गैह्र आबसिय नेपालि संघ इटालीको पाचौ बार्षिक साधारण सभा सफलताका साथ सम्पन्न

बनौ आत्म निर्भर , नपरौ दलालको भर भन्ने मुल नारा का साथ एन आर एन इटालिको ५ औ साधारण सभा सम्पन्न भएको छ । इटालिको एतिहासिक सुन्दर शहर पिसामा भएको उक्त कार्यक्रममा इटलीको बिभिन्न शहरहरुमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो। एन आर एन इटालीका अध्यक्ष सञ्जय देव श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख

65977_757780620927844_1203194662366466612_nअतिथीको रुपमा एन आर एन युरोपका सङ्योजक श्री अर्जुन कुमार श्रेष्ठ, बिशेष अतिथीको रुपमा अवैतनिय वाणिज्य दुत पाउलो नुगारी एन आर एन स्थापना गर्न योग्दान पुर्‍याउनु हुने श्री भिम बहादुर बम, आई सि सि इटलीका श्री दिनेश बाला श्रेष्ठ, रोम समाजका अध्यक्ष श्री देव राज गुरुङ, मितेरी मन्च मिलनका अध्यक्ष श्री मुकुन्द पौडेल तथा नेपालमा दुर्गाम क्षेत्रका विद्यार्थीहरुलाई सहयोग गर्दै आउनु भएको इटलीको सामाजिक सस्थाका सस्थपक प्रतिनिधिहरु श्री रोक्को रेनाटा दम्पती द्वय अतिथी रहनुभएका थिए। त्यस्तै कार्यक्रम सन्चालन एन आर एन इटालीका महासचिब श्री राजन चापागाईले गर्नु भएको थियो!कार्यक्रमको उद्घाटन प्रमुख अतिथि श्रेष्ठ र बिशेष अतिथि नुगरिले संयुक्त रुपमा गर्नु भएको थियो ! कार्यक्रमको स्वागत मन्तब्य दिदै एन आर एन इटलीका उपाध्यक्ष श्री हरी भक्त कराखेतीले इटलीमा ब्याप्त समस्या1924329_930390183653237_4913436123316408233_nहरुको छोटो जानकारी दिनुका साथै बिगत केही बर्ष यता देखी नेपालमा सामाजिक सेवा कार्य गर्दै आउनु भएका इटालियन दम्पती द्वय रेनाटालाई धन्यवाद दिनु भयो। बिशेष अतिथी पाउलो नुगारीले एन आर एन इटलीको स्थापनाकाल देखी नै सर्हानिय काम गर्दै आएको र आफु हर सम्भब सनन्वय जारी राख्ने प्रतिबद्दता गर्नु भयो।त्यस्तै एनआरएन इटालीका पूर्व महासचिब शेर बहादुर रानाले यस सस्थाले हालसम्म धेरै मानबिय कार्यहरु गरेको र सम्पूर्ण पूर्व तथा निबर्तमान सदस्यहरुले आफ्नो आफ्नो स्थान बात योगदान दिइ सस्थालाइ अझै अगाडी बढाउदै लैजानु पर्नेमा जोड दिनु भयो!कार्यक्रममा उपस्थित सम्पूर्ण बक्ताहरुका धन्यबादका पात्र बनेका अबैधानिक2473982_origबाणिज्यदुत पाउलो नुगरिले नेपालीहरुलाई अझै सहयोग गर्ने बताउदै नेपालीहरुले आफूप्रति देखाएको माया र सम्मानको सरहाना गर्दै सस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो त्यस्तै श्री भिम बहादुर बमले आफुले स्थापना गरेको यस् सस्थाले आज पाचौ वार्षिक साधारण सभा आयोजना गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै कार्यसमितीको सफल कार्यकालको कामना गर्नु भयो। त्यस्तै इटालियन अतिथी रोक्को रेनाताले उक्त सभामा उपस्थित हुन पाउदा र उपस्थित नेपालीहरुको माहोल हेर्दा नेपाल मै पुगेको जस्तो महसुस भएको जनाउनु भयो। उहाले बोल्ने क्रममा इटालियनहरुले नेपालीहरु इटली आएको देखेर खुशी हुनुपर्ने बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथी श्री अर्जुन कुमार श्रेष्ठ ज्युले एन आर एन ए ले यस कार्यकालमा गरेका गतिबिधिहरु र भाबी योजनाहरुको छोटकरीमा जानकारी दिनुभयो। साथै उहाले हाल कार्वान्वयनमा रहेका ठुला दुई योजनाहरुको पनि जानकारी दिनुभयो। सन्खमुल पार्क र एन आर एन भबनको निर्माणाधिन चरणमा पुगिसकेको र ऐक्षिक महानुभाबहरुलाई सहयोगको आह्वान पनि गर्नु भयो भने सस्थाका कोषाध्यक्ष राम कुमार धिसिंगले हाल सम्मको आम्दानि र खर्च विवरण पेश गर्नु भएको थियो!  कार्यक्रममा एन आर एन इटालिका अध्यक्ष श्री सञ्जय श्रेष्ठ ले बिगत स्थापना काल देखी हाल सम्म गरेका गतिबिधीहरुको साथै भावी दिनमा गर्ने योजनाको बारेमा जानकारी गराउनु भयो। पछील्लो समयमा दलालको भरमा परी नेपालीहरु ठगीएको र यसको न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयलाई एन आर एन इटालीले गम्भिरताकासाथ लिएको अध्यक्ष सञ्जय देव श्रेष्ठले बताउनु भएको छ ।

इटाली र नेपालको सम्बन्धलाई कसरी अझ नजिक बनाउन सकिन्छ भन्ने बिषयमा पनि एन आर एन इटालीले पहल गरिरहेको जानकारी दिइएको थियो । यसको लागि एप्लाइड स्कोलास्टिकका अध्यक्ष रोक्को लानाता इटालियन दम्पती सँगको सहकार्यमा नेपालमा शिक्षाको क्षेत्रमा गर्ने काम अगाडि बढीरहेको जानकारी दिनुभएको छ । साथै यही सेक्टेम्बर १३ र १४ मा कमुने दि कान्तु , इटाली मा हुने कार्यक्रममा एन आर एन इटालिको तर्फ बाट पनि नेपाली हस्त कलाका सामानहरु प्रर्दशन गरिने र नेपाली लोक न्रित्य देखाउने र यस्ता गतिबिधी बाट आउने आर्थिक सङ्कलनलाई एन आर एन इटालिको राहत कोशमा जम्मा गर्ने जानकारी दिनु भयो । कुनै पनि समयमा आइपर्ने आपत कालिन अवस्थालाई ध्यानमा राखेर एन आर एन इटालिले हालै ११ सदस्यीय राहत कोष खडा गरेको छ । 
साथै इटालीमा रहदा आइपरेका कागजी समस्यालाई सुल्झाउन सहयोग गरेका कारण अवैतनिय वाणिज्य दुत पाउलो नुगारिको सबैले मुक्तकण्ठले प्रसङ्सा गरेका थिय । कार्यक्रममा मितेरी मन्च मिलानो, भारेजे समाज, रोमा समाज, भेनिस समाज र पिसा समाजका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।   4350219_orig9938600_orig10384919_10152604676351103_8413964215638353161_n10445505_10152604680041103_554733095734892902_n10487225_10152604670981103_2940445786428074884_n10487571_930390256986563_1443272701808734588_n10556317_10152604656541103_72040871672546827_n10563080_730258793707353_3040807308592560757_nकार्यक्रमलाइ सम्पन्न गर्न बिभिन्न तबरले सहयोग गर्ने नेपालि समाज पिसा र अन्य महानुभाबहरुलाइ धन्यबाद दिदै अध्यक्ष श्रेष्ठले हालसम्म एनआरएनले निकै उत्साहजनक कामहरु गरेको र अब आउने दिनहरुमा पनि यस सस्थालाई राजनीति बाट अलग राख्दै बिभिन्न क्षेत्रमा योगदान बदाउदै लानुपर्छ भन्दै कार्यक्रमको समापन गर्नु भयो

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: