जापान वस्ने बिदेशीको संख्या घट्यो

योमिउरी सिम्बुन । जापानमा बस्ने विदेशी नागरिकको संख्यामा कमी आएको छ । न्याय मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार सन् २०११ को अन्त्यसम्ममा जापानमा बस्ने दर्तावाल विदेशीको संख्या २० लाख ७८ हजार ४ सय ८० छ । जुन अघिल्लो वर्षको तुलनामा ५५ हजार ६ सय ७१ ले कम रहेको मन्त्रालयको भनाइ छ ।
यो सँगै जापानमा बस्ने विदेशीको संख्यामा कमी आएको यो तेश्रो वर्ष हो । सन् २००८ मा जापानमा विदेशी नागरिकको संख्या अहिलेसम्मकै सबैभन्दा उच्च संख्यामा पुगे यता विदेशीको संख्या घट्दै गएको छ । पछिल्लो वर्ष विदेशी नागरिकको संख्या ५० हजार भन्दा बढिले घट्नुको मुख्य कारण गएको वर्षको विनाशकारी भुइँचालो, सुनामी तथा फकुसिमाको आणविक संकट हुनसक्ने जापान सरकारको भनाइ छ । सन् २०११ मा जापानमा विदेशीको संख्यामा २ दशमलब ६ प्रतिशतले कमी आएकोमा भुइँचालो तथा सुनामी प्रभावित इवातेमा १५.५, मियागीमा १३.२ र फुकुसिमामा १५.१ प्रतिशतले कमी आएको छ ।
तथ्यांक अनुसार जापानमा बस्ने विदेशी मध्ये सबैभन्दा बढि चिनियाँ छन् । जापानमा अहिले ६ लाख ७४ हजार ८ सय ७१ जना चिनिया नागरिक बसोबास गर्दै आएका छन् । त्यस्तै दोश्रोमा दक्षिण कोरियाली छन्, कोरियालीको संख्या ५ लाख ४५ हजार ३ सय ९७ तथा तेश्रोमा ब्राजिलियन २ लाख १० हजार ३२ जना छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: