यातायातहरुमा हुने महिला हिंसा रोक्न प्रहरी परिचालन

भक्तपुर, माघ २ – सार्वजनिक यातायातका साधनमा हुने महिला हिंसा रोक्न महानगरीय प्रहरी परिसर भक्तपुरले मंगलबारदेखि अभियान सुरु गरेको छ । परिसरले महिला हिंसा रोक्न भक्तपुर हुँदै काठमाडौं, ललिलपुर र काभ्रेतर्फ जाने सार्वजनिक यातायातका साधनमा सादा पोशाकका प्रहरी परिचालन गरी यस्तो अभियान सुरु गरेको हो ।

सार्वजनिक सवारी साधनमा महिलाले विभिन्न खालका हिंसा भोग्नु परेको व्यापक गुनासो आएपछि यातायातका साधनमा दुई दुई जना प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक पुष्कर केसीले बताए ।

अधिकांश गाडीमा महिला र अपाङ्गता भएका व्यक्तिका लागि तोकिएको आरक्षण सिटमा पनि पुरुष बसि दिने तथा महिलामाथि अभद्र व्यवहार गर्ने गरेको पाइएको छ ।

उनले कतिपय सार्वजनिक गाडीमा आरक्षण सिटसमेत नछुट्याएको पाइएकाले आरक्षण सिट लेख्न चालकलाई आग्रह गरेको बताए । प्रहरी परिसरले भक्तपुरदेखि मनोहरापुलसम्म सार्वजनिक गाडीमा प्रहरी खटाएको हो ।

सार्वजनिक यातायातका साधनमा महिला यात्रुलाई पेल्ने, संवेदनशील अङ्गमा हात लैजाने जस्ता अभद्र व्यवहार बढ्दै गएकाले यस्ता व्यक्तिलाई प्रहरीले पहिलो पटक नियन्त्रणमा लिएर काउन्सिलिङ गरेर छाड्ने र सोही व्यक्तिले यस्तो कार्य दोहो¥याएको पाइएमा सार्वजनिक ऐनअन्तर्गत कारबाही गरिने बताइएको छ । रासस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: