केहि दिन अगाडी इटालीमा सम्पन्न भएको एन आर एनको बार्षिक साधारण सभामा कार्यक्रममा सहभागी महानुभाब संग अन्तरक्रिया गर्ने क्रममा प्रमुख अतिथि जीवा लामिछाने ज्यु ले एन आर एन को परियोजनामा लगानी गर्न आह्वान गर्नु भएको बिषयमा एक जना रोममा पी एच डी गर्दै हुनु भएका  सुवाल ज्यु ले सो पर्योजनामा लगानी गर्नु भनेको नेपालको युनिटी लाइफ इन्टरनेसनलले गरेको जस्तो त हुने हैन? भनेर सोधिएको प्रश्नलै जिबा लामिछाने ज्युले उचित जवाफ दिनुभएको थियो र त्यसको केहि दिनमै सो उनिटीका संचालकलाइ प्रक्राउ गर्न सफल भएको छ l अवैध गतिविधी संचालन गरेर करिब ४ अर्ब रुपिया ठगी गरेको अभियोगमा प्रहरीले युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष प्रसाद भनेर चिनिने काशीराज गुरुङलाई पक्राउ गरेको छ। भारतमा रहेका गुरुङलाई महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी निरीक्षक अवधेश विष्ट सहितको टोलीले इलामको पशुपतिनगरबाट पक्राउ गरेको हो। बिहान करिब साढे ६ बजे पक्राउ गरी टोलीले गुरुङलाई स्थलमार्ग हुदै भद्रपुर विमान स्थलबाट राजधानी ल्याएको छ। भारतको सिक्कीममा आफन्तकहा बसी विभिन्न पेशा संचालन गरी लुकिछीपी बस्दै आएका उनलाई प्रहरीले विशेष सुराकीका आधारमा पक्राउ गरेको हो। भारतमा रहेको बेला उनले विभिन्न टेलिभीजन च्यानलमा अन्तवार्ता दिदै आफुलाई कसैले पक्राउ गर्न नसक्ने जनाउदै शसस्त्र संघर्ष गर्ने समेत चेतावनी दिदै आएका थिए। भारतमा रहदा उनले आफ्नो नाम प्रशान्त राखेका थिए। उनले सिलोङबाट विनित लामा भनी नक्कली नामले सवारीचालक अनुमतिपत्र लिएका थिए। सोही अनुमतिपत्रका आधारमा उनले विभिन्न स्थानबाट कारोबार समेत गर्दै आएका थिए। दुई वर्षदेखि प्रहरीको “मोष्ट वान्टेड” सुचीमा राखिएका उनले नेपालको दुइवटा बैकको भीसा कार्डबाट रकम निकाल्दै आएका थिए। उनको साथमा कुमारी र एसविआइ बैकको भीसा कार्ड रहेको छ। ती मध्ये कुमारी बैकको कार्ड उनको बहिनी जौमाया गुरुङको नाममा रहेको प्रहरीले जनाएके छ। गुरुङले दुवै कार्डबाट रकम झिक्न्ो गरेको बुधबार महानगरीय प्रहरी परिसर ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) राजेन्द्र श्रेष्ठले बताउनुभयो। पक्राउ परेका उनलाई आइतबार अदालतमा पेश गरिने एसएसपी श्रेष्ठले बताउनुभयो। उनलाई ठगी र बैक तथा वित्तीय संस्था संचालन ऐन अन्तर्गत मुद्धा चलाइने भएको छ। पत्रकार सम्मेलनमा पक्राउ परेका गुरुङले युनिटी चेन मार्केटिङ अन्तर्गत ८ देखि १५ हजार रुपिया तिरी सदस्य बनेका ४ हजार १ सय ४४ सर्वसाधारणबाट ३ अर्ब ७९ करोड ९८ लाख, ७० हजार १ सय ३ रुपिया ७२ पैसा ठगी गरेको उल्लेख छ। तर युनिटीका सदस्यले भने ६ अर्ब रुपिया संकलन गरेको दावी गरेका छन्। लाखौ सर्वसाधारणलाई फन्दामा पारेको युनिटीले युनिटी रियल स्टेट,युनिटी इन्भेष्टमेन्ट, युनिटी अस्पताल, विमा तथा निक्षेप संकलन हुदै एयरलाइन्सदेखि उर्जा उत्पादनको काम संचालन गर्ने महत्वाकांक्षी योजना अघि बढाएर लाखौ सर्वसाधारणलाई ठगी गरेको थियो। चेन मार्केटिङ संचालन गर्दै आएको युनिटीले गैर कानुनी कार्य गरेको जनाउदै सार्वजनिक लेखा समिति र सरकारले समेत बन्द गर्ने निर्णय गरेको थियो। हालसम्म ४२ जनालाई पत्राउ गरी कानुनी कारवाही गरिसकिएको बताउदै एसएसपी श्रेष्ठले अब विष्णुबहादुर क्षेत्री र कृष्ण क्षेत्री दुई जना संचालक पक्राउ हुन बाकी रहेको जानकारी दिनुभयो। युुनिटीको धन्दा अवैध रहेको थाहा पाएपछि प्रहरीले जावलाखेल स्थित मुख्यालयमा छापा मारे लगत्तै मुख्य संचालकहरू फरार रहेका थिए। करिब डेढ वर्ष अघि सरकारले युनिटी माथी अन्याय गरेको जनाउदै युनिटीका सदस्यहरूले ठुला दलका कार्यालयमा समेत धर्ना दिएका थिए। प्रहरीले युनिटी माथी गत असार २० गते अदालतमा मुद्धा दायर गरेको थियो। “युनिटीलाई बैधानिकता देऊ” बुधबार पक्राउ गरिएका युनिटीका अध्यक्ष गुरुङले “म पक्राउ परेपनि आफ्ना सदस्यले सुविधा पाउन सबैलाई अनुरोध गर्दछु” भनेका छन्। पक्राउ लगत्तै सार्वजनिक गरिएको कार्यक्रममा उनले पत्रकारसंग भने मेरो यो आग्रह छ की म पक्राउ परेपनि सरकारले सदस्यलाई रकम फिर्ता देओस्। हामीले कुनै अपराध गरेको जस्तो लागेको छैन, यदी गरेको भएपनि सदस्यहरू मर्कामा नपरुन –उनले भने। मेरो सरकार समक्ष ५वटा माग रहेका छन्–युनिटीलाई बैधानीकता दिइयोस्, त्यसमा रकम राख्ने सबैलाई शेयर दिइयोस, सबैले रकम पाउने अधिकार भएकोले प्रक्रिया गरी रकम फिर्ता गरियोस, अदालतले हाम्रो संस्थालाई वैधानीकता देओस् र सबैले संस्था संचालन गर्न पाऊन्। “मोस्ट वान्टेड” सुचीमा राखेको अनुहार भन्दा वल्कुलै फरक अनुहारमा देखिएका गुरुङले निर्धक्क् हुदै भने —यहा सबै पत्रकारहरू हुनुहुन्छ। मेरो माग सरकारसम्म पु¥याई दिनुहोला।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: