काठमाडौँ जिविसको बजेट करिब ५ अर्ब, मकवानपुरको दुई अर्ब

काठमाडौं, फागुन २३- जिल्ला विकास समिति काठमाडौँले आगामी आर्थिक वर्ष २०७०/७१ को लागि अनुमानित कूल बजेट रु चार अर्ब ९७ करोड ३६ लाख दुई हजार पारित गरेको छ। काठमाडौँ जिविसका स्थानीय विकास अधिकारी प्रेमराज जोशीले आन्तरिक स्रोत र राजस्व बाँडफाँडबाट रु १५ करोड चार लाख, केन्द्रीय अनुदानबाट प्राप्त हुने रु ६८ करोड ५५ लाख गरी कूल रु ८३ करोड ५९ लाख तथा बाँकी काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, गाविसहरू, विषयगत कार्यालयहरू, भारतीय राजदूतावासलगायतका स्रोतबाट प्राप्त हुने जानकारी दिए।
बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न आज यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठले जलस्रोत, पर्यटन, जडिबुटी प्रशोधन, कृषि र जनशक्तिको विकास गर्न सकिए १० वर्षमा मुलुकको कायापलट गर्न सकिने बताए।
उनले स्थानीय निकायमा जननिर्वाचित सदस्य नभएको अवस्थामा विकास निर्माणका कार्यहरू सहज हुन नसकेको, भ्रष्टाचारले व्यापकता पाएको स्वीकार गर्दै कर्मचारीको पार्टीकरण हुनु राष्ट्रको लागि चिन्ताको विषय भएको छ भने।
मन्त्री श्रेष्ठले मुलुकका सबै स्थानीय निकायमा कर्मचारी खटाउने कार्य दतारुकताका साथ भइरहेको, सञ्चारको पहुँच पुर्‍याउने लक्ष्य रहेको, सामाजिक सुरक्षा भत्ता लक्षित वर्गसम्म पुर्‍याउने नीति अवलम्बन गरिएको र कार्यप्रगतिको अनुगमनका लागि मन्त्रालयले टोली गठन गरी पठाउने कार्य भइरहेको जानकारी दिए।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले जनसङ्ख्या र आर्थिक क्रियाकलापका हिसाबले काठमाडौं जिल्ला नमुना जिविस रहेको बताए। काठमाडौँका प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा, नेपाली काँग्रेस काठमाडौँका सभापति भिमसेनदास प्रधान, एकीकृत नेकपा (माओवादी)का श्रीकृष्ण श्रेष्ठ, जिविस महासङ्घका सदस्य भरतबहादुर खड्का, गाविस महासङ्घका राजाराम पुडासैनीलगायतले परिषद्को कार्यान्वयन पक्षको सफलताको कामना गरेका थिए। 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: