‘नागरिक’मा आक्रमण गर्नेको नालिबेली

From Mero sansar
‘नागरिक’ दैनिकको सुन्धारास्थित कार्यालयमा आज दिउँसो एक हुल आक्रमणकारीले कब्जा जमाए। तोडफोड गरे र पत्रकारहरुलाई कुटे। उनीहरुले के कारणले आक्रमण गरेका हुन्, त्यो प्रहरीको अनुसन्धानपछि प्रष्ट हुनेछ। आक्रमणमा कस्ता मान्छे संलग्न थिए, त्यो भने हामी तपाईँलाई बताउँदैछौँ। सबैभन्दा पहिला साथी मदन चौधरीले कार्यालयको न्युजरुमभित्र कब्जा जमाउँदा जोखिम मोलेर खिचेको फोटोमा देखिएका केही अनुहार हेरौँ।


यसमा देखिएको एउटा अनुहारहो शिव सेना नेपालका महासचिव माधव प्रसाद भण्डारी उर्फ बिजयम। राजधानीमा जग्गाको कारोबार गरेर दर्जनौं मानिसलाई फसाएका उनको पाँच करोडको हाराहारीमा ऋण भएको बताइन्छ।

माधव भण्डारी । फोटोः https://www.facebook.com/rojrom
धेरै मानिसलाई ठगी गरेकै कारण आधा दर्जनको संख्यामा रहेको सिमकार्ड फेर्दै हिड्ने भण्डारी पछिल्लो दुई वर्षदेखि शिव सेना नेपाल नामक पार्टीमा आबद्ध भएका छन्। संविधानसभाको निर्वाचनमा राप्रपा नेपालबाट सिन्धुपाल्चोक क्षेत्र नं १ बाट उम्मेदवारी दिएका उनले निर्वाचन क्षेत्रमै नगई १३ भोट पाएका व्यक्ति हुन्। 

धादिङमा जन्मिएका भण्डारीको स्थायी ठेगाना मकवानपुर जिल्लाको हटिया–३ हो। २०६१ सालमा नवलपरासीमा एउटा अवैध स्वास्थ्य क्लिनिक सञ्चालन गरेका थिए। त्यसको नाममा लाखौं रुपैयाँ उठाएर भागेका उनी २०६२ सालमा काठमाडौंको कलंकीमा नेपाल हेल्पिङ् ह्याण्डस् मल्टिपर्पोज सर्भिसेज (HQMS) नामक संस्था स्थापना गरेर लाखौं ठगी गरेका थिए।

कलंकीमा कुनै बेला बिजयम शर्मा भन्ने नामबाट नैकापमा बस्ने केही लागू औषधमा लागेका युवाहरुको २५ लाख रुपैयाँसम्म ठगी गरेका आरोपमा कालीमाटी प्रहरीमा उजुरी परेको थियो।

२०६४ सालदेखि कलंकीबाट बेपत्ता भएका उनी पुनः राष्ट्रिय बेरोजगार युवा संरक्षण मञ्चको नाममा उदाएका थिए। पारस र हिमानी निकट भन्दै उनले रामेछापका दर्जनौं गाविसबाट लाखौं रुपैयाँ संकलन गरेर केही सेट कम्प्युटर पठाएर ठगी गरेको आरोप लागेका व्यक्ति हुन।

राष्ट्रिय बेरोजगार युवा संरक्षण मञ्चकै नाममा बाजुरामा ठगी गर्दा गर्दै पक्राउ परी एक रात प्रहरी हिरासतमा बिताएर रिहा भएका व्यक्ति हुन् भण्डारी। बाजुरामा ठगी गरेको फाइल महानगरीय प्रहरी बृत्त कालीमाटीमा अझै रकर्ड हेर्न सकिन्छ।

२०६६ सालदेखि जग्गाको कारोबारमा लागेका भण्डारीले नैकापको एक भिर जग्गालाई घडेरी भन्दै झण्डै ५० जनासँग डेढ करोडभन्दा बढि रकम लिएर जग्गा पास नगरी मोबाइल स्वीच अफ गरेर बेपत्ता भएका छन्। उक्त जग्गाका पीडितहरुले महिनौंदेखि खोजी गर्दा पनि फेला नपरेका व्यक्ति हुन् माधव। केही समयअघिसम्म कलंकीमा बसोबास गर्दै आएका भण्डारी त्यहाँ बस्ने अवस्था नभएपछि विस्थापित भएर भैसेपाटी पुगेका व्यक्ति हुन्।

केही समयअघि मकवानपुरमा सम्पन्न भएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा काठमाडौं संयोजक बनेर अतिथि बन्न पुगेका भण्डारी ज्ञानेन्द्र शाहका पछि पछि स्कर्टिङमा पनि देखिने गरेका छन्।

दुई वर्ष अघि चितवनको टाइगर टप्प होटलमा पारसले गोली चलाएको घटनामा पारससँगै देखिएका भण्डारी पछिल्ला दिनहरुमा शिव सेना नेपाल नामक पार्टीका केही चुल्ठेमुन्द्रेहरुलाई प्रयोग गरेर विभिन्न फिरौती रकम असुलीमा संलग्न रहेको प्रहरी स्रोत बताउँछ।

प्रचारका लागि आक्रमण ?
मिडियामा आक्रमण भएपछि प्रचार हुन्छ र त्यही प्रचारबाट अरुलाई सजिलै धम्क्याउन सकिन्छ भन्ने सोच उनीहरुको हुनसक्छ। त्यसैले मिडियाले पनि उनीहरुको नियत बुझी घटनालाई बढाइचढाइ गरी चर्काउनुको साटो कानुनी रुपमा अघि बढ्नु उचित देखिन्छ।

आक्रमणमा संलग्न भएर पक्राउ परेका अरु व्यक्तिको नाम हेर्नुस्-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: