नेपालको राजनीतिक अन्यौल र बिदेशीएका नेपालीहरुको अबस्था

नेपालको राजनीतिक अबस्था दिनप्रति दिन झन झन अन्यौलपूर्ण बन्दै गएको छ। देशको एकथरी युवा शक्रि बिदेशिएको छ भने अर्कोथरी युवा शक्रि आफ्नै देशमा काम र मामको लागि भौतारिनु परेको अबस्था छ। यस्तो अबस्थामा देशका प्रमुख दलका प्मुख नेताहरु पलायन भैदिंदा नेपालीहरुको भबिश्य अन्यौलपूर्ण बनेको छ। राजनीतिक र आर्थिक रुपलेे स्वतन्त्र र आत्मनिर्भर नेपाल सन् १८१६ को सुगौली सन्धिपछि बृटिस–भारतको अधैऔपनिबेश बन्न पुग्यो, जसको परिणाम  कृषि, पशु, जडिबुटी र खनिजजन्य राष्ट्रिय उद्योगधन्धा धरासायी भए। लाखौं युवा जनशक्ति बेरोजगार बन्न पुग्यो। फलस्वरुप उत्पादनका साधन लुटिएका लाखौं युवा जनशक्ति रोजीरोटीको लागि भारत पलायन हुने प्रक्रियाको थालनी भयो। भारत पलायन हुने क्रमबाट अरवियन देशदेखि यूरोप, अमेरिका भनौं बिश्वका सबै जसो मुलुकमा नेपालीहरु कामको खोजीमा पुगेका छन््। अहिलेको पूँजीवादी युगमा मानिसहरु मानव जीवनको महत्वकांक्षालाई पूरा गर्नलाई आफू जन्मेको भूमिलाई छोडेर आर्काको भूमिमा गई सुनौलो भबिश्यको आशामा बिश्व बजारमा आफ्ना श्रम बेच्नकोलागि मानव जातिहरु एक देशबाट अर्को देशमा गई बसोवास गरी बस्नेलाई प्रवासी भनिन्छ। यो प्रक्रियाको शुरुवात नेपालमा राणा शासनकालको शुरुवातदेखि भएको पाईन्छ। घनिभूत रुपमा नेपालीहरु भारतभन्दा बाहिरको देशमा सन् २००० को आसपासमा मात्र प्रवासी नेपालीको रुपमा परिचित भएर प्रवासमा बसेको पाईन्छ। त्यसपछिका दिनहरुमा प्रवासी नेपालीहरुलेे पनि नेपाली मुक्ति आन्दोलनमा सहयोग समर्थनगर्दै प्रवासका भूमीहरुमा बिभिन्न कार्यक्रमगर्दै आएका छन््। नेपालीहरु बिदेशिनुको मुख्य कारण कतिपय मानिसलाई लाग्छ ब्यक्ति आफ्नै ब्यवहारिक कारणले यताउति भौतारिन्छ। आफ्नो घरपरिवार चलाउनका लागि बिदेशिनुको कारण हो भन्ने ठान्छन््। कसैको त यो पनि बुझाई बनेको छ कि मानिसहरु ब्यक्तिगत स्वार्थका कारण बिदेशतर्फ लाग्छन््। यि भनाईहरुमा पनि प्रतिक्रियावादी शासनले दिएको भ्रमहरुको प्रभाव रहन्छ। बास्तवमा कुनै ब्यक्ति बिदेशिनुको पछाडि राज्य र त्यहाँको शत्ताको मुख्य हात रहेको हुन्छ। राज्यसत्ताले जनताको न्यूनतम आवश्यकतालाई पूरा गर्नसक्दैन तव त्यस देसका जनता बिदेशिन बाध्य हुन्छन््। श्रमशक्ति राज्य निर्माणको सबैभन्दा महत्वपूर्ण अङ्ग हो भन्ने शासक बर्गलाई थाहा हुँदाहुँदै पनि  श्रमशक्ति पलायनको  प्रक्रियालाई तीव्र पार्न प्रतिक्रियावादी वर्गले युवाहरुमा बिद्यमान निम्नपूँजीवादी चिन्तनलाई अझ भ्रष्टिकरण गरी लाहुरे संस्कृतिको विकास र बिस्तार गरे। प्रतिक्रियावादी बर्गको यस प्रकारको मानव श्रमलाई बिश्व बजारमा बेच्ने परिणाम आज यो अझ विकृत हुँदै जापान, कोरिया, मलेसिया, सिंगापुर, युरोप, अमेरिका र अरब मुलुकहरुसम्म बिस्तार भइरहेको छ। यस प्रकारको युवा श्रमशक्तिको विदेश पलायनको चरित्र र सारतत्व प्रतिगामी भएकाले नै आज प्रतिक्रियावादी वर्ग लाहुरे संस्कृतिको गुणगान गरेर पलायन हुन प्रोत्साहन गरिरहेको छ। सुगौली सन्धिपछि नेपाली युवाहरुलाई बृटीश सेनामा भर्ति गरी  बिश्व श्रमबजारमा लैजाने प्रक्रियाको शुरुवात भयो। यो प्रक्रिया लामो समयसम्म आम जनताले आफ्नो स्वबिवेकले निर्णय गर्नसक्ने हैसियतसम्म आउन सकेका थिएनन्। यसको मुख्यकारण शिक्षा र बिज्ञानको पहुंँच आमनेपाली जनतासम्म पुग्न नसक्नुनै थियो। किसानहरुले रेडीयो सुन्नको लागि पनि कुलिन बर्गहरुकहाँ धाउनु पर्ने बाध्यता थियो। सन् २००० को वरिपरि नेपालको राजनैतिक तथा आर्थिक विकासलाई नियालेर हेर्ने हो भने  रोजगारीको अवसरमा कुनै फेरवदल नै आउन नसकेको अबस्थामा बिज्ञानको प्रयोग तल्लो जनताको पहुंँचसम्म सजिलै पुग्नथाल्यो। पूँजीवादीहरुले बिज्ञानको विकासलाई कर्जा गरी बिज्ञानलाई ब्यापारीकरणका माध्यममार्फत श्रमजिवीबर्गमाथि नयाँ ढङ्गले शोषणगर्ने नीतिकोे विकास गरे। बिगतका दिनहरुमा जस्तो न्यूनतम आवश्यकता गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा मात्रमा सीमित नरही बिज्ञानले विकास गरेका थुप्रै बस्तुहरु पनि मानव जीवनको न्यूनतम आवश्यकतामा परिणत हुंँदै गएको पाईन्छ। राज्यले जनताको न्यूनतम आवश्यकता पूरागर्न दायित्व बोध नभएपछि नेपाली युवाहरुले आफ्ना न्यूनतम आवश्यकता पूरागर्न र अवसरको खोजीगर्न बाध्यभएर आफ्नो श्रमलाई बिश्व वजारसम्म लैजान थाले।  बिज्ञानले संसारलाई यति सागुरो बनायो कि जुन, कुनै पनि बर्गका नेपाली जनता अछुतो रहन सकेनन् र नेपाली जनताको न्यूनतम आवश्यकतामा बिज्ञानले विकास गरेका कतिपय बस्तुमा आफ्नो पहुँच पुग्न गयो। राज्यले बिज्ञानलाई त नेपाली जनताको आवश्यकताको बस्तु ब्यवसायिक रुपलेे नेपालको कुनाकुनाका जनतासम्म पुर्‍याउन सक्यो। तर जनतामा बिज्ञानको उपयोग गर्नसक्ने परिस्थिति थिएन। यसरी बिज्ञानले गरेका विकासलाई  ब्यावसायिकताको नाममार्फत नेपाली तथा संसारका श्रमजिवी जनतालाई पँूजीपतिहरुको रैतिमा परिणत गर्दैछ। उनीहरुको पसिनालाई सिधै पूँजीपतिहरुले आफ्नो ब्यापारमा साटन बिवश बनाउदै छन््। यि यस्ता खाले आवश्यकताको बृद्धिहुनु र आफ्नै देशमा श्रमको उपयोगगर्ने अवस्थाको सृजना नहुने क्रम बढ्दै गयो।  त्यसैले सन् २००० को हाराहारीबाट प्रवाशी नेपालीहरुको संख्यामा स्वात्तै बढ्न पुग्यो। नेपाली राज्य ब्यबस्थामा आएको फेरबदलले श्रमजिबी बर्गमा कुनै परिवर्तन आउन नसक्नु र जनताको न्यूनतम आवश्यकतालाई राज्यले सम्वोधन गर्ननसक्नुनै नेपालीहरु बिदेसिनुको मुख्य कारण हो भनेमा फरक पर्दैन। यसका अलवा कतिपय कुलिनबर्गहरु आफ्नो सुरक्षाको लागि पनि बिदेशिएका केहीघटनाहरु नभएका होईनन्। प्रवाशी नेपालीहरुको अबस्थालाई हेर्दा तीन भागमा बाडेर हेर्नसकिन्छ।
१. आफ्नो श्रम बिश्व बजारमा बेचेर काम गर्ने मजदुर बर्ग :  यो बर्ग अरव मलेशिया र कोरियामा बढीमात्रामा रहेको छ। यो बर्ग अस्थायी रुपमामात्र श्रमको लागि बिदेशिएको हुन्छ। आफ्नो परिवारसंँग पनि टाढा रहेर काममानै सम्पूर्णसमय खर्चगरिरहेको हुन्छ।
२. बिदेशमा श्रमबेच्ने तर बिदेशमानै स्थायी बसोबासगर्ने सुबिधा प्राप्त युरोप, अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानडा, जापान र अन्य केही मुलकमा रहेका छन््। यो बगर्मा पनि दुई भागमा बांडेर हेर्न सकिन्छ। पहिलो दिमागी काम दोश्रो मजदुरी। पहिलोमा बिदेशमा पढाईको शिलशिलामा जाने र पढाई अनुसारको काम गर्ने गरेको बर्ग रहेको छ। दोश्रोमा कुनै पनि उपायबाट विकसित मुलुकमा आएर श्रम गर्नेगरेको पाईन्छ। तर लामो समयको बसाई पछि यि देशहमा स्थायी बसोबासको प्रक्रियामा अगाडी बढ्नसक्ने सुबिधाको उपयोगगर्दै स्थायीबसोबास गरेका छन््। फेरि पनि थुप्रै नेपालीहरु आफूलाई बैधानिकताको आशामा आफ्नो जीवन बिनाकार्यमा व्यतित गरेका छन्् भने कतिपय बिदेशी नागरिक बनिसकेका छन््। विकशित मुलुकहरुमा पनि नेपालीहरुको अबस्था निकै दयनीय अबस्थामा गुजि्रएको छ। यूरोपकै कतिपय मुलकमा नेपालीहरुलेे दिन गुजरा र खानैको समस्यामा  पिडाका दिन बिताउन बाध्य छन््। साथै उनीहरुको अनिश्चित भबिष्य लिएर जीवनको अमूल्य समय खेरगैरहेको छ भने अर्कोतर्फ कामगर्ने मजदुरहरुले जीवन चलाउन धौ धौ पर्नेको संख्या निकै मात्रामा भेट्न सकिन्छ।
३. मालीक बर्ग जो हरेक कामलाई नाफासंँग तुलना गर्छ। यो बर्ग संसारको जुनसुकै देशमा नगन्य रुपमा भेटिन्छ। तर यो बर्गपनि नेपालको हितमा राष्ट्रिय पूँजीलाई बिकाश गर्नमा र नेपालको हितमा कामगर्न सारमा आतुर भएको जस्तो देखिएता पनि व्यवहारिक पक्षमा कमि नै छ। केही दलाल प्रवृतिका बर्गहरु पनि यो बर्गसँग घुलमिल भएर आउने गर्छन्। बिशेषगरेर यि तीन प्रकारका नेपालीहरु बिदेशमा भटिने गरेका छन््। लगभग ९० प्रतिशतका हाराहारीमा प्रवासी नेपालीहरु प्रवासको भूमिमा अत्यन्त कष्टकर तरीकाबाट आगाडि बढेका छन््। उनीहरुलाई बिदेशी भूमिको कुनै मोह भएको पाईदैन। कामगर्ने अनि तलव बुझ्यो भोलिपल्ट नेपाल पठायो अरु केही थाहाछैन। यसरी पनि प्रवाशी नेपालीहरुको जीवन बितेको छ। तर यसो भन्दैमा बिदेशमा नेपालीहरु केवल आर्थिक उपार्जन मात्रै गर्छन् भन्ने पनि होईन। राजनैतिक तथा सामाजिक गतिबिधिमा निरन्तरता दिने र विश्वब्यापी तथा नेपाली मुक्ति आन्दोलनमा सहयोग र समर्थन गर्दैआएका पनि छन््। बिचारको दृष्टीकोणले हेर्ने होभने पनि प्रवाशी नेपालीहरु जनताको मुक्ति आन्दोलनमा भौतिकरुपमै आवश्यकता परेमा नेपालमा फर्कन पनि तयार रहेका छन्। नेपालको बिषयमा बहस गर्न, नेपालको हितमा के गर्नसकिन्छ भनेर सोच्ने र साना साना क्षेत्रीय, जातीय, सामाजिक समाज बनाएर तथा राजनैतिक संगठनको क्षेत्रबाट नेपाल र नेपालीको हितमा कार्यक्रम गर्न अहिले बिश्वभरमा रहेका प्रवाशी नेपालीहरुको दैनिकी जस्तै बन्दैगएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: