एन आर एन इटालीमा राजनीति ! किन ?

प्रकाश महर्जन
रोम इटाली

अहिले इटालीमा NRN को चुनावी माहौल छ l सबैले आ आफ्नो तर्फबात उम्मेद्वारी दिई सकेको छन् , तर यो चुनाव NRN होइन राजनीतिक पार्टीहरु चुनाव जस्तो लाइ राछ मलाइ त l कोहि कसैको लै लै मा लाका छन्, कोहि कसैको गोटी बनेका छन्, त कोहि केहि गरम भनेर लागेका पनि छन् l  न  इटालियन भाषा राम्ररी बोल्ने न त अंग्रेजी नै राम्रो बोल्नेहरु ले नि उम्मेद्वारी दिएकै छन् l किन भने प्राय उम्मेद्वारहरु यस्तै यस्तै ठाउबाट आएका छन् l र भोलि गएर त्यहि पार्टीका नेताहरुको आदेश आनुसार नै नचल्ला भन्ने पनि छैन l अनि यस्तो अवस्था आए पछि इटालीमा काम गरि बस्ने नेपालीहरुको लागि के नै गर्छन र ? र गएको ३ कार्यकालमा के नै गरेको छ र यो इटाली को NRN को नेत्रित्वो गर्नेहरुले ??
     तर, आउनै पर्ने केहि व्यक्तिहरु भने चुप चाप अलग्गै बस्नु भएका छन् l (मेरो आफ्नो व्यक्तिगत बिचारमा ) सायद इटालीमा NRN को ३ कार्यकालको गतिबिधि देखेर पनि होला कि ? 
  
          एउटा नेपालीले काम गरेको ठाउमै ज्यान गुमायो , खोइ त अहिले सम्म उसका परिवारहरुले उचित क्षतिपूर्ति पाएको ? नेपालमा उहाको २ स-साना बच्चाहरु,बुढी आमा र श्रीमती छन् रे खोइ त NRN इटालीले  उहाको परिवारको लागि मद्दत गरेको ? यहा इटालीमा कानुन अनुसार पाउनु पर्ने क्षतिपूर्ति पनि उहाको परिवारलाई दिलाउन सकेको ? अझ भनौ उहाको यस्तो अवस्थामा इटाली को NRN ले अलिकति पनि चासो दिएको देखिएन अहिले सम्म l त्यस्तै करिब २ वर्ष देखि एउटा नेपाली सानो झैँ झगडामा बिना कसुर जेलमा बसी राखेको छ l खोइ त हिले सम्म उहाको लागि NRN इटाली ले मद्दत गरेको ? यस्तो लाग्छ NRN ले सानो चासो पनि देखेको छैन  यदि पहिले नै NRN भन्ने ले केहि गर्ने विचार गरेको भए सायद उक्त नेपालीले जेल जानु पर्दैन थियो कि ? या उहालाई पहिले नै जेल मुक्त गर्न सकिन्थ्यो कि ? तर यसमा पनि NRN इटालीले कुनै चासो दिएको देखिंदैन l या भनौ यस कुराको जानकारी नै छैन कि NRN चलाउनेहरुलाई ? यो त उदाहरण  मात्रै हो l यस्ता यस्ता कति कति कुरा छन् इटालीमा NRN ले नगरेका  तर पनि इटाली मा NRN को चुनाव आएपछि पदको लागि तछाड मछाड हुन्छ l  तर यो चुनाव आयो भने चै विशेष गरि आफुलाई नेता ठान्नेहरु कता कताबाट आएर चलखेल गर्न आई पुग्छन l र पहिले देखि मिलेर बसेका नेपाली नेपाली बीच कलह फैलाई दिन्छन l
         हाम्रो नेपाल अहिले सम्म यो अवस्थामा रहनु या अझ भनौ अहिले सम्म पनि हामीले संबिधान नपाउनु मा जति गल्ति यी असक्षम नेताहरुका छन् त्यति नै गल्ति प्राय नेपाली जनताहरुको पनि छ l किन भने यी नेताहरुलाई छानेर पथाउने नेपाली जनताहरु नै हुन् l उहिले उहिले हाम्रा आमा बाबु बाजे बजैले ५ वर्षसम्म धाधली गर्ने, अन्याय गर्ने, घुस खाने, अनियमित गर्ने उम्मेदवार्हरुलाई नै फेरी फेरी आफ्नो अमुल्य भोट दिएर जिताउनु हुन्थ्यो l यस्ता घुस खोर हरु चुनाव आउना साथ् अनेक अनेक लोभ लालचले भरिएका  कुराहरु लिएर जनता सामु आउथ्यो  र हाम्रा अग्रज हरु पनि सोझा सिधा उक्त व्यक्तिहरुले ५ वर्ष सम्म गरेका आन्याय  अत्याचारहरुलाइ चटक्कै थान्गनामा राखी फेरी त्यहि व्यक्तिलाई भोट दिएर पथाउथ्यो l अनि फेरी ५ बर्ष को लागि पछुताएर बस्थ्यो l किन यस्तालाई फेरी भोट दिईयो भएर l अहिले पनि हेरौ त्यस्तै ताल छ र पो हाम्रो देशको हालत यस्तो छ l हामीले कुनै पनि व्यक्तिलाई भोट दिनु अगाडी उक्त व्यक्ति कस्तो हो र उसको बिगत कस्तो थियो भन्ने कुरा चटक्कै बिर्सी दिनछौ र क्षणिक भावना र मिठा मिठा प्रलोभनमा परेर त्यस्ता नराम्रा व्यक्तिहरुलाई भोट दिन पुग्छौ l अनि परिणाम हामीले सोचेको भन्दा ठिक बिपरित पाउछौ l
       कुनै पनि व्यक्तिको अतित या भनौ बिगतमा उसले गरेको कार्यकलाप ले नै उसको भविष्य पनि निर्धारित गेरको हुन्छ l कुनै पनि व्यक्ति अगाडी बढ्न उसको विगतले जगको कार्य गरिरेको हुन्छ र त्यहि जगको आधारमा नै मान्छेहरु अगाडी बढ्ने हुन् l
तसर्थ, यस्ता कुराहरुलाई राम्ररी मनन गरेर नै हामीले हाम्रो अमुल्य भोट लाइ दिने गर्यो भने राम्रो मान्छे चुन्न सकिन्छ l मात्र पार्टी, साथि, अनि मेरो मान्छे भनेर अयोग्य व्यक्तिलाई छान्नु भनेको पछी गएर पछुताउने सिवाय केहि गर्न सकिन्दैन l इटाली को सन्दर्भ मै हेरम हामीले NRN को ३ कार्यकाल हेरी सके , खोइ त तपाइँ हामि जस्ता काम गरेर खानेहरुको माझ पुगेको ? के तपैहरुले ले कहिल्यै NRN इटाली ले तपैहरुको माझ आएर कुनै कार्य गेरको पाउनु भएको छ त ?खोइ मैले त अहिले सम्म त्यस्तो कहिले नि महसुस गर्ने अवसर पाएको छैन l त्यसैले अब हामीले धेरै नै बिचार गर्नु पर्छ जस्तो लाग्छ l हामि त परदेश बसेर आफ्नै पसिना बगाएर बाचेका व्यक्ति हौ र यस्तो युरोप जस्तो ठाउमा बसेर ठुला ठुला कुराहरु बुझ्ने भएका छौ l हामीले आफ्नो स्वविवेक प्रयोग गर्नै पर्छ l के जहिले नि २/४ वटा मिठा कुरा गर्ने हरुको बिगत बिर्सेर, उनीहरुले गरेका कुकर्महरु लाइ पाखा लाएर आँखा चिम्लेर त्यस्ता मान्छेहरुलाई जिताउनु ठिक होला र ? हिजो एउटा साधारण मान्छे हुँदा त नेपाली र नेपाललाई बद्नाम गर्दै हिड्ने, नेपालीहरुलाई ठग्ने, रुवाउने,दूख दिंदै हिड्नेहरुले  पद नै पाए भने झन् अति नै गर्दैनन् र ? हिजो आफ्नो भूमिका इमान्दारी पुर्वक निर्वाह नगरेका व्यक्तिले आब त मा सबै राम्री गर्छु भन्दैमा गर्लान  त ?
         सोच्नुस, बारम्बार सोच्नुस, भोट दिनु आगाडी , अहिले त्यस्ता व्यक्तिहरुको चिल्लो कुरा सुनेर भाविश्यलाई बर्बाद नगर्नुस l जुन गल्ति नेपालमा हाम्रा प्राय पुर्वजहरुले गरे के हामीले नि त्यहि गल्ति गर्ने ? अनि के हाम्रा सन्तानहरुले हामीलाई पनि धिक्कारी रहोस , यहि बाटो हामीले रोज्ने ? होइन कति बेला सम्म तपाईलाइ असक्षम नेता भनाउदाहरुबाट परिचालित गराई राख्ने ? अहिले हामी नेपालीहरु सबै एक जुट हुनु धेरै जरुरि छ l राजनैतिक पार्टीको गोटी बन्नु भन्दा पनि हामि सबै नेपाली हुनु जरुरि छ l अझ यो बिदेशमा त झन् यो राजनीतिको के काम ? के यहा राजनीति गरेर नेपालमा केहि परिवर्तन हुन्छ त ? पक्कै हुन्न l तपाइले यहाँ लेभी तिर्नु होला, त्यहि पैसाले नेपालमा नेताहरु भुडी भर्छन र आरामले विदेश यात्रा गर्छन l तसर्थ, किन चाहियो हामीलाई फलानो अनि ढिस्को पार्टी ? के हामीले विदेशीलाई  यहाँ हाम्रो परिचय दिंदा खेरि नेपाली होइन म फलानो राजनीतिक पार्टीको मान्छे हु भनेर परिचय दिन्छम र ? होइन हामी त मा नेपाली हु भनेर परिचय दिन्चम नि त  तपाइले कुनै राजनीतिक पार्टीको मान्छेलाई नेता मान्नु  भनेकोनै तपाइँ माथि उक्त व्यक्तिको सिमित या असिमित रुपमा अधिकार दिनु हो l
   
   के यसरि बिदेशमा राजनीति गर्नेहरु र  नेपालमा जात जातिका कुरा गर्नेहरु उस्ता उस्तै होइनन र ? नेपालमा जात जाति को कुरा गरेर नेपाली नेपाली माँझ फुट हाल्छन भने परदेशमा बिभिन्न राजनीति कुराहरु गरेर नेपाली नेपाली बीच दुरी बढाउछन l 
     अन्तमा, म फेरी यहि भन्न चाहन्छु कि, अब त हामी बिदेशमा बसेर आफ्नो खुट्टामा उभिएका छौ l यहाको रहन सहन , स्वतन्त्रता अनि हामी बसेको देशले कसरि प्रगति गरेको हो भन्ने कुरा बुझेका छम l कुन ठिक र कुन बेठिक हो भन्ने कुरा अझ बढी छुट्याउन सक्ने भएका छौ l र अझ भनौ इटालीमा जति पनि नेपालीहरु छन तिनीहरुको बारेमा धेरै थोरै थाहा पाएका छौ l को कस्तो हुन् , को कस्ता थिए  र कल्ले के गर्छ भन्ने कुरा राम्ररी बुझेका र सुनेका छौ भने किन हामीले नराम्रा व्यक्तिहरु,फलानो राजनीतिक पार्टी संग सम्बन्धित व्यक्ति, अनि फलानोले भनेको रे भनेर केहि गर्न नसक्ने अनि पछी गएर सिन्को नभाच्ने र पदको दुरुपयोग  गर्नेहरुलाई हाम्रो अनमोल भोट दिने ? म फलानो व्यक्तिलाई नै भोट दिनु पर्छ त भन्दिन l तर यति भन्छु कि राम्ररि आफ्नो बिचार र विवेक प्रयोग गरेर पछी पछुताउनु नपर्ने गरेर हामीले भोट दिउ l अब पुरानो अवस्था फेरी नदोहर्याउ, नराम्रो काम गर्नेलाई सजाय दिन नसके पनि तालि बजाएर स्वागत नगरौ l तपाइँ हामीले नै अहिलेबाटै यस्तो रितिको शुरुवाट गरम l
तोडौ यी अराजनैतिक पार्टीहरुको बन्धनहरू र छोडौ यी अनैतिक पार्टीका नेता भनाउदाहरुलाइ अनि नेपाली नेपाली माझ फुट हाल्दै आफ्नो स्वार्थ पुरा गर्ने व्यक्तिहरुलाई lबिदेशमा राजनीति होइन एक आपसमा सहयोगको जरुरि छ भन्ने शन्देश दिउ ति राजनीति गर्नेहरुलाई l हामि स्वतन्त्र छौ र स्वतन्त्र रहौ l    मात्र, मात्र नेपाली बनेर नेपाल र नेपालीहरुको हित बारे एकजुट भएर जुटौ l तपाइँ आफूभन्दा कम्जोर र असक्षम व्यक्तिको निर्यन्त्रणबाट अहिलेनै आफुलाई स्वतन्त्र गर्नुस अब त l यहि नै समयको माग हो र हामी बिदेशमा बस्नेहरुको लागि यस्तै कुराहरुको आवश्यक पनि छ l

Advertisements

One Response to “एन आर एन इटालीमा राजनीति ! किन ?”

  1. nepali Says:

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: