विश्वका २५ उत्कृष्ट पर्यटकीय गन्तव्य

विश्वका २५ उत्कृष्ट पर्यटकीय गन्तव्य (फोटोफिचर)

काठमाडौँ । ट्राभल अनलाइन टि्रप एडभाइजरले मंगलबार सार्वजनिक गरेको विश्वका २५ उत्कृष्ट गन्तव्यमा काठमाडौं १९ औं नम्बरमा परेको छ। विश्वभर भ्रमण गरेका पर्यटकहरुको समीक्षाका आधारमा टि्रप एडभाइजरले उत्कृष्ट गन्तव्यहरु सार्वजनिक गर्ने गर्दछ। विश्वका लाखौं पर्यटकले काठमाडौंलाई उत्कृष्ट गन्तव्यका रुपमा औंल्याउँदै भ्रमणका लागि सिफारिस समेत गरेका छन्। ऐतिहासिक, धार्मिक, सांस्कृतिक लगायत विभिन्न पक्षबाट अग्रस्थानमा रहेको काठमाडौंले पर्यटकको मन जित्न सफल भएको हो। पर्यटकले काठमाडौंलाई एतिहासिक स्थलहरु, पुराना मठ, मन्दिर, कला संस्कृतिले भरिपूर्ण चारैतिर अग्ला डाँडाले घेरिएको सुन्दर उपत्यकाका रुपमा चित्रण गरेका छन्।

टि्रप एडभाइजरले विश्वसम्पदा सूचीमा परेका ठाउँहरुको अवलोकन, स्थानीय बजारमा पैदल यात्रा तथा नजिकका डाँडाबाट सूर्याेदय र सूर्यास्त हेर्न पाउनु यहाँको विशेषताका रुपमा उल्लेख गरेको छ। काठमाडौंको स्वयम्भूनाथ, पशुपति, बौद्धनाथ, पाटन दरबार, भक्तपुर दरबार, वसन्तपुर लगायतका वर्ल्ड हेरिटेज साइटमा पदयात्रा निकै रोमाञ्चक हुने बताइएको छ। यहाँको हस्तकला तथा मुर्तिकलाको बारेमा वयान गर्दै विश्वमै सबैभन्दा उत्कृष्ट मानिने दाबी गरिएको छ। काठमाडौंको मौसम समेत पर्यटकमैत्री छ। न चिसो, न तातो यहाँको जस्तो मौसम विश्वका विरलै शहरमा पाइएला भनी टिप्पणी पनि गरिएको छ। काठमाडौं आसपासको क्षेत्रमा ट्रेकिङ, साइट सिन, क्यानोनिङ, रक क्लाइम्बिङ, माउन्टेन फ्लाइट, प्याराग्लाइडिङ लगायतका गतिविधिमा रमाउन पाइने टि्रप एडभाइजरले आफ्नो साइटमा उल्लेख गरेको छ।

पर्यटकको पहिलो रोजाइमा मोराक्कोको मराकेच शहर पर्न सफल भएको छ। त्यस्तै २५औं उत्कृष्ट गन्तव्यमा अष्ट्रेलियाको राजधानी सिड्नी परेको छ। एशियाका उत्कृष्ट गन्तव्यका रुपमा चिनिएका थाइल्यान्ड १८ नम्बरमा र हङकङ २३ नम्बरमा परेको छ।

१) मराकेच, मोरक्को

TRAVEL Marrakech 2
२) सिम रिप, कम्बोडिया

siem-reap combodia
३) इस्तानबुल, टर्की

istanbul turkey
४) हानोइ, भियतनाम

hanoi vietnam
५) पाराग्वे, चेक रिपब्लिक

prague czech republic
६) लन्डन, युनाइटेड किङडम 

london uk
७) रोम, इटाली 

rome italy
८) ब्युनोस एरिज, अर्जेन्टिना

buenos-aires argentina
९) पेरिस, फ्रान्स

france
१०) केप टाउन सेन्ट्रल, साउथ अफ्रिका

cape-town south africa
११) न्यूयोर्क सिटी, अमेरिका

new-york-city usa
१२) जरमाट, स्वीट्जरल्यान्ड

zermatt switzerland
१३) बार्सिलोना, स्पेन

barcelona spain

१४) गोरेमे, टर्कीgoreme turkey

१५) युबुद, इन्डोनेसिया 

ubud indoneia
१६) कोस्को, पेरु 

cuso peru
१७) सेन्ट पिटर्सवर्ग, रसिया 

st-petersburg russia
१८) बैंकक, थाइल्यान्ड 

bangkok thailand
१९) काठमाडौं, नेपाल 

kathmandu nepal
२०) एथेन्स, ग्रिस 

athens greece
२१) बुडापेष्ट, हङ्गेरी 

budapest hungary
२२) क्वीन्स टाउन, न्यूजिल्यान्ड 

queenstown new zealand
२३) हङकङ, चीन 

hong-kong china
२४) दुबई, यूनाइटेड अरब इमिरेट्स 

dubai uae
२५) सिड्नी, अष्ट्रेलिया 
 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: