डलरले १०५ रुपैयाँ नाघ्यो

Doller-Photo१ भदौ, काठमाडौं । अमेरिकी डलरको मूल्यले सन् २०१३ मा छैठौं पटक रेकर्ड तोड्दै मंगलबार १ सय ५ रुपैयाँ नाघेको छ । आज नेपाली बैंकहरुले डलरको बिक्री मूल्य १ सय ५ रुपैयाँभन्दा बढीसम्म तोकेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले डलरको मूल्य १ सय ५ रूपैयाँ २० पैसा तोकेको छ ।

भारतमा यसअघिको रेकर्ड एक डलरबराबर ६५ रूपैयाँ ५६ पैसा भारु अर्थात १ सय ४ रूपैयाँ ९० पैसा तोडेर आज बिहानको पछिल्लो कारोबारमा ६५ रूपैयाँ ६८ पैसा भारु अर्थात १ सय ५ रुपैयाँ पुगेको छ । मंगलबार बिहानको कारोबारमा डलरको मूल्य भारतमा ६५ रूपैयाँ भारू अर्थात १ सय ४ रुपैयाँ पुगेको थियो ।

नेपाल र भारतबीच स्थिर विनिमय दर कायम रहेको हुनाले भारतमा भएको कारोबार मूल्यको आधारमा नेपाली बैंकहरुले डलरको खरिद बिक्री मूल्य तोक्ने गर्दछन् । भारु अवमूल्यन भएर डलरको मूल्य ७० रुपयाँ भारू अर्थात नेपाली १ सय १२ रुपैयाँसम्म पुग्ने र सन् २०१३ को अन्तसम्म ५५ देखि ५७ रुपयाँ भारू अर्थात ८८ रुपैयाँदेखि ९१ रुपैयाँमा झर्ने अनुपात गरिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: