कामको खोजीमा नेपालीको विदेश यात्रा / भारत जाने घटे तेस्रो मुलुक जाने बढे

कामको खोजीमा नेपालीको विदेश यात्रा / भारत जाने घटे तेस्रो मुलुक जाने बढे
बिरा गडाल, (बैतडी), केही वर्षअघिसम्म रोजीरोटीको खोजीमा बैतडीका युवाहरु छिमेकी मुलुक भारतमा जाने गर्दथे तर हालैका वर्षमा तेस्रो मुलुक जानेको संख्यामा वृद्धि भएको छ। खाडी मुलुक बेरोजगार युवाहरुको लागि गन्तव्य थलो बन्न थालेपछि यहाँका युवाको आकर्षणको केन्द्र बनेको हो।

भारतमा भन्दा आर्थिक रुपमा केही बढी कमाइ गर्न सकिने भएकोले युवाहरुको आकर्षण बढेको विशालपुरका स्थानीय समाजसेवी तारा चन्दको छ। विदेश जानका लागि राहदानी बनाउन सदरमुकाममा भेटिएका नुवाकोटका रमेश बोहराले भने- ‘यहाँ बसेर कुनै काम पाइन्न हामीजस्तो दुई-चार कक्षासम्म पढेकाहरुको लागि कि त भारतमा ज्याला मजदुरी गर्नुपर्ने कि त लेबर भिसामा खाडी मुलुक जानुपर्ने बाध्यता रहेको छ।’

अचेल गाउँमा आफ्नो उमेरका दौंतरी भेटिन मुस्किल हुने गरेको उनले बताए। सबै युवा विदेशिने क्रम बढ्न थालेपछि एउटै गाउँबाट कम्तीमा १० जनादेखि ४० जनासम्म रोजगारीका लागि विदेश पलायन भइरहेका छन्। केही वर्षअघि नेपाल सरकारले देशमै रोजगारीको सिर्जना गर्न ल्याएको युवा स्वरोजगारको तालिम लिन भ्याएका न्वादेउका दुर्गादत्त पन्त अहिले खाडी मुलुक जाने तरखरमा छन् देशमै रोजगारी पाएर केही गरौं भन्ने सोच बनाएका पन्तले भने आर्थिक अवस्था कमजोर भएर केही व्यवसाय गर्न सकिएन सरकारले राहतस्वरुप केही गर्ला भन्ने आशा थियो त्यो पनि आकाशको फल आँखातरी मर भनेझैं भएको दुखेसो गर्छन्।

आर्थिक अवस्था कमजोर भएका स्थानीय युवाहरुको रोजगारीको केन्द्र बनेको खाडी मुलुक जान ऋण काढेर खेतबारी धितो राख्नुपर्ने बाध्यता रहेको छ। कमाएको सबै पैसा ऋण तिर्नमा ठिक्क हुने गरेको छ। साउदी अरबबाट एक महिनाअघि फर्केका हाटका धनबहादुर बोहराले- ‘दुई-चार पैसा कमाइ होला भनेर रात दिन खटेर काम गरियो कमाएकोजति ऋण तिर्नमै सकियो’ उनले भने। स्वदेशमै सानोतिनो कामधन्दा गर्ने अठोट गरेका बोहराले भने देशमै रोजगारीको अवसर पाए मजस्ता कयौं युवा देशमै केही व्यवसाय गरेर जीवन निर्वाह गर्न सक्थॆ। तर स्वदेशमा अवसर र क्षमता भए पनि युवाहरुले आफ्नो क्षमता देखाउने बाटो पहिल्याउन नसकेको उनको ठहर छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: