एन आर एन ए इटालीको पाँचौ साधारण सभा भब्य रुपमा सम्पन्न हुँदै ।

From swissnepal.com
AGM Italyचन्द्र मणी पाठक मिलानो,इटाली 
इटालीको पिसा शहरमा यही २० जुलाई २०१४ को दिन गैर-आवासीय नेपाली संघ इटालीको पाँचौ साधारण सभा “बनौ आत्म निर्भर नपरौ दलालको भर” भन्ने मुल नाराको साथ् भब्य रुपमा सम्पन्न हुँदै छ । हरेक बर्ष जस्तै, एन अर एन ए इटालीको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा इटालीका अन्य शहरहरुबाट पनि नेपालीहरुको बाक्ललो सहभागिता रहने कुरा एन आर एन ए इटालीका अध्यक्ष श्री सन्जय देव श्रेष्ठले बताउनु भएको छ ।
Bild

एन आर एन ए इटलीको अन्तर्गत रहेर नेपालीहरुलाई सहयोग गर्दै आइरहेका स्थानीय संस्थाहरु जस्तै नेपाल मितेरी मंच मिलानो, नेपाली समाज रोम,नेपाली यसोसिएसन भेनिस, नेपाली समाज भारजे, नेपाली समाज पिसा र वाइ एम एम इटाली जस्ता संस्थाको समेत सहभागिता रहने उक्त कार्यक्रममा इटालीका अबैधानिक बानिजेदुत पाओलो नुगारीको पनि बिशेष उपस्थिती रहने कुरा एन आर एन ए इटालीका महा-सचिब श्री राजन चापागाईले जानकारी दिनु भएको छ ।नेपाली कला र पहिचन झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रमहरुले भरिपूर्ण उक्त सभा मनोरंजनमय हुनुका साथै एन आर एन ए इटालीमा  हाल सम्म भएका गतिबिधि र आगामी दिनहरुमा हुने कार्यक्रमहरुको बारेमा समेत जानकारी गराइने हुनाले कार्यक्रम महत्वपूर्ण हुने कुरा आयोजक समितीले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: