नेपालकी दृष्टि दाहालले लिटिल मिस युनिभर्स

नेपालकी दृष्टि दाहालले लिटिल मिस युनिभर्सजेठ १
नेपालकी दृष्टि दाहालले लिटिल मिस युनिभर्सको उपाधी जितेकी छिन् ।
टर्कीको मिलासमा भएको प्रतियोगितामा १२ वर्षीया दृष्टिले २२ मुलुकका ४३ प्रतिष्पर्धीलाई उछिन्दै शीर्ष उपाधि चुमेकी हुन् ।
मोरङ उर्लाबारी घर भई डिल्लीबजारमा रहेको एनआइसी एकेडेमीमा कक्षा आठमा अध्ययनरत दृष्टिले शीर्ष उपाधि सँगै ‘मिस ट्यालेन्ट’ को विधागत उपाधि पनि हात पारेकी छन् ।
दृष्टि गएको फागुनमा इप्लानेटले काठमाडौंमा आयोजना गरेको ‘लिटिल मिस नेपाल’ को विजेता हुन् । दृष्टिले उपाधि सँगै प्रशंशा पत्र तथा विभिन्न उपहार र पुरस्कार हात पारिन् ।
प्रतियोगितामा उनले डिजाइनर विन्जना गुरुङले तयार पारेको पहिरनमा नेपालको संस्कृति झल्कने आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन् । दृष्टि आमा यशोधाका साथ टर्की गएकी थिईन् ।
प्रतियोगितामा सहभागिता हुन जानु अघि उनलाई कलाकार शिरोमणी दवाडी, सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्य, डाली खनाल, सुरेश के.सी तथा सौन्दर्यविद् ओकाशा मुल्मीलगायतले विविध विषयमा प्रशिक्षण दिएका थिए ।
इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार २१ वर्षदेखि टर्कीमा आयोजना हुंदै आएको बालबालिका सम्बन्धी अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: