खाडीका नेपाली तनाबमा

from kantipur
परिवारसँग नहुँदा पिरलो
होम कार्की

शोकमा समाबेदना : कतारस्थित चाइना हर्बे कम्पनीले नेपालमा परेको महाभुकम्पबाट ज्यान गुमाएको नेपालीको सम्झनामा शोक ब्यक्त गर्दै । साथमा सहभागी नेपाली कामदारहरु । तस्वीर : होम कार्की/कान्तिपुर
दोहा(कतार), वैशाख १३ – नुवाकोट फिकुरीका सञ्जय लामाको दुईवटै घर भत्किएको छ । श्रीमती काठमाडौंमा बस्छिन् । परिवार भूकम्पको विपत्तीमा परेपछि शनिबार दिउँसोदेखि निकै तनाबमा छन् उनी ।

उनको परिवारसँग नियमत सम्र्पक हुन सकेको छैन् । ‘रातभर प्रयास गर्दा पनि सम्र्पक भएन्’, उनले भने,‘घरमा सबै जना आत्तिएका छन् ।’ भुकम्प फेरि दोहोरिएर आउँला भन्ने चिन्ताले उनी भयभित छन् ।

सन् २००६ देखि कतारमा कार्यरत लामाले भूकम्पले आफूलाई पुन खाडीमै बस्न बाध्य बनाएको बताए । ‘झन्डै ८ बर्ष बसिसकेपछि अब फर्कने सुरमा थिएँ’, उनले भने, ‘घर पनि भत्कियो । फेरि पैसा कमाउनुपर्यो । बसार्इँको अवधी झन लम्बिने भयो ।’

कतारमा भेटिने नेपाली सबै जना आत्तिएका छन् । परिवारको अबस्थाप्रति चिन्तित छन् । ‘नेपालमा के भइरहेको छ भनेर सोच्न सकिएको छैन् । रातभर परिवार बाहिर बसेको सुन्दा निकै दुख लागिरहेको छ’, लम्जुङका रमेश परियारले भने,‘बल्ल बल्ल बनाएको घर पनि भत्कियो । यस्तो बेला साथमा हुनुपर्ने हामी बाहिर छौं ।’

नुबाकोटका गंगा तामाङ मन थामिएर बस्न निकै गा¥हो भएको बताए । ‘धारामा पानी लिन जाँदा आमा बच्नु भएछ । बाँकी केही छैन’, उनले भने,‘बच्चा काठमाडौंमा छ । काठमाडौंको अबस्था देखेर हृदय झन दुखेको छ । मन सम्झाउनै गा¥हो भएको छ ।’

युएईमा १६ महिनादेखि कार्यरत मेलम्ची, सिन्धुपाल्चोकका श्याम कँडेलको घर मात्रै भत्किएन । त्यसमा परेर श्रीमती, एकदिनको छोरा, बहिनी र हजुरआमा समेत गुमाउनुपयो । ‘दैब लागेछ’, रुदै श्यामले भने,‘हिजो मात्रै अस्पतालमा छोरो जन्मिदा कम्ता खुसी भएको थिइनँ । बेलुका साथीभाईहरु सबैलाई पार्टी खुवाएँ । भूकम्प आउनुभन्दा १० मिनेट पहिला मात्रै श्रीमती घर पुगेकी थिइन् । बच्चा सहित सबैलाई पुरेछ । मेरो घर मात्रै भत्किएन । संसारै भत्कियो ।’

यस्तो आपत पर्दामा पनि उनले घर जान पाएका छैनन् । ‘मेरो आमाको भूकम्पमा परी निधन हुन पुग्यो’, मुलखर्क—१, ओखलढुंगा घर भई काठमाडौं बस्दै आएका शान्त तामाङले भने,‘कम्पनीलाई अनुरोध गर्दा टिकट पनि दिएको छैन् । यस्तो आपत् पर्दा पनि सहयोग हुदैन् ।’

खाडीमा काम गर्न आउने अधिकांश नेपाली दुई बर्षे करार अबधीमा आइपुगेका छन् । उनीहरुलाई कम्पनीले करार अबधी नसकेसम्म पठाउदैन् । ‘यस्तो बिपत् आइपर्दा कम्पनीहरुले सहयोग गर्नुपर्छ’, कतारका लागि नेपालका कार्यबाहक राजदुत मणीरत्न शर्माले कान्तिपुरलाई भने,‘परिवार अप्ठ्यारो अबस्थामा पर्दा घर फर्कन्छु भन्नेलाई स्वदेश पठाउनबाट रोक्नु हुँदैन् । त्यस्तो भएमा हामी घर जाने बाताबरण बनाउन सहयोग गर्नेछौं ।’

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: