वागमती यात्रा

मेरो वागमती यात्रा
काठमाडौंमा कलेजको विद्यार्थी भएर आउ“दा देखेका यहा“का केही बिम्बले मेरो मन कहिल्यै छोडेनन्। म यहा“का काष्ठकला, पेगोडा शैलीका मन्दिर, धातुका ढलोट र पत्थरका मूर्ति अनि बहाः र चोकहरू देखेर चकित भएको थिए“। जाडोमा हुस्सुले बेरेका सडकमा दोलाइ“ ओडेर, कसैले ससाना मकलमा आगोसमेत बोकेर हिँडेको देखेँ।
 
मलाई अति आनन्द लागेको नयानाभिराम विम्ब वागमती नदीको हो। विष्णुमती पनि म यही वागमती विम्बमा राख्न चाहन्छु। सहरहरूको बीचबाट गएको त्यो अत्यन्त सङ्लो प्रवाह मैले आजसम्म कहीँ नदेखेका नागरनदीको चित्र थियो। मैले देखेका खोलाहरू कञ्चन पानी भएका, उत्ताल अनि जंगली भन्न लायकका थिए। कुनै तमोर नदीजस्ता विशाल। जंगलभित्रबाट निस्किने अनि माथि अग्लो पहाडबाट सेता धारमा वेगवान हुने नदीहरू देखेर लाग्थ्यो, अहिले पनि लाग्छ, तिनै प्रवाहले मेरो शरीर र रक्तधार बनिएका हुन्। 
वागमती नदी देखेर म आश्चर्यमा परेँ। एउटा यस्तो नदी जुन सहरका प्राचीन संरचनाहरूभित्रबाट निस्केको जस्तो लाग्छ, जसको उत्पत्ति ऊमाथिको हरियो घना जंगल भएको शिवपुरी पहाडमा छ, जुन पशुपतिनाथ र अरू मन्दिर परिसरमा आएर मानिसका मिथक अनि तिनका जीवनका अनेकौं विश्वास र जीवन मरणका ‘न्यारेटिभ’हरू पनि का“धमा बोक्तै स्थितप्रज्ञ जस्तो अगाडि बढ्छ। त्यसलाई यस्तो नदीको रूपमा देखेँ, जसले मानिसका जीवन र जगत अनि मरण र शून्यका दर्शनहरूलाई एउटा धारमा परिणत गर्छ। त्यो यस्तो नदी थियो, जुन एउटा कुनै पुरानो बेरिएको हस्तलिखित ग्रन्थ हो; जो विस्तारै खुल्दै जान्छ, अनि त्यहा“ यी नगरीका मानिस आफ्ना वर्तमान र भविताका कथा पढ्छन्। त्यस नदीले यति धेरै मन्दिर, घर र गुम्बा अनि मानिसका विश्वास बोकेर एउटा सा“घुरो चोभार, मानांै मानिसले काटेजस्तो गल्छि“डोबाट बाहिर निस्केको पनि देखेँ। 
वागमती नदी मलाई एउटा पाठजस्तो लाग्न थाल्छ। यो नदी पृथ्वीको भौगोलिक समयरचना अनि कालचक्रलाई मानिसका कालिक चेतना र मिथकस“ग जोड्ने रहेछ। यसको महात्म्य हिमवत् खण्डमा पढेँ। यहा“का पुराना पाठहरूमा पढेँ। यो नदी भाषा थियो। यो संस्कृत र नेवार भाषाको एउटा तरल पाठ थियो, जुन यसका किनारामा धेरै मानिसका पाठमा यसै गुञ्जिइबस्छ। अहिले पनि तिनै भाषाहरूभित्र यो नदीको कञ्चन कहानी सुरक्षित छ। यो पुराना हस्तलिखित ग्रन्थमा सुरक्षित छ। कहीँ नारीहरूका स्वरमा यसै आकाशमा उठिबस्छ। रोदन र क्रन्दनमा अनि खुसी र ध्यानमा, प्रेम र जीवनका अनेकौं अवस्थामा नित्य रूपान्तरित भइरहन्छ अनि फेरि बगिरहन्छ। यसका नामबाट अनेकौं लीला भएका छन्। काशीमा गंगानदी र यसका घाट देख्ता मलाई यस्तै पाठ देखेजस्तो लाग्यो पछि। तर गंगा नदीको आयाम र विस्तार फराकिलो छ अनि यसका कथा धेरै जटिल र बहुल छन्। लण्डनको टेम्स नदी, प्यारिसको सेन नदी र अरू आफू गएका विश्वका अनेकौं सहरका नदीहरूका अलग–अलग चरित्र देखेँ। ती नदीमा वागमती र गंगा नदीमा जस्तो मानिसमाथि मानिसले उत्सर्ग गर्ने चाहना राखेको देखिनँ। वागमती नदी सानो र सुन्दर उपत्यकाको जल प्रवाह भएकोले यसको मानिसस“गको सम्वन्ध आसन्न, न्यानो अनि जीवन–मरणले जोडिएको रहेछ। विस्तारै मैले वागमती नदीलाई यही आयामबाट बु‰न थालेँ। 
पछि थाहा हु“दै गयो, यहा“ मानिसहरूको यो नदीस“गको सम्वन्ध यति नजिकको भएको हुनाले समस्या पनि त्यहीँबाट जन्मेका रहेछन्। यहा“ मानिस नदीलाई बाहिरमात्र नदेखेर भित्र पनि देख्ने रहेछन्। त्यसको दृष्टिगोचर रूपमा शाश्वत किसिमले मिथक जोड्ने मन हुने रहेछ। मानिसको यति धेरै नजिकको सम्बन्ध भएको कारणले यो नदी विस्तारै अदृश्य हु“दै जाने रहेछ। जीवन र मरण वागमतीस“ग अति नजिकले जोडिने रहेछन्। वागमती विस्तारै यहा“का मानिसको अवचेतन मन र मिथकको प्रवाह हुने रहेछ। नदी फोहोर भइसक्यो, नदीको पानी कालो ढलजस्तो बग्न थाल्यो। सहर बढ्दै गयो मानिसले आफ्नो कल्पनाको त्यो अथाह गंगा, त्यो महान सहरको तल बग्ने महासागर नदीतिर आफ्ना उत्सर्गहरूका ढल पठाइरहे। उनलाई नदी पनि कहा“ कमजोर हुन्छ र भन्ने लागिरह्यो। जे पठाए पनि नदीमा प्रवाहित हुन्छ भन्ने ठाने मानिसले। जति पठाए पनि त्यो महान मिथकीय नदीले सबै बगाएर लान्छ महासागरतिर अनि हामी सधैं सुरक्षित छौं भन्ने भावनाले उनीहरूको मन भरिइरह्यो। यो विश्वास एउटा भ्रम थियो। मानिसले वागमतीलाई एउटा सामाजिक र भौगोलिक, भौतिक र आर्थिक अनि ऐतिहासिक ढंगले हेर्न चाहेनन्। देखियो। वागमती नदी, त्यसैले एउटा अन्तर्मुखी संवेदना रहेछ हाम्रो। समस्याको जरो त्यहीँ रहेछ। हुतराम वैद्यको झन्डै एक शताब्दीको जीवन यात्रा भर्खरै सकिएको छ। डा. अजय दीक्षितले उनको विषयमा लेखेको लेख (नेपाल, पुस २८) हेर्नेले उनको जीवन र कामको सही मर्म बु‰न सक्छन्। 
हामीले वागमतीलाई हाम्रो जीवनको आरम्भ र अवसानको रूपमा हेरेका रहेछौं। एउटा बलियो उदाहरण छ। यस्तो घटना जो अत्यन्त वाचाल छ। म आफैं पनि त्यसमा सामेल भएको थिए“। २०५३ सालको एक बिहान वागमती पुलमुनि कालमोचनमा हामी भेला भयौं। त्यसको केही समयअघि पाटनढोका बग्गीखानमा भेला भएर हामीले एउटा इच्छापत्रमा सही गरेका थियौं। हुतराम वैद्यका यथार्थिक तर्क त्यहा“ प्रस्तुत भए। तर हामीले वागमतीको सफाई विषयलाई लिएर आन्दोलन गर्ने अनौठो विधि निकाल्यौं। हामी ६६ जनाले एउटा कागतमा सही गर्यौं र भन्यौ जहिलेसम्म यो वागमतीको पानी सफा ह“ुदैन हाम्रो दाहसंस्कार यसको किनारामा नगिरयोस्। पेसाले अलग मानिस हाम्रो ऐक्य जीवनको अवसानमा देखियो। यो एउटा यस्तो ऐक्य थियो, जसको चरित्र मलाई बिस्तारै सर्रियालिस्ट, अनुवाद गर्दा अतियथार्थिक जस्तो लाग्न थाल्यो। तर मलाई अर्थ खुल्दै गए। मैले माथि भनेको कुरानै यथार्थ रहेछ। 
वागमतीको समस्या हाम्रो अन्तर्मुखी चेतना रहेछ। हामी वागमतीलाई मिथक र पुराणमा देख्छौं। त्यसैले हामी वागमतीको फोहोर पनि देख्तैनौ। हाम्रो निम्ति त्यो अगोचर र चराचर यथार्थ हो। वागमती फोहोर हुन सक्तैन। वागमतीका समस्या हुन सक्तैनन्, हामीले सोचेछौं। अहिले वागमती हरेक हप्ता सफा गर्ने चलन आरम्भ भएको छ। त्यो राम्रो खबर हो। तर वागमती किन फोहोर हुन्छ र हामी वागमतीमा कस्तो फोहोर पठाउ“छौं यसको पहिला निदान हुनुपर्छ। नभए वागमती हाम्रो झस्किने, कहिलेकाहीँ सफा गर्न उठिबस्ने चेतना मात्र हुनेछ। कालमोचनको त्यो कार्यक्रममा नदीको पानी उठाएर साथीहरूले नदीमै खसाए। मैले घामलाई धमिलो पानीमा देखेँ। हाम्रा जीवन र मरणका वागमतीस“ग जोडिएका प्रदेाषकालिन चेतना देखेँ। अनि तलको लेखेँ र मेरो यो संयुक्त हस्ताक्षरलाई अर्थहीन देखेको तर्क दिए“। मैले यस्तो आसयको तर्क लेखें।
सडक अति नै फोहोर भए, अबदेखि हामी यहाँ हिँड्नेछैनौं भनेर हामीले साझा कागतमा सही गरेनौं। यहाँका कलात्मक ‰याल र ढोकाले घेरिएका बहालमा मन्दिरमा बस्ने देवता र देवीका चोकहरू फोहोर भए, अब यिनलाई हामी कहिल्यै हेर्न आउनेछैनौं भनेर सही गरेनौं। यहाँका मन्त्रालयमा बेथिति चल्यो, इमान्दारी डग्यो, अब हामी यी मन्त्रालयमा कहिल्यै आउनेछैनांै भनेर हामीले सही गरेनौं। प्रजातन्त्र चलाउने जिम्मा दिएका मानिसले इमानदारी गरेनन्, अब हामी यिनका छेउमा कहिल्यै आउनेछैनौं भनेर सही गरेनौं। यहाँका गाडीले विषाक्त धुवाँ उडाए, अब हामी यस सहरमा बस्नेछैनांै अनि यहाँको धुवाँ उडाउँने गाडीहरूमा कहिल्यै चढ्ने छैनौं भनेर सही गरेनौं। तर वागमती फोहोर भएकोले यहाँ संस्कार वर्जित होस्, हामीले सही गर्यौंै। हामीले वागमती नदीमा गएर जीवनको सन्ध्याकालीन विद्रोह किन गर्यौंं? हामीले हामी आफैंलाई धेरै महŒव दियौं कि नदीलाई, थाहा भएन। हामीजस्ता मान्छेको संस्कार यहाँ नभएपछि ठूलो हल्लीखल्ली हुनेछ भन्ने हरेक सही गर्नेको आशय त होइन, त्यसो भए किन यो वागमती इच्छापत्र जाहेर गर्यौंत?
अब मलाई वागमती एउटा चेतना भयो। मलाई त्यो नदी—एकताबाट आफैं अलग भएपछि झन् ठृ्ला भ्रमले घेरे। एउटा खोजी र खुल्दुली भयो। मैले एउटा कविता लेखेँ र ‘गरिमा’मा छपाए“। गरिमावर्षको श्रेष्ठ कविता भनेर पुरस्कार पनि दिए। तर मेरो निम्ति त्यो कवितामा एक प्रकारको खोजीको अभिव्यक्ति मात्रै थियो। म केही न केही अभिनय र केही न केही नाटक चाहन्थेँ। कविता भने यस्तो थियो—

नदी मान्छेको पसिना पिएर मात्तिन्छ
नदीको आकाशमा हाम्रा पसिनाको बादल जम्छ
नदी मान्छे—मात पिएर समयको धारैधार कुद्छ
किनारैभरि भिजेको लुगाका अनन्त आकारहरूमा
नदी घाम तापेर छरिएको छ
नदीमा मिथक बग्छन्
विश्वासको झोलीमा पुराण र दन्त्यकथा बग्छन्
जन्म र मृत्युका दुई किनाराबीचमा
नदी समयको पसिनाभित्र
ढुक्ढुकाएर कुद्छ
नदी मान्छेका उत्सर्गहरू
झस्का र पानीका सपनाहरू बोकेर
धेरै कुद्यो भने अवरुद्ध हुन्छ
सहरको यस नदीमा
मैलो घामको आसनमाथि
मान्छे समाधि गर्छ
नदी मान्छेको मैलो समाधि
सपनाहरू धोएर घाममा
इतिहासजस्तै
हाम्रै आकारका कथा बोकेर
बगिरहन्छ बगिरहन्छ। 

मलाई वागमती नदीस“ग नाट्यमञ्च जोडिएको बोध भयो। लाग्यो– नदीमा गएर, यसका लहर समातेर नाटक गर्न सकियो भने वागमतीको विषय उजागर गर्न सक्छौं। मैले कविताहर्कका कोलाजमा वागमती र नदी चेतनाको कलेवर तयार पारेँ। अरुण गुप्तोले निर्देशन गरेर वागमतीको कुनै भंगालोमा नदी नाटक प्रस्तुत गर्ने योजना गरेर उपत्यकाभरि वागमतीका किनारा घुम्यांै। आखिर २५ भाद्र २०५६ को दिन नदी रंगमञ्चको दृष्टिबाट गुह्येश्वरी नजिकै वागमतीको पानीमा पस्यौं र वागमतीको नाटक गर्यौं । यसमा पाठहरू वैदिक कालदेखि अहिलेसम्मका राख्यौं। मेरा नाटकीय कविता बढी थिए। नेवार भाषाका गीत राख्यौं, जुन मैले पानीमा पसेर गाए“। किरण मानन्धरले पानीमा रंग फ्याँकेर जलक्यानभासका रचना गरे। नारी र दलितले वेद पढ्नु हु“दैन भन्ने सामाजिक प्रतिबन्धको विनिर्माण गर्दै अरुण गुप्तोको निर्देशनमा अहिले भियना विश्वविद्यालयकी संस्कृत शिक्षक अलका आत्रेय चुडाल र अमेरिकी विश्वविद्यालयमा पढाउने पुष्पलाल दमाईले पानीमा उभिएर वेद उच्चारण गरे। मेरो यात्रा जारी रह्यो। मेरो ‘आरुका फूलका सपना’ भन्ने नाटक सुनील पोखरेलले निर्देशन गरेर २०५७ देखि गुरुकुलबाट प्रस्तुत हु“दै आएको छ। त्यसकी मूलपात्र भृकुटीकी रूपक मयजु बिहा भएर जा“दा वागमतीको कञ्चन पानी उठाएर तर्छे। पछि भृकुटीको महाभिनिष्क्रमणको वर्णन गर्ने कवि पात्रको निम्ति वागमती हामीलाई जस्तै फोहोर भइसकेको छ। ऊ नदीको पानी उठाएर फुत्त फालिहाल्छ। 
वागमती आजमात्र समाधान गर्नुपर्ने समस्या भएर आएको होइन। अहिले सफाइको चेतना उजागर भएको छ। तर समस्या नदीमा छैन, समस्या हामीमा छ। हामी जहिलेसम्म निर्बन्ध, निस्पृह र निर्मम किसिमले विनाकुनै योजना आफ्ना आफना घरहरूबाट नदीमा फोहोर पठाइरहन्छौं त्यो बेलासम्म वागमती कञ्चन भएर बग्नेछैन। हामीले हाम्रो समय, प्रकृति र इतिहासको प्रवाहवारे एउटा भ्रम राखेका छौं। त्यो हो, प्रवाह आफैंमा समस्याको निदान होइन, प्रवाहस“ग चल्ने हामीले मात्र समस्या समाधान गर्न सक्छौं। 
वागमतीलाई केवल अन्तर्मुखी भएर हामीले हेरेसम्म यो नदी सफा हु“दैन। हाम्रो वागमती यात्रा जारी छ!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: