गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिए (भिडियोसहित)

काठमाडौं, श्रावण २२ । ‘चरी’ उपनामले चिनिने गुण्डा नाइके दिनेश अधिकारी प्रहरी कारबाहीमा मारिएका छन् । हत्या, गुण्डागर्दी, अपहरण र असुली जस्ता अनगिन्ती अभियोग लागेका ‘चरी’लाई प्रहरीले लामो समयदेखि खोजी गर्दै आएकोमा हिजो अपरान्ह पाँच बजे काठमाडौंको भीमढुंगामा प्रहरीबाट मारिएका हुन् ।

मोटर साइकलमाधादिङतर्पm जाँदै गरेका चरीको पिछा गर्दै प्रहरी गएको र भीमढुंगा ६ स्थित काठमाडौं र धादिङको सीमानामा पुग्दा चरीले प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारबाही गर्दा मारिएको दाबी प्रहरीले गरेको छ ।

सीतापाइला क्षेत्रमा ‘चरी’ र उनको समूह हतियारसहित रहेको भन्ने सूचनाको आधारमा पाँच दिनदेखि प्रहरीले खोजी गरिरहेको र पिछा गर्दै जाँदा मुठभेड भएको पनि प्रहरीले दाबी गरेको छ । ‘चरी’को शरीरमा छ सात वटा गोली लागेको छ ।

अपरान्ह घटना भएपछि काठमाडौं प्रहरी र अपराध अनुसन्धान महाशाखाको उच्च प्रहरी नेतृत्व घटनास्थल पुगेर मुचुल्का तयार पारेको थियो । चरीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

चरीको साथबाट प्रहरीले एउटा पेस्तोल र गोलीको खोका बरामद गरेको छ । यता, त्रिवि शिक्षण अस्पतालमा भने चरीका समर्थक र आफन्तहरुले प्रहरीले पक्रेर हत्या गरेको दाबी गर्दै नाराबाजी गरेका थिए ।

अस्पताल बाहिर घेरा हाली नाराबाजी गरिरहेका समर्थकहरुलाई हटाउन प्रहरीले लाठीचार्ज समेत गरेको थियो । प्रहरीको लाठीचार्जपछि अन्धाधुन्ध तोडफोडमा उत्रिएको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।  चरी धादिङ क्षेत्र नम्बर १ का नेकपा एमालेका उपाध्यक्ष समेत हुन् ।

– See more at: http://imagekhabar.com/samachar/detail/40321/53/.shtml#sthash.5hbUnEAq.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: