सिमाविहिन देश बन्दै नेपाल

 

कथन शर्मा —
काठमाडौ । भारतले नेपालका सबै अंग, तह तप्कामा एजेन्ट राख्छ भन्ने कुराको पुष्टी रेग्मी प्रकरणले भएको छ ।
आफै दरबार हत्या काण्ड गराउने अनि दिपेन्द्रले गराएको भन्दै त्यो पनि आफ्नै मिडियामा प्रचार गराउने अनि हाम्रा नेपाली संचारमाध्यमले त्यसैको कुरा जानी नजानी प्रचार गर्नु पर्ने बाध्यताका हामी नेपालीलाई यत्रो बर्ष नेपालमा भारतीय एजेन्ट न्यायक्षेत्रमा रहेर प्रधानन्यायधिश हुँदा मात्र थाहा हुनु कुन नौलो हो र ।भारतका विशेष मित्रको रुपमा मिडिया र नेपाली राजनीतिमा चर्चित नेकपा एमालेका प्रभावशाली एक नेताका अनुसार भारतले नेपालमा मित्र भएर मात्र सहयोग गर्दै गर्दैन आफ्नो पक्का जागिरदारलाई मात्र विश्वास गर्छ ।
यसैगरी हालै भारतीय रअका चिपले सबै नेपाली नेताहरुलाई धम्कीको भाषामा प्रधानन्यायधिशलाई प्रधानमन्त्री बनाउने विषयमा सहमती गर्न दबाब दिएका छन् । नेपाली कांग्रेसका अधिकां‍श नेताहरु विरोधमा रहे पनि एक एक गरेर शेरबहादुर देउवासमेतलाई सहमतिमा ल्याइसकिएको छ । सुशिल कोइरालालाई त पाकिस्तानको मित्र भन्दै नेपालमा कुनै पनि पदमा पुग्न नदिने र चुनाव समेत जित्न नदिने घोषणा गर्ने भारतले उनलाई कांग्रेसको भविष्यका लागि सहमति गर भनेर ब्लाकमेलिङ गरेको छ भने रामचन्द पौडेललाई त खर्चपर्चमा सहयोग पुग्दै आएकै हो । देउवा अमेरिकी र युरोपीयनका एजेन्ट हुन भन्ने हल्ला पहिलेदेखि नै चलिरहेकाले उनलाई पनि चुनाव पछिको प्रधानमन्त्री भनेर लोभ देखाइएको छ । देउवा पद भनेपछि जे दिन पनि तयार व्यक्ती हुन् ।
उता चिनियाँ पक्षले आधा एमालेलाई प्रधानन्यायधिशका बारेमा सहमति नर्गन गरेरमा नेपालमा के के हुँदैछ भनेर समेत सम्झाएको भए पनि अध्यक्ष झलनाथ खनालले थाम्न सक्ने देखिएको छैन । यहि कुरा कोइरालालाई समेत भने पनि उनको पनि कांग्रेसमा केहि लाग्ने छैन ।
उता रामवरण यादवलाई फेरि राष्ट्रपतिको लोभ देखाइएको छ ।
नेपालका प्रधानसेनापति त भारतका नातेदार नै हुन् । उनको विवावारीदेखि व्यापार, घरजग्गा सबै उतै छन् । हुँदा हुँदा प्रधान न्यायधिश समेत उतैको हुन् कि भन्ने शंका उब्जाएको छ ।
भारत नेपालको कूनै पनि रुपमा भलो चिताउने देश होइन । न त अन्य एसियाली देशको बारेमा पनि भलो चिताउँछ । श्रीलंकाको तमिलवाद, नेपालको माओवाद र पाकिस्तानको आत‍ंकवाद समेत भारतको प्रयोजितमा भएको प्रष्ट भइसकेको छ ।
श्रीलंकाको आतंकवाद चिनियाँ सहयोगमा निमिट्यान्न भइसकेको छ भने नेपालीको आतंकको अर्को रुप दरबार हत्या काण्डपछि गणतन्त्रको नाममा १७ हजारको हत्या, १ लाख टुहुरा र विधुवा महिला र अपांगलाई छोडेर नयाँ चरणमा प्रवेश गरिसकेको छ ।
अनि नयाँ रुपमा आतंक सुरु हुँदैछ त्यो के भने — देश भनेको सिमा रहेमात्र रहने, सिमा नै नरहेपछि के को देश । सिमा निर्धारण जनमत संग्रहबाट गर्ने । त्यो पनि प्रधान न्यायधिशलाई प्रधानमन्त्रीको समेत पदमा आसिन गराएर । प्रधानन्यायधिश पनि उतै बुझाउने लाइनका । प्रधानसेनापति पनि उतैका मित्र । अनि माओवाद पनि उतैबाट आयातित । मधेसवाद पनि उतैको । मित्र देशले भन्लान् अर्काको देश किन खायौ उसले भन्छ कहाँ हामीले खानु तिमीले षडयन्त्र गराएर मिलाएका । माओवाद त तिम्रो नै थियो नि कसरी यता पठायौ । अनि त्यो पनि चुप । त्यसलाई पनि लागेको होला सस्ता सामानसँगै माओवादी त्यता अझै धेरै पठायौ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डको राष्ट्रवादी सिमा सुत्रले देश कता पुग्ने हो । प्रचण्ड र बाबुरामलाई भारतीय संसदमा छिर्ने लोभ, अन्यलाई धनसम्पतीको लोभ त कसैलाई जागिरको लोभ, कसैलाई लेण्डुपहरु पछिल्ला समयमा बढेको आर्थिक अवस्था । अनि सरकार उस्कै, सेना उस्कै, न्यायलय उस्कै, ठूलो पार्टी र मधेसवादी सबै उस्कै, भारतीय कर्मचारीको तलब यति छ उति छ गाडीमा ट्याक्स थोरै छ भन्दै उतै भए पनि केहि हुँदैन भन्ने कर्मचारी तन्त्रको मानसिकता पनि उतै अनि लाग्यो होला बाबुराम दाहालहरुलाई हामी पनि उतैका के को सिमा । सिमा नै नरहेपछि विवाद पनि रहँदैन घाडो भएको १९५० पनि रहदैन ।

अमेरिका र युरोपलाई त क्रिशियानिटी र तिब्बत स्वतन्त्रता भए पुगिहाल्यो । उनीहरुको पनि आफ्नो स्वार्थ यसैमा खोजिने छ ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: