को-को हुन् युद्व अपराधी

काठमाडौं, माघ ७ ।  सर्वसाधारणलाई गत १९ पुसमा सैनिक हिरासतभित्र यातना दिएको अभियोगमा नेपाली सेनाका महासेनानी (कर्णेल) कुमार लामा बेलायतमा पक्राउ परेपछि चर्चाको विषय बनेको छ। माओवादीको हिंसात्मक विद्रोहकालका जधन्य अपराधमा संलग्नहरुको छानविन अन्तर्राष्ट्रिय क्षेत्रमा शुरु भएपछि युद्ध अपराधीहरुको मुटुमा ढ्याङ्ग्रो मात्र नठोकी ‘निद हराम’ समेत भएको बताइएको छ। माओवादीको १० वर्षे जनयुद्धमा १३ हजार २३६ जनाले ज्यान गुमाएका थिए भने एक हजार छ जनालाई बेपत्ता बनाइएको थियो। विश्वका १२५ देशले विश्व्ाव्यापी क्षेत्राधिकारको सिद्धान्त अंगीकार गरेका छन्, जसमध्ये ३३ देशले यससम्बन्धी कारबाही गर्ने कानुनसमेत बनाई अभ्याससमेत शुरु गरिसकेका छन्। अभ्यास शुरु गरेका देशहरुमा अष्ट्रेलिया, बेल्जियम, क्यानाडा, डेनमार्क, फिनल्याड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, नर्वे, स्पेन, बेलायत र अमेरिका लगायतका देशहरु छन्। यी देशमा जाँदा मानवअधिकार उल्लंघन गरेका व्यक्तिहरु पक्राउ पर्ने बताइएको छ। जस अनुसार २०५८ सालमा विमानस्थल निर्माणमा खटिएका धादिङका ३५ जना मजदुरको हत्या गर्ने सेना, २०६० सालमा १९ जना माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिई हत्या गर्ने सेना, चितवनको बाँदरमुढेमा यात्रुबाहक बसलाई एम्बुसमा पारेर ३९ जनाको हत्या गर्ने माओवादी, बर्दिया– बाँकेका १५६ जनालाई बेपत्ता पार्ने भीमकाली दल गुल्मका सैनिक भैरवनाथ गणमा राखिएका ४९ जना माओवादी कार्यकर्तालाई बेपत्ता पार्ने सेना खासगरी हालै कर्णेलमा बढुवा भएका राजु बस्नेत, १५ वर्षीया मैना सुनारका हत्याकाण्ड सेना एकीकृत नेकपा (माओवादी) का प्रवक्ता अग्नि सापकोटा लगायतका व्यक्तिहरु अन्तर्राष्ट्रिय कानुन उल्लंघनमा पक्राउ पर्ने संभवना रहेको समाचार श्रोतले बतायो। यसैगरी सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएका बालकृष्ण ढुङ्गेल, सूर्यमान दोङ्गलाई मात्र नभै नेपाली सेनाका मेजर निरञ्जन बस्नेत पनि अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्नेमध्येमा परेको समाचार सूत्रले जनाएको छ। तसर्थ युद्ध अपराधमा संलग्नहरुलाई कारबाही गर्ने इच्छाशक्ति नदेखाउने क्षेत्रमा समाप्त हुने बताइएको छ।    

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: