भक्तपुरमा तीन घरमा आगलागी

२९ माघ, भक्तपुर। भक्तपुर नगरपालिका-१५ इताछेँमा आइतवार विहान आगलागी भएको छ । विद्युत् सट भएर आगलागी भएको प्रहरीले जनाएको छ । दुईघन्टा बढी आगलागी हुँदा पाँच परिवारको तीनवटा घरमा आगलागी भएको छ ।

बिहान करिब ८ बजे कृष्णभक्त देशेमरुको माथिल्लो तल्लाबाट सुरु भएको आगोसँगै रहेको कृष्णराम कुटुबञ्जार र एकै घरमा रहेको विष्णु टुकुबञ्जार, तुलसी टुकुबञ्जार र कृष्ण कुटुबञ्जारको घरभित्रका सामग्री जलेर नष्ट भएको छ । आगलागी भएपछि स्थानीय बासिन्दा, सूर्यविनायक व्यारेकका नेपाली सेना, नेपाल प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी र भक्तपुर तथा काठमाण्डौका  एक-एकवटा दमकलको सहायताले दुई घन्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

देशेमरुको घरको माथिल्लो तल्लामा रहेको पराल, छ्वाली बलेर ठूलो आगो निस्किएपछि नजिकका अन्य घरमा समेत सल्किएको थियो । आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्न, भाँडाकुँडा, पैसालगायतका सामग्री जलेको पीडितले बताएका छन् । आगलागीबाट करिब सात लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । रासस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: