रोम समाजको कार्यसमितिको लागि भोलि आइतबार निर्बाचन हुने

लामो समय देखि चर्चाको बिषय बन्दै आएको रोम समाजको कार्यसमितिको लागि भोलि आइतबार निर्बाचन हुने भएको छ। विभिन्न संघ संगठनहरु बीच सहमति हुन नसके पछि निर्बाचनबाट नेपाली समाज रोमको कार्यसमितिको चयन हुने भएको हो। बिगतमा भएका कमि कमजोरीलाइ सुधार्ने बचन सहित देव गुरुङ फेरी अध्यक्षमा उम्मेद्वारी दिनु भएको छ भने ओम ताम्राकार र ज्ञानेन्द्र तिमिल्सिना उहाको प्रतिध्वंदीहरु हुनु हुनुहुन्छ। उपाध्यक्ष्य मा सोभित श्रेष्ठ र प्रतिध्वंदी विजय लामा हुनु हुन्छ। त्यस्तै सचिबमा होम रानाभाट र प्रतिध्वन्धिमा डम्बर गुरुङ , कोषाध्यक्षमा हिरा सिंह थापा(सफल) प्रतिध्वन्धि मंजु के.सि र सह सचिबमा हरिस लामा र भक्त  राज  आचार्य (कुमार) बीच  प्रतिस्पर्धा हुने भएको छ। तर रोममा भएका नेपालीहरुमा एक किसिमको उदासीनता छाएको छ। सबै जना पदको लागि लछाड पछाड गरेबाट स्पस्ट देख्न सकिन्छ कि सबै जनालाई पद नै चाहिएको छ। कोहि आफुले समाजलाइ ठुलो योगदान दिएको छु त्यसैले पद आफुले पाउनु पर्ने दाबि गर्छन। कोहि दुषित राजनीतिक पार्टीको आड र नाममा पद दाबि गरिरहेका छन् भने कोहि जातिय बहुमतको ढ्वांग बजाएर सजिलै जित्न सक्छु भन्ने लागेर उम्मेद्वारी दिएका छन्। तर स्वस्छ र निस्पक्ष नेतृत्व यहा देखिदैन। थोरै भएको नेपालीहरुको यो स्थिति देखेर रोमबासि नेपालीहरु दिक्क भैसकेका छन्, तर कहिले सकिन्छ त यो प्रक्रिया? अबगत रहोस रोममा ४०० को हाराहारीमा नेपालीहरुको स्थाई तथा अस्थाई बसोबास रहेको अनुमान गरिएको छ। तसर्थ आउदा दिनहरुमा यति थोरै संख्यामा रहेको नेपालीहरुमा जातजाति र राजनैतिक पार्टीको आधारमा विभाजित नभई सबै एक भै अगाडी बढ्ने बाताबरण सिर्जना हुनेछ। भन्ने आशा गर्दछु।

2 Responses to “रोम समाजको कार्यसमितिको लागि भोलि आइतबार निर्बाचन हुने”

  1. arun gurung Says:

    malai dherai ramro lagyo yo tapailey lekheyko sabda ani bhania haru,yestai ramro ani sahi kura haru lekhdai janu hola suvhakamana.arun gurung,

    Like

  2. nepalitaly Says:

    thank you dai

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: