यूरोकप २०१२ मा दोश्रो चरणका खेल आजदेखि

गत शुक्रबारदेखि शुरु भएको यूरोकप २०१२ मा पहिलो चरणका खेलहरु गएरातिदेखि सकिएका छन् । सहभागि १६ वटा टिमहरुले आआफ्नो समूहमा एक एक खेल खेलिसकेका छन् । पहिलो चरण समाप्त हुदा केहि अप्रत्यासित नजिता निस्केका छन् भने प्रतियोगिताका दावेदारहरुले निराशाजनक शुरुवात गरेका छन् ।

पहिलो चरणमा भएका गोल र रिजल्टसहितको खेल तालिका डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

पहिलो चरणमा खेलिएका ८ खेलमध्ये ५ वटामा जित हारको नजिता निस्क्यो भने ३ वटा खेल बराबरी भए । युक्रेनले स्वीडेन, रसियाले चेक रिपव्लिक, जर्मनीले पोर्चुगल, डेनमार्कले नेदरल्याण्ड र क्रोएसियाले आयरल्याण्ड विरुद्धको खेलहरु जिते । तर युरोकपका दावेदार टोलीहरु इटली र स्पेन, फ्रान्स र इंगल्याण्डबीचको खेल बराबरी भए । त्यसैगरी ग्रीस र पोल्याण्डबीचको खेल पनि बराबरीमा सकियो । यूरोकपको दावेदार तथा गत विश्वकपको उपविजेता नेदरल्याण्ड डेनमार्कसँग १, ० ले स्तब्ध भयो । अघिल्लो चरणमा जानका लागि अब नेदरल्याण्डले जर्मनी र पोर्चुगलसँग जितका लागि खेल्नु पर्नेछ ।

८ वटा खेलमा २० गोल भयो भने २७ वटा कार्ड देखाईए । जसमध्ये २ वटा रातो कार्ड प्रतियोगिताको उदघाटन पोल्याण्ड र ग्रीसबीचको खेलमा देखाईएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: