एनआरएन इटलीबाट भूकम्पपीडितलाई एक करोड ११ लाख प्रदान

इटाली । इटालीका गैरआवासीय नेपाली (एनआरएन)ले भूकम्पपीडितका लागि एक करोड ११ लाख प्रदान गरेका छन् ।
इटालीमा भएका स्थानीय नेपाली तथा संघ/संगठनहरुसँग सहकार्य गरी एनआरएन इटलीले संकलन गरेको सो रकम भूकम्पपीडितका लागि प्रदान गरिएको हो ।

संकलित रकम मध्यबाट १ लाख युरो (करिब १ करोड ११ लाख) एनआरएनए आइसीसी को खातामाजम्मा गरिएको एनआरएनए इटलीले जनाएको छ ।

नेपाली समाज भरेजे, मितेरी मञ्च मिलान, नेपाली समाज भेनिस, नेपाली समाज पिसा, नेपाली समाज रोम तथा अबैतनिक नेपाली कन्सुलर पाओलो नुगारी एवम् इटालियनहरुको सहयोग र सहकार्यमा आर्थिक सहयोग जुटेको जनाइएको छ ।

भूकम्पको पीडामा मल्हम लगाउने एनआरएनको अभियानप्रति इटालीका एनआरएनले गरेको सहयोग अर्को गौरवपूर्ण कार्य भएको भन्दै एनआरएन आईसीसी अध्यक्ष शेष घलेले बधाइ तथा आभार ब्यक्त गरेका छन् ।

एनआरएन इटालीबाट एक करोड ११ लाख ७९ हजार २ सय ८८ रुपैयाँ एनआरएन आईसीसीको खातामा जम्मा हुन आएको एनआरएनले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: