एकैपल्ट पाँच हजार नेपालीलाई ग्रीनकार्ड !

greencard-in-america-nepalese-DV-lottoryकाठमाडौं । यसवर्ष एकैपटक ४ हजार ९ सय ९१ जनाले ग्रिनकार्ड पाउने भएका छन् । अमेरिकाले खोलेको डिभीचिठ्ठामार्फत यसवर्ष ४ हजार ९ सय ९१ जना अमेरिका जान पाउने भएका हुन् ।

उनीहरु कुनै कारणले अयोग्य नठहरिए अमेरिका छिरेको एकदुईमहिनाभित्रै ग्रिनकार्ड पाउने गर्छन् । यसरी अमेरिका पुगेको पाँच वर्षमा उनीहरु अमेरिकाको नागरिक बन्न पाउँछन् ।

सन् २०१५ को लागि भरिएको डिभी चिठ्ठाको नतिजा अनुसार झण्डै ५ हजार नेपालीलाई डिभी चिठ्ठा परेपनि उनीहरुका दम्पत्ति र छोराछोरीसहित अमेरिका जान पाउनेहरुको संख्या यो भन्दा धेरै हुने गर्छ ।

गत हप्ता खुलेको डिभी चिठ्ठाको नतिजा अनुसार डिभी पर्नेहरुले आर्थिक वर्ष २०१५ भित्रै भिसा लिइसक्नुपर्ने हुन्छ । अमेरिकामा चालु आर्थिक वर्ष सन् २०१४ को अक्टोबर १ मा सुरु भई सन् २०१५ को सेप्टेम्बरमा अन्त्य हुन्छ ।

६ महिनापछि दोस्रो सूची

सन् २०१५ को लागि विश्वभरीबाट १ करोड ४३ लाख ९७ हजार ७ सय ८१ जनाका आवेदनहरु परेका मध्ये ९३ लाख ८८ हजार ९ सय ८६ जनाका आवेदनहरुमात्र चिठ्ठा कार्यक्रममा समावेश हुन योग्य रहेका थिए ।

तिनै आवेदनबाट ¥याण्डम छनौटमा परेकाहरुको दोस्रो सूची ६ महिनापछि प्रकाशित गरिनेछ । सन् २०१३ को अक्टोबर १ देखि नोभेम्बर २ सम्म चिठ्ठा भरेकाहरुलाई मात्र चिठ्ठा कार्यक्रममा सहभागी गराइएको हो ।

छिटो गर्न अमेरिकी आग्रह

छनौटमा परेकाहरुलाई यथाशीघ्र भिसाका लागि आवेदन प्रक्रिया अगाडि बढाउन अमेरिकाले आब्हान गरेको छ । सन् २०१६ को डिभी चिठ्ठाको कार्यक्रमका लागि फारम भर्ने मिति छिट्टै सार्वजनिक गरिने जनाइएको छ ।

गतवर्ष ठूलो संख्यामा नेपालीहरुलाई डिभी चिठ्ठा परेपनि यो वर्ष डिभी चिठ्ठा पर्नेहरुको संख्या घटेको छ । गतवर्ष ६ हजार ८२ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो भने यसवर्ष ४ हजार ९ सय ९१ जनालाई परेको छ ।

अफ्रिकी मुलुक अगाडि, एसियामा

अफ्रिकी मुलुकहरु क्यामरुन र लाइबेरियाका धेरै नागरिकलाई यसवर्ष डिभी परेको छ । क्यामरुनका ५ हजार र लाइबेरियाका ५ हजारले चिठ्ठा पारेका छन् । त्यस्तै इथोपियाका ४ हजार ९ सय ८८ जना र इजिप्टका पनि ४ हजार ९ सय ८८ जनालाई चिठ्ठा परेको छ ।

एसियामा सबैभन्दा धेरै डिभी इरानका ४९ सय ९२ जनाले र दोस्रोमा ४९ सय ९१ जना नेपालीलाई डिभी परेको छ ।

युरोपमा यो वर्ष युक्रेनका ४६ सय ७९, उज्वेकिस्तानका ४३ सय ६८ र रुसका ४१ सय ३ जनाले डिभी चिठ्ठा पारेका छन् । अमेरिकामा बंगालादेशीहरु धेरै आइसकेकाले गत साता खुलेको डिभी चिठ्ठामा बंगालादेशीलाई सहभागी गराइएको थिएन ।

ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, हाइटी, भारत, जमाइका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरु, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत र भियतनामका नागरिकले पनि डिभीमा भाग लिन पाएका थिएनन् ।

अहिलेसम्म कतिले पाए डिभी चिठ्ठा ?

गत वर्ष सन् २०१४ का लागि प्रकाशित नतिजा अनुसार ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो ।

सन् २०१३ मा ४३७, सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत ३२ सय ५८ जना नेपालीहरुलाई डिभी परेको थियो भने सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना, सन् २०१० मा, २१ सय ३२ जना, सन् २००९ मा १८९१ जनालाई चिठ्ठा परेको थियो ।

त्यस्तै सन् २००८ मा २५ सय ६२ जना, सन् २००७ मा १५ सय २९ जना, सन् २००६ मा १९ सय ३४ जना, सन् २००५ मा १५ सय ४५ जना, २००३ मा २३ सय २० जना, सन् २००२ मा ७२९ जनालाई र सन् २००१ लागि भरिएको डिभी चिठ्ठामा जम्मा २४ जना नेपालीलाई चिठ्ठा परेको थियो ।

 Source: Nepal Sandesh

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: