मुलुक रहने कि नरहने? — वसन्त लोहनी

सपना बोकेका आँखाहरु रिक्तताले भरिएका छन्, अहिले। कारण, नेपालको राजनीतिलाई प्राकृतिक प्रक्रियामा अझै जान दिइएन। यस प्रक्रियामा नगइकन राजनीति थिग्रिन सक्तैन। राजनीतिलाई धमिलो नै पारिएर राखिएको छ। धमिलो पारेर जनताको नाममा कतिन्जेल माछा मार्ने? यहाँनिर यो मुलुकलाई माया गर्ने प्रत्येक नेपालीले मुटुमा हात राखेर बुझ्नुपर्ने कुरा हो, राजनीति नथिग्री मुलुकको हकहित, स्वाभिमान र पहिचानको हिफाजत कुनै हालतमा पनि हुन सक्तैन।

किन जान दिइएन र कसले जान दिएन त राजनीति थिग्रिनेतर्फ भन्ने प्रश्न एकदम जटिल बनेको छ। झन अहिले त परिभाषा नै च्यातिएको छ– के गर्न हुने र के गर्न नहुने भन्नेबीच। बिगत पाच वर्षदेखि तीब्र ‘नाडी छामाछामको राजनीति’ को डरलाग्दो खेल भयो। ब्यक्तिगत महत्वाकां212ाको ‘अर्जुनदृष्टि’ मा लम्पट भएर हाम्रा राजनीतिक शिरोमण्ािहरुले ‘भाषण जनताको रासन आफ्नो’ जोहो गर्ने यस खेलमा एकपछि अर्को दुस्सहास गर्दै जाँदा धापमा परेको हात्तीको जस्तो स्थितिमा मुलुकलाई ल्याइपुर्याएका छन् अहिले। पानीमाथि ओभानो हुन शक्ति प्रदर्शन र दिग्दर्शनको ‘आजुजे हा’ गर्नमा तल्लिन छन्। धन्य हो यिनको वुद्धि, यो न कलाकारिता भयो, न राजनीति। गल्ती स्वीकार्ने सहमति गरेर हिंड्न किन नसकेका?
सरकार छ र सरकार छैन बीचको रिक्ततामा आइपुगेको छ मुलुक अहिले। सरकार छैन भनु भने ‘हजारवाटबाट जिरोवाट’ मा आइपुगे पनि बाबुरामजी अझै प्रधानमन्त्रीको हैसियतमा विदेश भ्रमणमा जाने सुरसारमा छन्। उनको हैसियत भने कामचलाउ प्रधानमन्त्रीको भन्दा तल छ। तर सुर212ित ठान्छन् उनी अझै। उनको तागत के हो त्यो उनी नै जानुन्। जबकि उनको पार्टी करिव फुटी नै सकेको छ र प्रचण्डकालागि सबै उपयोग गरिने बस्तु सरह हुन्। अहिलेको प्रश्न भनेको संविधान, राजनीतिक वैधानिकता बा राष्ट्रिय सहमतिभन्दा बेग्लै छ। प्रश्न हो यो मुलुक रहने कि नरहने?
भौगोलिक रुपबाट द212िण एसियाको त्यही भागमा, चीन र भारत बीच, भारत परिवेष्ठित नेपाल त्यसरी नै रहन्छ जहा यो रहेको छ। नदीनालाहरु उत्तरबाट द212िणमा नै बग्ने छन्। मुलुक रहने कि नरहने भन्ने प्रश्न उठेको कारण हाम्रो थलोको सामूहिक अभिव्यक्ति, स्वास–प्रस्वास, परिश्रम गरी दुइछाक खान पाएर आफ्नो इज्जत र मुलुकको अस्मिता रहने हो कि नरहने हो भनेर हो। यसबारे छलफल अगाडि बढाउन सरसर्ती बिगतलाई हेर्नु पर्ने हुन्छ।
न प्रजातन्त्रले, न संविधान लेखनले, न अर्थतन्त्रले मञ्जिल फेलापार्न सक्यो अहिलेसम्म। सधै असन्तुलित छ यहाको राजनीति, किन? दलिन बालेर आगो ताप्ने राजनीतिक संस्कारको विकास यस अवधिमा जसरी भयो त्यसले हाम्रो आन्तरिक तागतलाई ‘स्लो प्वाइजनिङ’ अर्थात हल्का बिष दिए जस्तै बिस्तारै स्वाहा पारिरहेको छ। राजनीतिक प्रतिष्पर्धा यो बिन्दुमा भुरुङ घुमेजस्तो गरी घुमिरहेको छ। राष्ट्रिय अर्थतन्त्र ‘सुकुल गुण्डा’ को स्वरुपमा छ। विदेशी दान दातव्य के, कहा कसरी लिने या नलिने भन्न नसक्दा मुलुकलाई फाइदा भन्दा धेरै बढी हानी गरेको छ। हाम्रो आन्तरिक तागतलाई जुकाले चुसेको जस्तो गरेर चुसेको छ यसले। र, मूलरुपबाट भन्नुपर्दा हिजोको जस्तै छ अर्थतन्त्र आज पनि। हो, स्केल बदलिएको छ, त्यस्तै स्वरुप पनि। तर आफैले धान्नसक्ने राष्ट्रिय अर्थतन्त्रको जग भने बन्न सकेन। वेदेशी दान–दातव्यबाट गााजिदै कमजोर बनेको यस मुलुक मुलतः हृष्टपुष्ट तन्नेरीको ज्यानको वसार–पसारबाट अर्थात् रेमिटेन्सबाटै चलेको छ।
यो त परिणम भयो। कारण चाहिँ के हो त? कारण हो राजनीति। राजनीति भन्ने बित्तिकै जनताको कुरो आउँछ। यो मुलुकमा जे जति भएको छ सब जनताकै नाममा भएको छ। राणाकालको राजनीति थियो मुलुकलाई निजी सम्पति सरह गरेर राज गर्ने। र, यस क्रममा प्रयोग भएका थिए जनता आमोद–प्रमोदको वस्तु सरह। नाम लिइन्थ्यो जनता कै। तर दत्तचित्त रहनु पर्ने चााही सधै विदेशी आशीर्बादको थियो। जनताको कुरा उनीहरु पनि अहिलेका नेताहरु भन्दा कम गर्दैन थे। पद्म शमशेरकै कुरा गरौं। नेपाललाई पहिलो संविधान दिने उनी नै थिए– माघ १३, २००४ मा। यो आंशिकरुपमा पनि अठार दिनभन्दा बढी लागू नहुनु र सर्वाधिकार सम्पन्न श्री ३ महाराजा भएर पनि आफ्नै मुलुकमा टिक्न नसक्नु त्यो अर्कै कथा हो। जहासम्म यो संविधानमा जनताको मौलिक हकको ब्यबस्था गरिएको बिषय छ  त्यो कुनै संविधानको भन्दा कम छैन।
२००७ सालको क्रान्तिबाट प्रजातन्त्र आएपछि राजा त्रिभुवनले तजबिजी आन्तरिक संविधान दिए भने राजा महेन्द्रले २०१५ सालमा चुनाबी संविधान। प्रजातन्त्रको अपहरण गरेपछि महेन्द्रले जारी गरे २०१९ को निर्दलीय पञ्चायती संविधान। जन आन्दोलनबाट प्रजातन्त्र पुनर्बहाली भएपछि २०४७ सालमा आयो जनताको संविधान भने दोश्रो जन आन्दोलनबाट लोकतान्त्रिक संविधान। प्रत्येक संविधानले र प्रत्येक कालखण्डका शासकहरुले जनतालाई सातौ आसमानमा पुर्याउन कुनै कसर बाकी राखेका छेनन्। तर आम जनता भने सधै निरिह नै बनेका छन्। जुनसुकै शासन व्यवस्थामा पनि शासकहरुसँग लयबद्ध हुन सक्ने ती टाठाबाठाहरु अहिले डलर खेतिबाट संगठित भएर मोटाउदै जादा सडक तताउन सक्ने भएका छन्। सिङगो मुलुकको राजनीतिमा हावी पारिएको छ तिनलाई। यसरी आम जनता भने चुनाव भएमा पंक्तिबद्ध भएर भोटहाल्ने यन्त्र बन्न पुगेका छन्। तिनीहरुको आवाज, जुन असंगठित जन आवाज छ हो, त्यो आवाज अहिले नसुनिने भएको छ।
माओबादी यही माटोमा जन्मेको हो। तर हुकिर्एर र तागतिलो बनेको भित्र बाहिर दुबैतिरबाट हो। र, जन्माउनेचाहिँ २०४७ सालपछिका शासकहरु हुन् जो प्रजातन्त्रका योद्धा बनेर आएका थिए। यी योद्धाहरुको चरम बेइमानी र राष्ट्रलुटबाट आत्तिन पुग्यो पढेलेखेको सचेत मध्ययम बर्ग जो परिबर्तनको सशक्त संवाहक हो। यसरी निसासिन पुग्यो आम जनता र जन्म्यो माओवादी। सिक्दै, सिकाइदै प्रशि212ित हुदै आएर रोमाञ्चकारी बनेको माओबादीले प्रसस्त ‘रोम्यान्टिसिजम’ बााडे, बिपना कहिले नहुने सपना बाडे र सत्य र मिथकसँग लुकमारी खेल्दै, भारतले गराइदिएको १२ बुँदे समझदारीको प्रतिफलस्वरुप सत्तामा आइपुगे।
दोश्रो जनआन्दोलानको बलबाट प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालालाई राजनीतिक सहमतिको नामामा प्रसस्त दपेटे र तर्साए। उनीहरुको कुरामा आनाकानी भयो कि जङ्गल जान्छौ भनिहाल्थे। प्रधानमन्त्री भएको अठारौ दिन जेष्ठ ४, २०६३ मा मुलुकलाई धर्म निरपे212 गराए। त्यसैगरी सरकारबाट बहिरिए, भित्रिए अनि दपेटेर नै पुस ८, २०६४ मा राजतन्त्र फाल्ने निर्णय गराए। छ महिना पछि संविधानसभाले त औपचारिकता मात्र निर्बाह गरेको हो। प्रश्न यति मात्र हो कि धर्म निरपे212 र राजतन्त्र फाल्ने निर्णय गर्दा जनताको खिल्ली किन उडाएको। संविधानसभाको गठन पश्चात यी निर्णयहरु जनताको इज्जत गरेर गर्न सकिदैन थियो र? जनता भनेका के प्रयोग गर्ने बस्तु सरह मात्रै हो? को प्रधानमन्त्री र को राष्ट्रपति बन्ने आधारमा अन्तरिम संविधान लेख्ने र संशोधन गर्ने गरेर संविधानलाई त केही व्यक्तिको खेल्ने कागज जस्तो पारे यिनीहरुले। कुनै ब्यक्तिको नापमा सुचिकारले सिउने लुगा जस्तो बनाइयो संबिधानलाई। राजतन्त्र फाले तर आफु नाङगो बादशाह बने यी।
चार वर्षको अवधि न हासको चाल, न कुखुराको चाल गरेर खेलाउदा खेलाउदै बिताए यिनीहरुले। आजको यो दिन आउन तीन या चार पार्टीहरु र करिब दसजना उत्तिकै जिम्मेबार होलान्, या नहोलान्। तर माओबादीको प्रचण्ड बढी जिम्मेवार छन्। उनी के बोल्छन् त्यो महत्वपूर्ण हुन छाडिसक्यो यस अर्थमा कि बिहान बोलेको कुरो बेलुका काटिसकेका हुन्छन्। तर जे बोल्छन् मान्छेलाई झ्वाट्ट सुन्दा विश्वास पार्ने गरेर बोल्नसक्ने खुबी छ उनको। नेपाली सेनालाई मिलाईसक्यौ भन्न थालेका छन् अहिले।
हलो आड्काएका छन् संघीयता र एकल जातीय पहिचानमा। त्यो पनि तत्कालको राजनीतिक लाभका लागि। मुलुक रहोस् या नरहोस् यिनलाई हातहातै चाहिएको छ, उधारो होइन। यस्तो निकृष्ट मानसिकताबाट मालिक रिझाउनको लागि गरिने राजनीति र त्यसबाट प्राप्त हुने पारितोषिकको लागि प्रतिष्पर्धामा उत्रिएका यी राजनीतिक ठेकेदारहरुको चरम लुटपाटबाट अब के जन्मिने हो? के जन्माउन र हुर्काउन खोजिएको हो? अब के फाल्ने हो? यो खेल धेरै भयो धेरै, लौन। हाम्रो मुलुक रहने कि नरहने अब, ऐ भित्री बहिरी शिरोमण्ािहरु हो!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: