भ्रष्टाचारमा नेपाल १५४ औँ स्थानमा

विश्वका १८३ देशमा गरिएको अध्ययनअनुसार नेपाल भ्रष्टाचार हुने मुलुकहरुमध्ये १५४ औँ स्थानमा रहेको पाइएको छ ।

भ्रष्टाचार विरोधी अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल -टीआइ)ले आज यहाँ र्सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क २०११ मा सूचीकृत १८३ देशमध्ये नेपालले कुल १० अङ्कमा २.२ अङ्क मात्र प्राप्त गरेको टीआइ नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बताइयो ।

सन् २०१० मा पनि नेपालले २.२ अङ्क पाएको थियो ।

अध्ययन प्रतिवेदनअनुसार अफगानिस्तानपछि दक्षिण एसियामा यसवर्ष पनि बढी भ्रष्टाचार हुने देश नेपाल नै भएको छ भने भूटान सबभन्दा कम भ्रष्टाचार हुने मुलुकमा गनिएको  छ ।

टीआइले नेपालमा व्यापक भ्रष्टाचार रहेको निष्कर्ष निकालेको छ । राजनीतिक सङ्क्रमणले गर्दा भ्रष्टाचार नियन्त्रणजस्तो संवेदनशील विषयप्रति राज्यका तर्फाट आवश्यक चासो नदिनु नै यसको प्रमुख कारण भएको टीआइको ठहर छ ।

प्रतिवेदनमा सरकार सुशासन कायम गर्न संवेदनशील हुन नसकेको, राजनीतिक दल र राजनीतिक नेतृत्वमा भ्रष्टाचार नियन्त्रण गर्नेसम्बन्धमा आवश्यक प्रतिवद्धता एवं इच्छाशक्ति नदेखिएको उल्लेख गरिएको छ ।

प्रतिवेदनले विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक उत्तरकोरिया भएको र सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक न्युजिल्यान्ड भएको पनि औँल्याएको छ ।

कार्यक्रममा टिआइ नेपालका अध्यक्ष विष्णुबहादुर केसीले नेपालमा भ्रष्टाचारमा नयाँ संस्कृतिको विकास भएको, दण्डहीनता बढेको र सरुवाबढुवामासमेत कमिशन खाने प्रवृत्ति बढेको, वैदेशिक सहायता पारदर्शी नभएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि नागरिक समाज, बुद्धिजीवी र सञ्चारजगत्ले सशक्तरुपमा आवाज उठाउनुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: