संविधानसभा भंग हुने भो भन्दै नारायणकाजी रोए

कांग्रेस र एमाले संविधानसभा विघटनतर्फ लागेः माओवादी-मोर्चा

१३ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानसभा विघटनतर्फ गएको ठहर गरेका छन् ।

संविधानसभाको म्याद अब एक दिन र केही घण्टामात्र रहँदा पनि प्रमुख दलहरुबीच संघीयताबारे सहमति हुन नसकेपछि माओवादी र मधेसी मोर्चाले संविधानसभा विघटनतर्फ गएको निष्कर्ष निकालेका हुन् । ‘अत्यन्त दुःखद खबर छ, चार पक्षका बीचमा चलिरहेको वार्ता विफल भएको छ । कसरी सहमति गर्न सकिन्छ भन्नेमा केन्द्रीत हुन धेरै अपिल गर्‍यौं, केही लागेन’ माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ श्रेष्ठ प्रकाशले भन्नुभयो-’संविधानसभालाई के के विषयमा सहमति हुन सकेन भनेर जानकारी समेत नदिए संविधानसभाको विघटन भयो ।’ गहभरी आँसु पार्दै श्रेष्ठले अब संविधानसभा विघटनतर्फ गएको बताउनु भयो ।

माओवादी र मधेसी मोर्चाले संविधानसभा विघटन भए त्यसको जिम्मा कांग्रेस र एमालेले लिनु पर्ने बताएका छन् । फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले भन्नुभयो-’यदि संविधान बनेन र संविधानसभा विघटन भयो भने कांग्रेस र एमालेले जिम्मेबारी लिनुपर्छ ।’ १४ प्रदेशको पक्षमा दुई तिहाई सभासद उभिएपछि कांग्रेस र एमाले सहमति पनि नगर्ने र मतदानमा पनि नजाने पक्षमा उभिएको माओवादी र मधेसी मोर्चाको आरोप छ ।

बैठकमा माओवादी र मधेसी मोर्चाले एकल पहिचानका आधारमा १० वा १४ प्रदेश हुनु पर्ने अडान लिएका छन् । १० वा १४ प्रदेशका बीचमा सहमति खोज्ने र सीमांकन लगायतका प्राविधिक विषय टुङ्गाउन संघीय आयोग बनाउने वा मतदानमा जाने प्रस्ताव आफूहरुले राखेको उहाँले जानकारी दिनुभयो ।

शीर्ष नेताहरुको बैठकमा कांग्रेस र एमालेले भने बहुपहिचानका आधारमा प्रदेशहरु बनाउनु पर्ने अडान लिएका छन् । दुई दलले सहमति भएका विषयलाई संविधान बनाएर पारित गर्न र बाँकी विषयलाई रुपान्तरित संसदबाट टुङ्गो लगाउनु पर्ने अडान लिएका छन् ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: