कसरी अरुलाई खुशी राख्न सकिन्छ र आफू पनि खुशी बन्न सकिन्छ???

Dinesh Bala Shrestha, Rome

यहा को खुशी र को शुखी छ? क्षनिक खुशीलाई खुशी मान्ने की दिर्घकालिन दु:खलाई खुशी मान्ने? सूख र खुशीको खोजीमा यहा मानिस दुखै दु:खको सागरमा डुबी रहेका छन्। सागरको एक किनारबाट हेर्दा कति कहाली लाग्दो देखिन्छ पानी। सोही पानीको सागरलाई हेर्नुस् जब तपाईं खुशी हुनुहुन्छ। खुशीको आँखाबाट हेर्दा सोही सागर रमाइलो मनोरन्जक अनुभब हुन थाल्दछ। कति रमाइलो संसार कति अकल्पनिय दुनिया। यसरी एक छिन् भएपनि आफ्नो मनलाई बहलौन पाउदा आफूलाई हराउन पाउदा ,,,,,। वास्तवमा क्षनिक नै हुन्छ। सोही क्षनिक खुशी पाउनको नीम्ति मनिस् अनेकौ लोभ,पाप अनी लालचमा फसिरहेको हुन्छ। कसैको निर्दोश जीवनमा सो पापी नजर परेपछी त्यो निर्दोश जीवनमा आउने परिवर्तनले क्षनिक खुशी त अबस्य दिन्छ तर दिर्घकालिन दु:ख अनी पिडाको नमेटिने दाग पनि लगाएर गएको हुन्छ। एक छिन् मिलन हुन्छ। त्यो मिलन कति महत्वपुर्ण कति रमाइलो,,,,त्यही मिलनको बसनाले भोलि मरन्यन्तको अथवा अन्त्य बनाइदिन्छ जिन्दगी नै। समयलाई दोष दिनु आफ्नो कम्जोरी र आफ्नो भुललाई औल्यौनु हो।

भगवानले यो संसार भरी जतिमनी मनिसहरू छन् तिनीहरू सबैलाई बराबर दिमाग दिएका छन्। यहा कसैलाई धेरै कसैलाई धोरै गरेको छैन् भगवानले। आपत बिपदमा सोच्न सक्ने क्षमता दिएको छ। घाउ हुनबाट जोगिन होसियार हुन सिकएको छ र घाऊको उपचार गर्ने सक्ने बुद्दी दियेको छ। समय र परिस्थ्तीलाई कसरी सामना गर्दै लानु पर्छ भनेर सिकाएको छ भगवानले। मन र चित्तलाई शान्त र सफा राखी राख्ने उपाए हरेक मनुश्य पाएकै हुनुपर्दछ। यहाँ फरक यति मात्र छ की भगवान आफै यी सबै कुरा दिन अगाडि प्रकट भएका छैनन्। यहा भगवानको रुपमा हाम्रो दिशाबोध गराउने शिक्षक र जन्म तथा कर्म दिने पिता हुन भगवान। उहाँहरूबाट हामिले सानो छदा जस्तो शिक्षा पायेका हुन्छौ त्यहि नै आजको परिनाम हो। यसमा कसैको दुई मत नहोला। यहा दु:ख नदेख्नेलाई दु:ख अस्चर्य लाग्न सक्छ भने खुशी नदेख्नेलाई दु:ख नै जिन्दगी बनेको हुन्छ। यसैलाई आफ्नो भाग्य सम्झेर जिन्दगीको पूर्णता सम्झिन्छ भने आफूलाई त्यहाबाट अली माथि उठाउने प्रयास पनि गर्दैन। यहा एउटाको मन खुशीले पागल बन्छ सोही समय अर्कोको मन दु:ख आनि बेदनाले आँशु अनी पिडाले छट्पटिन पुग्दा कसरी जिउने अलम्मल्ल पर्छ। दु:ख नै हो जिन्दगी भनेर मान्न कोइ तयार छैनन्। खुशी,सुख अनी समाधानको खोजीमा अवस्था अनी समस्यालाई झन् नाजुक बनाउन पुग्छ र जिन्दगीको उद्धेश्यलाई नै बिर्षीन पुग्छ अनी अन्त्य र असफल्ताको शिकार बन्न पुग्छ।

म चाहन्छु मेरो कारण कोहि दुखि नहोस्। म चहन्थे कसैलाई मेरो कारण चित्त नदुखोस्। शायद असल ब्यक्तिहरू यस्तै सोच्छन होला। तर मैले आफू खुशी बन्ने प्रयास पनि गरिरहेकै हुन्छु भने मेरो खुशीमा अरुको दु:ख छ भन्ने कुरा नै बिर्षिन्छ। अब भन्नुस् कसरी अरुलाई खुशी राख्न सकिन्छ र आफू पनि खुशी बन्न सकिन्छ????

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: