खसबाहुनको जिब्रो चाहिँ नक्कली ?

गाउँले बलदेव – अचेल कतिपय खसबाहुनहरू एक बसाइमा घैँटै रित्त्याउन सक्छन् त्यसैले जिब्रो लरबराउँछ। लरबरियो भन्दैमा जिब्रालाई नक्कली भन्न पाइन्छ? खसहरूले तीनपानेको झोकमा टाउकातिर ढुङ्गा नखसाउन्। सबै खसहरू भट्टीमा भेटिँदैनन्। संस् कृतका शब्द नेपालीकरण गर्ने प्रथमभाषी भनाउदा बाहुनक्षेत्रीले ‘त, थ, द, ध ‘का ठाउँमा ‘ट, ठ, ड, ढ ‘ बनाएका थिए। ‘तलाई ट भन्ने को हुन्? ‘ भनी कक्षामा गएर सोध्ने हो भने उत्तर एकमुख भएर आउँछ ‘नेवार ‘ले। राँगाको मासु खाएकै कारण जिब्रो
बाक्लिएको हो भनूँ भने अचेल सिङ्गै राँगाभैँसी निलुँलाजस् तो गर्ने बाहुनको जिब्रो फुलेर सगरमाथाभन्दा अग्लो हुनुपर्ने हो नि! संस् कृतको प्रसिद्ध शब्दकोशको रचना गर्ने ‘अमरसिंह’ नेपालकै नेवार हुन् भन्ने सुनेको थिएँ। नेपालमा संस् कृतभाषाको उत्थानार्थ सर्वाधिक योगदान
नेवार शासकहरूले नै गरेका थिए भन्ने कुरो शतप्रतिशत साँचो हो। नेपाली भाषाका प्रथम कवि ‘सुवानन्द ‘ पनि नेवारै थिए। उनको बिँडो बचाउने नेवारहरूले नेपाली भाषा शुद्धसँग बोल्न र लेख्नका लागि गहन भूमिका निर्वाह गरेका छन्। व्याकरणकार हृदयचन्द्रसिंह प्रधान, पारसमणि प्रधान आदि नेवारकै वंशज होइनन् र?
आफ्नो आङमा मात्र होइन पेटमै भैँसी दौडिएको पत्तोफाँट नभएका खसबाहुनहरूको लहैलहैमा लागेर नेवारहरूले ‘त ‘ वर्ग र ‘ट ‘ वर्गको उच्चारण उल्टो गर्छन् भन्ने सोच्नुभयो भने अक्षम्य अपराध लाग्ला।
पाठक महानुभावहरू! म सधैँ साँचो कुरो लेख्ने गर्छु भन्ने कुरो मैले भन्दा तपाईंहरूले बढी थाहा पाउनुभएको छ। कागले कान लगेकै छैन, किन पछिपछि दगुर्नु पर्‍यो? बरु मेरा कुरा ध्यान दिएर पढ्नुहोस् अथवा पढ्नेको मुखबाट सुन्नुहोस्। ‘स् था ‘ धातुमा उपसर्ग लाग्दा प्रायः ‘ष्ठा ‘ हुन्छ। यो हुनुमा नेवारकै जिब्रो दोषी हो त?
प्रतिष्ठा, प्रतिष्ठान, प्रतिष्ठित, अनुष्ठान आदि। ‘ति ‘ प्रत्यय ‘टि ‘ भएको कति ठाउँमा देख्न चाहनुहुन्छ? दृष्टि, सृष्टि, वृष्टि आदि तथा दृष्ट, स्रष्टा, द्रष्टा आदिमा प्रयोग गरिने ‘ट ‘ पनि ‘त ‘ कै रूप हो। संस् कृत व्याकरणकारहरू नेवारै थिए त? कर्तनबाट काट्नु, तत्परबाट टाठो, तुण्डबाट टुँडो, दंशबाट डस् नु, दण्डबाट डाँड (नु , दाहबाट डाह, देवपत्तनबाट देउपाटन, मृत्तिकाबाट माटो, वर्त्मबाट बाटो, वृद्धबाट बुढो, स् थानबाट ठाउँ आदिलाई तथाकथित चोखा खसबाहुनहरूको उच्चारण भन्नुपर्छ। दन्त्य वर्ण मूर्धन्य वर्ण बन्ने व्याकरणिक तथा भाषावैज्ञानिक नियम छ।
यसै नियमका आधारमा रमन= रमण हुन्छ। करन=करण हुन्छ। मरन=मरण हुन्छ। शरन = शरण हुन्छ। संस् कृत व्याकरण-अनुसार स् थानका आधारमा ण मूर्धन्य वर्ण हो। नेवारी जिब्राले नेपाली उच्चारण गर्दा देखिने विशेषता भिन्दै हुन्छ। भिन्न मातृभाषा भएका द्वितीय नेपाली भाषीले गरेको उच्चारणलाई उपहासको विषय बनाउनुभन्दा शुद्ध बोल्नका लागि प्रोत्साहन दिनु श्रेयष्कर हुन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: