श्रद्धाञ्जलि मरिचमान : बाँचुन्जेल बहुदलवादीहरुले मात्र हैन, पञ्चहरुले पनि सरापेका थिए उनलाई

 

 

marichmanअङ्ग्रेजीमा एउटा उखान छ- turn the tables on । मानौँ तपाईँ चेस खेल्दै हुनुहुन्छ। तपाईँ हारको संघारमा हुनुहुन्छ। अब कसैले टेबल परिवर्तन गरेर तपाईँलाई अर्को स्थानमा राखिदियो भने? पूरै परिस्थिति बदलिन्छ। ठीक त्यस्तै भयो मरिचमान सिंह श्रेष्ठको जीवनमा पनि। राजनीतिक जीवनको उत्कर्षमा जनघृणाको पात्र देखिएका मरिचमान मृत्युशैय्यामा पुग्दा एकाएक नायक देखिए। टेबल परिवर्तनको यो स्थिति ‘परिस्थिति’ ले ल्याइदिएको हो। अझ भनौँ अहिलेका नेताहरुप्रति चुलिएको आक्रोशको प्रतिबिम्ब यसमा देखिएको हो। २०४६ सालको आन्दोलन चरमोत्कर्षमा पुग्दा राजा वीरेन्द्रबाट बर्खास्त गरिएका मरिचमान त्यसपछिका दिनमा ‘लो प्रोफाइल’मा बसे। वीरेन्द्रको निधनपछि राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदासमेत दर्शनभेटका लागि बोलावट भएको बेलामा बाहेक सतहमा देखिने काम गरेनन्। न मिडियासँग चाहिने नचाहिने बोल्दै बसे। भारतको अस्पतालमा उपचारका लागि भर्ना भएको खबरपछि मात्रै मिडियामा मरिचमानको नाम छाएको हो। धेरैले त्यसपछि मात्रै मरिचमानको ‘राष्ट्रवादी छवि’सँग परिचित हुने मौका पाएको हो। राजा वीरेन्द्रद्वारा बर्खास्त गरिएपछि पनि राजनीतिमा सक्रिय भएको भए उनको यो छवि अहिले यस रुपमा नआउन पनि सक्थ्यो। नेपालीहरु जिउँदाको जन्ती र मर्दाको मलामीलाई जीवनको मूल्याङ्कनका रुपमा लिन्छन्। ७२ वर्षको उमेरमा आज बिहान निधन भएलगत्तै श्रद्धाञ्जलि प्रकट गर्नेहरुको ओइरो सामाजिक सञ्जालमा लागेको छ, यसलाई ‘भर्चुअल मलामी’का रुपमा लिन सकिन्छ। यसअर्थमा मरिचमानको जीवन ‘सफल’ भएको छ। खासमा मरिचमानले आफ्नो शासनमा के गरेका थिए ? कि मृत्युपछि उसको जीवनको समग्र मूल्याङ्कन नगरी सबैलाई महान बनाउने नेपाली परम्परा अनुसार उनको पनि चर्चा भएको हो ? कसरी ४६ सालका ‘खलनायक’ मरिचमान अहिले ‘राष्ट्रवादी नायक’ बने ? 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: