एनआरएनए बेल्जियमको अध्यक्षमा गुरुङ

 



 
मत परिणाम मान्दैनौं गौतम पक्ष 



बेल्जियम / गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा प्रेम गुरुङ निर्वाचित भएका छन् । हालै सम्पन्न चौथो अधिवेशनले गुरुङलाई निर्वाचित गरेको हो । उनले अध्यक्षका अर्का प्रत्यासी गंगाधर गौतमलाई पराजित गरेका थिए । गुरुङले कुल एक हजार ७४ मतमध्ये ५६० मत प्राप्त गरेका थिए । 
त्यस्तै, आइसिसितर्फ ५९९ मत प्राप्त गरी शिवकुमार वरुवाल निर्वाचित भएका छन् । महाधिवेशनले उपाध्यक्षद्वयमा गोपाल सिंखडा र उपाध्यक्ष महिला शारदा अर्याल, महासचिवमा माधव सापकोटा, सचिवमा बुद्धि बराल र कोषाध्यक्षमा नरहरि सापकोटा  विजयी भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा कुमार जोशी, सागर श्रेष्ठ, नारायण सिलवाल, परमानन्द सापकोटा बैकुण्ठ पहारी र सुवीर सिग्देल निर्वाचित भए । 
यसअघि, पश्चिम भ्लान्दरनबाट तेजराज कँडेल, ब्रुजबाट नारायण सापकोटा, आन्तवर्पेनबाट तुङगा निरौला, गेन्टबाट बाबुराज शर्मा, महिला प्रतिनिधिमा सूर्यदेवी श्रेष्ठ, कला लिम्बू र एलिना रसाइली, महिला संयोजकमा यशोधा थापा र युवा संयोजकमा केदार जोशी निर्विरोध निर्वाचित भैसकेका छन् ।
निर्वाचनमा १४३५ मतदाता रहेकोमा १०८४ मत मात्र खसेको थियो । खसेका मतमध्ये  १०७४ मत सदर भएको निर्वाचन समितिले जनाएको छ । मत गणना क्रममा लुभेन क्षेत्रबाट केही मत बढी फेला परेको आरोपमा गंगाधर पक्षले मतगणना बहिष्कार गरेको थियो ।
हालै सम्पन्न जनसम्पर्क समितिको निर्वाचनको तुष यस पटकको एनआरएन बेल्जियमको निर्वाचनमा देखियो । अध्यक्षका दुई उम्मेदवार त्यसैको प्रतिशोधको भावनाले ग्रस्त भएको आम-चर्चा गरिएको थियो । नेपाली जनसम्पर्क समितिको मत गणना क्रममा पनि पराजित पक्षले मत गन्ने क्रममा नै अनियमिताको आरोप लगाएर बहिष्कार गरेका थिए, एनआरएनको निर्वाचनमा त्यही प्रवृत्ति दोहोरिएको छ । पराजित पक्षले मतगणना क्रममै गडबड भएको आरोप लगाउँदै निर्णयलाई नमान्ने बताएका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: