कसरी भयो माओवादीमा भागबण्डा

  • — प्रचण्डलाई आफ्नैले सरापे? — बाबुरामलाई २३, काजीलाई १० भाइ —

काठमाडौं, फागुन १ । एनेकपा माओवादीको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित ९८ सदस्यीय केन्द्रीय समितिमा लगभग आधा अर्थात् ४४ जना केन्द्रीय सदस्य जनयुद्ध नलडेका र संविधानसभा निर्वाचनमा माओवादी ठूलो पार्टी बनेपछि माओवादीमा प्रवेश गरेका चैतेहरू चयन भएको भन्दै युद्ध लडेकाहरू 145अब पार्टी बिघटनको दिशामा गयो146 भन्दै फर्किएका छन्। दशवर्षे जनयुद्धपछि पहिलो पटक भएको महाधिवेशनले जनयुद्धको जग नै भत्काएर चैतेहरूलाई केन्द्रीय समितिमा आसिन गराएकाले पार्टी अब जनयुद्ध लडेका कार्यकर्ताको हातबाट फुत्किएको पूर्व सभासद एवं महाधिवेशन प्रतिनिधि सुदर्शन बरालले स्वीकार गरे। (हेर्नुस् बरालको अन्तर्वार्ता ५ पेजमा) एमाओवादीका जनयुद्ध लडेर आएका नेता कार्यकर्ताले नारायणकाजी श्रेष्ठसँग आत्मसमर्पण नगर्न र उनीमाथि कारबाही गर्न पचण्डलाई दबाब दिएका थिए। तर प्रचण्डले अनावश्यक रुपमा बाबुराम भट्टराई र नारायणकाजीसँग आत्मसमर्पण गरेर देशभरका ८० प्रतिशत महाधिवेशन प्रतिनिधि र कार्यकर्ताको भावनामा लात हानेको आरोप प्रचण्ड पक्षका नेताहरूले लगाएका छन्। यही कारण ५० प्रतिशत महाधिवेशन प्रतिनिधिहरू प्रचण्ड पक्षका भए पनि केन्द्रीय समितिमा प्रचण्डको भागमा ६० प्रतिशत सदस्य पनि नपरेको ट्रेड युनियन महासंघका महासचिव गणेश रेग्मीले साथीभाइलाई बताउँदै थिए।
बाबुरामका २३
महाधिवेशनबाट निर्वाचित ९८ जना केन्द्रीय सदस्यमध्ये प्रचण्डको पक्षका ५१ जनामात्र परेको बताइएको छ। करीव १५ प्रतिशत महाधिवेशन प्रतिनिधिसहित हेटौंंडा पुगेको बाबुराम पक्षले केन्द्रीय समितिमा करीव ३० प्रतिशत अर्थात् दोब्बर संख्या पाएको छ। बाबुराम पक्षबाट २३ जना केन्द्रीय समितिमा पुगेका छन्। जसमा उपाध्यक्ष बाबुराम भट्टराईसहित टोपबहादुर रायमाझी, हिसिला यमी, देवेन्द्र पौडेल, राम कार्की, भीमप्रसाद गौतम, नवराज सुवेदी, लिलबहादुर थापा, डिलाराम आचार्य, गिरिधारीलाल न्यौपाने, बामदेव क्षेत्री, खगराज भट्ट, रामप्रसाद बन्जाडे, भक्ति पाण्डे, डोरप्रसाद उपाध्याय, गंगा श्रेष्ठ, प्रभु साह, टंक आङबुहाङ, कुमार पौडेल, केशव नेपाल, रामरिझन यादव, कर्णध्वज केसी र सविना अर्याल छन्। यी मध्ये अधिकांश जनयुद्ध नलडेका पूर्व मसाल र जनमोर्चाबाट संविधानसभा चुनावपछि एमाओवादी बनेकाहरू ब्यक्ति हुन्।
काजीका १० भाइ
त्यस्तै महाधिवेशनमा ५ प्रतिशत भन्दा पनि कम प्रतिनिधिसहित हेटौंडा पुगेका नारायणकाजी श्रेष्ठ केन्द्रीय समितिमा करीव १२ प्रतिशत अर्थात् दोब्बर भन्दा बढी शक्तिका साथ हेटौंडाबाट फर्किएका छन्। नारायणकाजी श्रेष्ठसहित केन्द्रीय समितिमा उनको पक्षका गिरिराजमणि पोखरेल, निनु चापागाई, विश्वभक्त दुलाल, विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, डीआर पौडेल, जीवन गौतम, अन्जना विशंखे, प्रकाश पोखरेल, पेशल खतिवडा, धावा लामा, किशन शर्मा, राजु खड्का परेका छन्। यी मध्ये केहीले अमिक शेरचनसँग पनि बराबरीको दूरी बनाएका छन्। अमिक शेरचन, लिलामणि पोखरेल, शशी श्रेष्ठ लगायतका टोली प्रचण्डसँग नजिक देखिए पनि नारायणकाजीलाई प्रचण्डले अनावश्यक रुपमा स्थान दिएकोमा असन्तुष्ट छ। त्यस्तै स्वनाम साथी, जीतवीर लामा, भीमबहादुर कडायत, इश्वरी भट्टराई, घनश्याम शर्मा पौडेल केन्द्रीय समितिमा आए पनि यिनीहरू कुन समूहका हुन् भन्ने लिंग खुलेको छैन। यिनीहरू कोही नेकपा माओवादी र कोही एमालेमा प्रवेश गर्न लागेको चर्चा पनि थियो। स्वयं वर्षमान पुनले पनि आफू प्रचण्ड र बाबुराम दुवैतिर समदूरीमा बस्न खोजेको चर्चा चलेको छ।
को को हुन् जनयुद्ध नलड्ने?
जनयुद्ध नलडेका र एमाओवादी पार्टी संविधानसभा चुनावबाट सबैभन्दा ठूलो दल बनेपछि एकता वा प्रवेश गरेर आएकाहरू केन्द्रीय कमिटीमा लगभग आधा संख्यामा देखिएका छन्। तिनमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, भीमप्रसाद गौतम छन्। त्यस्तै स्वनाम साथी, विश्वभक्त दुलाल, निनु चापागाई, विश्वनाथ साह, नवराज सुवेदी, लीलबहादुर थापा, डिलाराम आचार्य, गिरिधारीलाल न्यौपाने, जीतवीर लामा, भीमबहादुर कडायत, सर्वोत्तम डंगोल (केही समयअघि), केशव नेपाल, शशी श्रेष्ठ, प्रल्हाद बुढाथोकी, डीआर पौडेल, प्रकाश पोखरेल, जीवन गौतम, रामकुमार यादव, रामरिझन यादव, अन्जना विशंखे, इश्वरी भट्टराई, घनश्याम शर्मा पौडेल, पेशल खतिवडा, धावा लामा, कर्णध्वज केसी, दीपबहादुर योन्जन, किशन शर्मा, राजु खड्का, कृष्ण भुजेल, रामकुमार शर्मा, धर्मदत्त देवकोटा, सविना अर्याल, कृष्णप्रसाद शर्मा पनि नवप्रवेशी हुन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: