एनआरएनको सातौँ विश्व सम्मलेन १४ अक्टुबरदेखी काठमाडौमा

एनआरएनको सातौँ विश्व सम्मलेन १४ अक्टुबरदेखी काठमाडौमा

काठमाडौ, २३ चैत । गैरआवसीय नेपाली संघको सातौँ विश्व सम्मेलन तथा महाधिवेशन आगामी अक्टुबर १४ देखी १६ सम्म काठमाडौमा हुने भएको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आइतबार बसेको बैठकले महाधिवेशन र गैरआवासीय नेपाली संघको सातौ विश्वसम्मेलन सुरू हुने निर्णय गरेको हो । विश्व सम्मेलनको आयोजनाको सम्पूर्ण जिम्मेवारी एनआरएनका अध्यक्ष शेष घलेलाई दिइएको छ ।

बैठकले निर्वाचन नीति तथा निर्वाचन व्यवस्थापनका लागी संघभन्दा बाहिरका विज्ञहरूको संलग्नतामा निर्वाचन समिति बनाउने निर्णय समेत गरेको छ ।
अध्यक्ष घलेले ४५ औ एनआरएनको बैठकमा हालसम्म गरिएका र गर्न बाँकी रहेका कार्यहरूको जानकारी गराएका थिए भने एनआरएनको भवन निर्माणका सम्बन्धमा जानकारी गराएका थिए । यस्तै, चन्दा सहयोग संकलन, वनसाँघु विद्यालय र शंखमुल पार्कको निर्माण प्रतिवेदन पनि बैठकमा प्रस्तुत गरिएको थियो ।बैठकमा वैदेशिक रोजगार हितका मुद्धाहरूका सम्बन्धमा भइरहेका कार्यहरूको प्रगति विवरण पनि सार्वजनिक गरिएको थियो ।

त्यस्तै इटलीमा पनि एन आर एन ए राष्ट्रिय समानवन परिषद को निर्वाचन तय हुन बाँकी हुँदै चुनावको चाहल पहल देखिन थालएको छ। एन आर एन ए आँफै एउटा सामाजिक सस्था हो जस्ले दलाली र ठगिको बिरोध गर्दै आएको छ। त्यस्तै एन आर एन ले राजनैतीक प्रिस्ठ्भुमिका ब्यक्ती लाई यस् सस्थामा कुनै पद्को लागि उम्मेद्बार हुन नपाउने र नमिल्ने बिधान बनाए तापनी इटली लगायत धेरै मुलुक्मा राजनैतीक र दलालिहरुकै हैकम चलिरहेको देखिन्छ। यस तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: