इटालीमा चलचित्र कबड्डी प्रदर्शन हुने

 

इटालीमा चलचित्र कबड्डी प्रदर्शन हुने ।

यस वर्षको सफल चलचित्र कबड्डि अब इटालीमा समेत प्रदर्शन हुने भएको छ । चलचित्र कबड्डिलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस)  Internationa Nepalese Artist Society (INAS) ईटालीले यही ८ जुन, २०१४ को दिन रोम (Torpignttara Hall, Roma) मा प्रदर्शन गर्न लागेको हो ।

नेपाल कला र संस्कृतिको बिकास र कलाकारहरुको हितको लागि कृयाशील रहेको अनेकस इटलीले नेपाली चलचित्रको प्रवर्द्धनमा समेत विशेष सकृयाता देखाउदै आएको छ । बिगतमा इटालीमा बधशाला, फेसबुक लगायतका नेपाली चलचित्रहरुको सफल प्रदर्शन गरिसकेको यस संस्थाले आफ्नो चौथो प्रस्तुति स्वरुप चलचित्र कबड्डि प्रदर्शन गर्न लागेको हो ।

‘नेपाली चलचित्रको प्रवर्द्धन र यसको बिकास गरौ, नेपाली चलचित्र लाई माया गरौ’ भन्ने मूल उद्देश्यले चलचित्र कबड्डि प्रदर्शन गर्न लागिएको र यसपछि पनि समय अनुकुल अन्य चलचित्रहरु प्रदर्शन गर्दै जाने अनेकस इटालीको योजना रहेको उक्त संस्थाका अध्यक्ष सुनिल गुरुङ र सचिव डम्बर गुरुङ ‘किसन’ ले जानकारी गराउनुभएको छ । उहाँहरुले नेपाली चलचित्रलाई हेरिदिन र नेपाली चलचित्रको उत्थानमा सहयोग गरिदिनुहुन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रम हुने मिति: ८ जुन २०१४
स्थान: Torpignttara Hall, Roma
समय: दिनको २:३० बजे
टिकट दर: १० युरो । साथमा कोकाकोला र म:म का साथै साँझमा डान्स पार्टी ।)

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: