एन आर एन इटालीको लागी अध्यक्षको उमेदवारी घोषणा पत्रहरू

दिपेश रेग्मी द्वारा प्रकाशित घोषणा पत्र
उनको घोषणापत्रको पूर्ण अंश11219386_10203299160879899_8441303131988554957_n
प्रबाश इटालीमा नेपालको विभिन्न ठाउंबाट आइ बसोबास गरिरहनुभएका सम्पूर्ण इटाली बासी दाजु-भाई तथा दिदि-बहिनीहरुमा प्रथमतः:म दिपेश कुमार रेग्मी (एन.आर.एन.ए. इटालीको अध्यक्ष पदका उमेद्वार )को न्यानो अभिबादन /
प्रवाशमा बस्दाखेरी को पिडा हामी सबै प्रवासीहरूले विभिन्न कालखण्डमा कुनै न कुनै रुपमा भोग्दै नै आइरहेका छौ /यसै सन्दर्भमा एन.आर.एन.इटालीको स्थापनापुर्ब इटालीमा बसोबास गरिरहनुभएका प्रवासी नेपालीहरूको हक अधिकारकालागि संघर्षरत तथा नेपाली नेपाली विच एक आर्कालाई सहयोग गर्न प्रतिबद्ध ज्ञात अज्ञात अग्रजहरू ,तथा एन.आर.एन.इटाली प्रति हृदय देखि श्रद्धा पुर्बक नमन गर्दछु /
सामाजिक कार्यमा गम्भीर अभिरुचि भएका कारण विगतमा एन.आर.एन.इटालीको सल्लाहकारको हैसियतले सन् २०११-२०१३ तथा सन् २०१३-२०१५ को कार्यसमितिमा काम गरेको तिता मिठा अनुभब तथा आफुले संस्था प्रति गरेको सकारात्मक कार्यको मुल्यांकन नेपाली समाज पिसा का साथीहरूले गरिदिएको कारण नेपाली समाज पिसा कै प्रस्ताबमा यसपटक एन .आर.एन.इटालीलाई अझ बढी सक्षम ,सुद्रिढ र मजबुत बनाउने उधेश्य तथा संकल्प को खातिर नेत्रित्त्वदायी भूमिका (अध्यक्ष को उमेद्वार )मा आफुलाई प्रस्तुत गरेको छु /
मेरो नेतृत्त्वमा बन्ने कार्यसमितिले निम्न बिषय लाई प्राथमिकता साथ गर्ने प्रतिबद्धता सम्पूर्ण गैर आबशिय नेपाली इटाली बासी समक्ष गर्दछु/
१ .गैर आबसिय नेपाली समाजका बालबालिकामा नेपाली भाषा तथा संस्कृति प्रतिको ज्ञानमा भएको कमीकमजोरी लाइ मध्ये नजर गर्दै एन.आर.एन.इटालीको पहलमा नेपाली भाषा तथा संस्कृति सिकाउने कक्षा संचालन गर्न पहल गने /
२. एतिहासिक सम्पदाले भरिएको देश इटाली तथा नेपाल दुवै भएकोले दुवै देशको कला संस्कृति सम्बन्धमा जानकारी गराउने उदेश्य ले दुवै देशका बिद्यार्थी हरूलाई लक्षित गरि शैक्षिक भ्रमण जस्ता कार्यक्रम संचालन गर्न पहल गर्ने /
३. गैर आवासीय नेपाली तथा निजका सन्ततिहरूले समेत नेपाली नागरिक सरह राजनैतिक तथा आर्थिक अधिकार मातृभूमिमा पाउन पर्नेमा सम्बन्धित निकायमा आबस्यक पहल गर्ने /
४. विविध कारण बाट समस्या मा परेका तथा क्षमता बाहिरको उपचार खर्च गर्न नसक्ने इटालीमा बस्नुहुने गैर आवासीय नेपालीको लागि मुठी दान भन्ने कार्यक्रम संचालन गरि आर्थिक कोष खडा गर्ने /
५. नेपालमा भएको तथा भबिस्य मा हुनसक्ने प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै एन.आर.एन इटालीले आफ्नै पहलमा सदस्यहरू तथा अन्य दातासमेत खोजि गरि दिर्घकालिन प्रकिर्तिक प्रकोप कोष खडा गर्ने /
६. एन.आर.एन.इटाली लाई हरेक प्रकारको राजनैतिक ,लैंगिक क्षेत्रीय ,धार्मिक भाषिक तथा जातिगत गुटबन्दी बाट मुक्त गरि विसुध सामाजिक संस्था को रूपमा अघि बढाउने/
७. इटालीमा बसोबाश गर्नुहुने हरेक नेपाली को समस्या समाधान को लागि संस्थागत सहभागिता देखाउने/
८. नेपाली नेपाली बिचको भात्रित्त्व ,मैत्री ,सहयोग तथा सदभाब्लाई अझ बढी प्रगाढ बनाउन अन्य मुलुक का एन.आर.एन.संस्थाहरू संग आबस्यक समन्वय गर्ने/
९. इटालीमा भएको सबै स्थानीय समाजका अध्यक्षलाई एन.आर.एन.इटालीको कार्यसमितिमा पदेन सदस्य बनाइ क्षेत्रीय प्रतिनिधि को रूपमा नियुक्त गर्न पहल गर्ने /
१०. भाषा ,भेषभुषा ,कला साहित्य ,संस्कृति तथा खेलकुद प्रति नया तथा युवापुस्ताको अभिरूची बढाउन र तिनको प्रबर्धन गर्न बिशेष कार्यक्रम ल्याउने /
११. एन.आर.एन.युरोप स्तरिय फूटबल प्रतियोगिता सम्पन्न गर्न गराउन आबस्यक कोष खडा गरि प्रभाबकारी कार्यक्रम तर्जुमा गर्ने /
१२. कार्यसमितिका सम्पूर्ण कार्य तथा निर्णयहरू पारदर्शी किसिमबाट संचालन गर्ने /
माथि उल्लेखित उधेस्य पृष्ठभूमि र यसभन्दा अघि एन.आर.एन.इटालीको सल्लाहकारको हैसियतले मैले निर्बाह गरेको भूमिकालाई उचित मुल्यांकन गरि दिनुहुनेछ भनि आशा गर्दै अध्यक्ष पदको हैसियतले नेत्रित्त्वदायी भूमिकामा अझबढी योगदान दिन सकियोस भनेर मैले दिएको उमेदवारीमा यहाँहरूको अमुल्य मतले अत्यधिक मतमा विजयी गराउनुहुनेछ भन्ने दृढ बिश्वास लियेकोछु /
दिपेश कुमार रेग्मी 
श्रीमती उर्मिला थोकर द्वारा प्रकाशित घोषणापत्र 
उनको घोषणापत्रको पूर्ण अंश

एन आर एन इटालीको २०१५/१७ को लागी अध्यक्षको उमेदवारी घोषणा पत्र आदरणीय इटालीबासी मेरा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सर्बप्रथम मेरो हार्दिक नमस्कार। यही २ अगस्ट २०१५ मा हुन गैरहेको २०१५/१७ को एन आर एन इटालिको अधिवेशनमा मैले अध्यक्षको उमेदवारी घोषणा गरेको छु ।

मलाई लाग्छ यो मेरो मात्र चाहना नभै समयको पनि माग हो ।  मसँग एन आर एन इटालिको दोस्रो कार्यकाल २०११/१३ मा को कोषाध्यक्षको भुमिका सफलता पुर्वक निर्वाह गरिसकेको र वर्तमान कार्यसमितिमा पनि सल्लाहकारको हैसियतले आफ्नो हैसियत र क्षमताले भ्याए सम्मको सहयोग गर्दै आएको तथ्य यहाहरु समक्ष सर्वविधितै छ ।

– एन आर एन इटालिसँगको निरन्तरताको सम्बन्ध लाई अझ प्रगाढ बनाउन र एन आर एन इटालिलाई अझ मजबुद बनाउनको लागि पनि मेरो उमेदवारी आवश्यक सम्झेको छु । तसर्थ, मितेरी मंञ्च मिलानोको प्रतिनिधीत्व गर्दै गैर -आवसिय नेपाली संघ इटालीको इतिहास मै पहिलो पटक महिला अध्यक्ष पदको लागि आफुलाई उम्मेदारमा घोषणा गरेकी छु र यो इटाली भित्र रहने सम्पूर्ण महिला दिदी बहिनीहरुको पनि प्रतिनिधित्व हो भन्ने जिम्मेवार बोध गरेकी छु।

मेरो उमेदवारी पहिलो महिला अध्यक्षको भूमिकाका लागि मात्र नभएर NRN प्रति हेर्न थालिएको फुश्रो द्रृष्टिकोण को परिवर्तनको लागि पनि हो र केही समय यता देखि हुदै गरेको राजनितिक भागबण्डाको चिरफार को निम्ति पनि हो । राजनैतीक आस्था राख्नु ,राजनिती गर्नु स्वभाबिक रुपमा सकरात्मक पक्ष भएता पनि गैर आवसिय नेपाली संघ जस्ता विशुद्द गैर राजनितीक संघ मा योगदानको आधारमा भन्दा राजनितीक भागबण्डाको आधारमा कार्यसमिती चयन हुनु एउटा दु:ख लाग्दो कुरा हो । तसर्थ: अव आउने कार्यसमिति योगदानको आधारमा र सम्पुर्ण स्थानिय समाजलाई समेटने हुनु पर्छ भन्नेमा म विस्वश्त छु।

“नेपालीका लागि नेपाली ” BY NEPALI FOR NEPALI” भन्ने NRN को प्रमुख नारालाई आत्मसाथ गर्दै – आकस्मिक अक्षयकोष खडा गरी इटालीमा रहेका बेसाहरा, दुःखी र बिरामी नेपालीहरुको हितमा काम गर्ने । जसका लागि इटाली भरी रहेका हेरक नेपालीहरुले “महिनाको एक युरो दान गरौं” भन्ने नाराका साथ सबैलाई प्रोत्साहित गरी कोषमा ठूलो मात्रामा रकम जम्मा गर्ने कार्यक्रमलाई अघि बढाउनेछु ।

– दोस्रो प्राथमिकता तत्कालको लागी कुनै भर पर्दो ONLUS संग सहकार्य गरेर हामीले यहाको इटालीयन सरकारलाइ बर्षेनि तिर्दै आएको करको हजार मा पांच र हजार मा आठ हामीले चाहेको ONLU1276673_10151826021279722_2106760376_oS लाई दिन पाउने सुविधालाइ जति सक्दो हाम्रो मातृभुमि र हाम्रो नेपाली समाजमा सदुपयोग गर्न पहल गर्ने छु ।

साथै हामीले आफनै Comunità Nepalese In Italia ONLUS खडा गर्ने दिर्घकालिन सोचलाई अगाडी बढाउने छु । – नेपाल र नेपालीको अस्तित्वलाई इटालीमा उच्च स्थानमा पुर्याउनका लागि बिभिन्न नेपाली संघ संस्थाहरुसँग समन्वय गरी स्थानियस्तरदेखि नै पहल गर्नेछु । – सबैको साझा र महत्वपूर्ण एजेण्डा “एक पटकको नेपाली सधैका लागि नेपाली” भन्ने नारालाई साकार तुल्याउन हरतरहले नेतृत्वलाई सहयोग पुर्याउनेछु ।

– बोर्डमा उठेका हरेक एजेन्डाहरुको उद्देश्य पहिचान गरी सहि र आवश्यक एजेन्डाहरुलाई कार्यान्वयन गर्नका लागि आवश्यक दवाव सिर्जना गर्नेछु । – अन्तमा म धेरै बोलेर थोरै काम गर्नु भन्दा थोरै बोलेर धेरै काम गर्न चाहन्छु । मलाइ आशा र विश्वास छ जसरी हामी महा भुकम्पका पिडितहरूको लागि एकजुट भएर लाग्या थियौ, त्यसरी नै आगामी दिनहरुमा पनि एक भएर अगाडी बढने छौ। इटाली बासी दाजुभाई तथा दिदीबहिनीहरु मलाई तपाईहरुको अमुल्य साथ र समर्थन दिनु भई २ वर्षको कार्यकाल सम्हाल्ने र काम गर्ने अबसर दिनु हुन हार्दिक अनुरोध गर्दछु । तपाइहरुको सल्लाह सुझावलाई आत्मसाथ गर्दे “टुटेर हैन जुटेर ” गरे असंम्बव केही छैन भन्ने अबधारणाका साथ अघि बढने छु ।

धन्यबाद ।

श्रीमती उर्मिला थोकर

मिलान इटाली

अध्यक्ष उमेदवार

यस लगायत इटलीमा एन आर एनमा अध्यक्ष तथा अन्य पदको लागि उम्मेद्बारी घोषणा गर्ने क्रम जारी छ। तर कतिपय कुख्यात मानब तस्करी तथा ब्यबसायिक दलाली बाट देशकै बद्नाम गरिसकेका ब्यक्तीहरुले पनि खुले आम उम्मेद्बारी घोषणा गरिसकेका छन। त्यस तर्फ सबै नेपालीहरु सचेत हुनु आबस्यक छ।

(अध्यक्ष पदका उमेद्वार )
जय देश जय मातृभूमि

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: