, सीमांकनबारे अन्तिम टुंगो भोली बिहान लाग्ने छ’, उनले भने । फोरम लोकतान्त्रीकका अध्यक्ष गच्छेदारले सीमा सहित ६ देखी ८ प्रदेशमा बिहिबार सहमति हुने बताए ।
सीमा बिवाद टुंग्याउन मंगलबार बेलुका एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष्ँ प्रचण्ड र कांग्रेसका महामन्त्री कृष्ण सिटौला अनौपचारिक गृहकार्य गरेका थिए । तीन नेतावीच अनौपाचारिक सहमति भएको थियो ।
दलहरूबीच बिहबिार सहमति भए प्रक्रिया छोट्याएर साउन मसान्तभित्रै नयाँ संविधान जारी गर्ने नेताहरूले जनाएका छन् ।

– See more at: http://www.enayapatrika.com/2015/08/19874#sthash.0Knj2cij.dpuf

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: