बिदेश एक सपना र यथार्थता


 

Dinesh Bala Shrestha

 Rome, Italy

नेपालीहरुको बिदेश जाने र पैसा कमाउने सपना बोक्दै बिदेशिनेहरुको संख्या दिन दुइगुना रात चौगुना भने झै हिसाबमा बढिरहेको छ। यस्तै  देशहरु मध्य यूरोप अन्तर्गत पर्ने इटली पनि एउटा केहि बर्ष यता सपनाको नयाँ देश बनेको छ। यहाँ आउने नेपालीहरुको संख्यामा निकै बृदि हुन थालेको छ। बिभिन्न उद्देस्य लिएर इटली आउनेको संख्या २००७ देखि बढदै आएको देखिन्छ । हुन त इटली आउने अबसर पाएर यहाँ आउने संख्यामा जति जति बृदि हुँदै गएको छ, त्यति नै हिसाबले नेपालीहरुमा एकता सहयोग र नेपालीपनको बिशेषतामा ह्रास आएको देखिन थालेको छ। २००७ अगाडि कोही नयाँ नेपाली अनुहार देखिएमा निक्कै खुशी लाग्ने र हर्सित भई एक अर्काको समस्या सुझाब आदन प्रदान गरिन्थियो। सबै नेपालीहरु हप्तामा एक दिन भेट्ने प्रख्यात थलो थियो भिक्टोरिया पार्क। त्यहा कुनै समस्या परेका नेपालीले आफ्नो समस्या रख्थियो र समाधानको लागि छलफल गरिन्थियो। अहिले यस्तो छैन। बातावरण निकै परिबर्तन भईसकेको छ। त्यो पार्कमा नेपाली भेत्तिदैन। सबै नेपालीहरु आफ्नै आफ्नै भेटघाट गर्ने थलो छ अहिले। थोरै भएको नेपालीहरु बीच पनि राजनैतिक होस् वा क्षेत्रीय होस् वा जातिय भेद, यी सबै कारण आज नेपालीहरुमा ठुलो बिभाजनले देखिन्छ। तर नेपाल देखि इटली सम्म आइपुगुन्जेल अधिकाशले अर्थिक र मानशिक पिडा भोग्ने संख्यामा पनि उत्तिक्कै बढेको छ जसको बारेमा आजभोलि त्यति धेरै बहस हुन्न। यहा सम्म जे जसरि आइपुगिए पनि आफ्नो दुख कस्ट र उधेस्य सायद सबैलाई आफ्नो मनमा तिखो बाण भएर घोपिरहेको त होला नै। इटली आइपुग्ने नेपालीहरु मध्य आफन्ती प्रोसेसबात आउनेको संख्या अधिक्तम देखिन्छ। हालको कुल नेपाली संख्या मध्य ६०% अफन्ती प्रोसेसबाट आईपुगेको अनुमान गरिन्छ। गत जुलाई 31/2011 मा भएको एन आर एन इटलीको बार्षिक साधारण सभा अनुसार इटलीमा लगभग ४२० साधारण सदस्य रहेका छन्। अहिले केही समय अबधि मै यो संख्यामा  द्रुत्त बृदि भई रोममा नै चार सय भन्दा धेरै नेपाली छन् भने लग्भग इटालीमा ९०० भन्दा धेरै भएको अनुमान गरिएको छ भने नेपालीहरुको वास्तविक संख्या यो भन्दा नि धेरै हुन सक्ने अनुमान छ।

यहाँ जे जस्तो दु:ख पिडा भोग्नु परे पनि आफ्नो दुखद जीवन बिताउन सबै बिबस छन्। न कसैले हृदय खोलेर दु:ख पोख्न सक्छ न त येस्तो मानसिक तनाबबाट  छुट्कारा नै पाउन सक्छन । यसको मुख्य कारण विदेश गएपछि पैसा कमाइहालिन्छ र जिन्दगी सुध्रिन्छ भन्ने मनसायले केही सोच्दै नसोची बिदेश होम्मिनु हो। तर सोचे जस्तो कहाँ छ र? नयाँ देश् नयाँ ठाउँमा जहा न चिनेको मान्छे न भाषाभेस रहन सहन, स्थापित हुन धेरै मिहेनत गर्नु जरुरी हुन्छ। यहाँको मुख्य समस्या भाषा जुन अङ्रेजी भन्दा धेरै फरक छ र अङ्रेजीले यहाँ काम चल्दैन। भाषा कै कारण अमेरिका र बेलायत भन्दा यहाँको जनजिबन कष्टकर छ। यहाँ आउने हरेक नेपालीको सबैभन्दा ठुलो समस्या भाषा रहेको कुरा रोम समाजका पूर्व अध्यक्ष्य प्रकाश महर्जन बताउनुहुन्छ। उहाँ लगाएत त्यतिबेला नेपाली समाज रोममा रहेका हरिभक्त काराखेती, देव गुरुङ र रमा लामिछाने ज्युहरुले बिभिन्न कार्यक्रम मार्फत नयाँ नेपालीहरुको लागि भाषा कक्षा पनि सन्चालन नगर्नु भएको भने हैन तर उल्लेखित संख्यामा कक्षामा उपस्थित नहुनु र आबश्यक सरसल्लाह र सहयोग नपाउदा यो भाषा कक्षा सन्चालनले निरन्तरता पाउन सकेन। मेरो बिदेशको लामो समयको अनुभबले के भन्छ भने हामि नेपालीहरु नेपाल जस्तो गरीब मुलुकका भएपनि हामि यहाँको जस्तो ढुखमा बाच्नु पार्ने बातावरण छैन। कुनै पनि नेपालीले हात्मुख जोड्न नेपालमा यति धेरै दु:ख भोगेका हुन्नौ। फलत यहाँको अकस्मिकतामा हामि अत्तालिन पुग्छौ। यो बातावरणमा बाँच्न धेरै मिहेनत र धैर्यताको आबस्यक हुन्छ। यहि धैर्यता, र मिहेनत गर्न हिच्किचाउनेहरु असफल्ताको शिकार बन्न पुगछन।

नेपाल गरीब अबस्य छ तर सामान्य अत्याबस्यक सुबिधाको समस्या बाहेक त्यहाँ जीवन यापन गर्ने सम्पुर्ण नेपालीहरुको दैनिक जीवन साधारण तर सजिलो हुन्छ। साग र सिस्नु सँग तरकारी खाएर भएपनि आफनो परिवार सँग बाचिरहेका हुन्छौ यसको सुख अनौठो र भिन्न हुन्छ र उत्तिनै महत्वपुर्न हुन्छ जुन कुरा हामिले बिदेश आएपछि मात्र महसुस गर्छौ। एक तिर बाध्यतामा घरबाट टाढिनु पारेकोमा मानसिक चिन्ता अर्को तिर नयाँ ठाउँमा जीवन अस्थिर। यस्तै कुराहरुले हाम्रो मन र दिमाग कम्जोर बन्न पुग्छ र के गर्दा राम्रो र के गर्दा नराम्रो छुट्याउन गार्हो हुन जान्छ। फल स्वरुप निरश खाली निराश्।

अधिकांश यहाँ आउने नेपालीहरु बुझ्दै नबुझी इटली भनेको के हो कस्तो देश् हो र यहाँ कस्ता खालका अबसर सम्भब छ भन्ने कुराको जानकारी बिना आएको देखिन्छ। मात्र सोचेको हुन्छ इटली यूरोप हो यहाँ युरो चल्छ र युरो कमाइन्छ। यस्ता खलका गलत आशाले युरो हैन निरशा पक्कै कमाइन्छ। अहिलेको जमनामा दुई चार अक्षर नपढेका नेपाली हुदैनन तर बहुसन्ख्यक नेपालीहरु भने अल्पशिक्षित नै मान्नु पर्छ। त्यहि अल्पशिक्षा धारीत हामि नेपालीले यहाँ राम्रो अबसरको आशा गरेका हुन्छौ। जुन शिक्षाले अहिले नेपालमै मन्यता पाउदैनौ। हो यहाँ अमेरिका र बेलायत जस्तो शिक्षित दक्षता र क्षमताको कुनै मोल र मन्यता छैन। अरु देशहरुमा जस्तो यहाँ ठुला ठुला कम्पनी तथा अफिसमा काम गर्ने भनेको चन्द्रमाको यात्रा गर्नु सरह हो।  शिक्षाको बाबजुत तपाईं सँग अरुकुनै बिशेष कामको दक्षता छ जस्तै सवारी चालक महिला नर्श भने पनि सोही अनुरुपको काम पाउन गार्हो छ। ट्याक्सी ड्राइभर मात्र बन्न पनि इटालियन हुनु पर्छ र अरु दक्ष शिप भएकोहरुलाई मुस्किलले अबसर पाए पनि भाषा टगारो अबस्य बन्छ। यहाँ बिदेशीले पाउने काम भनेको इटालियन नगर्ने काम हो। अहिले इटालियन आफैमा बेरोजगारीको शिकार बन्न पुगेका कारण प्राय हरेक काम यिनीहरु आफै गर्छन्। यहा बिदेशी भने पछि हेला गर्छन। बिगत कैयौ वर्ष देखि बसोबास गर्दै आएका बंगालीहरुले इटालीमा राम्रो प्रभाब पर्नुको साटो नराम्रो अस्तित्व फैलाएको कारण यहा रोजगारीको सिलसिलामा आउने बिदेशी यहाँ राम्रो नजरले हेर्दैन। बंगाली लगाएत रोमानियन, अरबी, इजिप्सियन, चाइनिज, फिलिपिन्स र दक्षिण अमेरिकन (पेरु, बोलिभिया, अर्जेन्टिना,ब्राजिल, मेक्सिको आदि) यहाका बहुसंख्यक बिदेशी हुन्। इटालीको हरेक ठाउको हरेक किसिमको काम इटालियन आफै गर्छन। बाटो सफा गर्ने देखि घर बनाउने कन्स्ट्रक्सन आदि काम सबै यिनीहरु आफै गर्छन।

अबगत रहोस् यहाँ अरु मुलुकमा जस्तै ग्रीन कार्ड सिस्टम हुदैन। यहाँ सिमित किसिमको रेसिडेन्स पर्मिट हुन्छ। जसमा साधारणत लाबोरो अर्थात काम्दार रेसिडेन्स। यस्को लागि यहाँ काम हुनु पर्छ,कामको करार अबधी निश्चित हुनु जरुरी हुन्छ। त्यसै करार अबधीको अधारमा यहाँ बस्ने अनुमती पत्र प्रदान गर्दछ। तसर्थ यहाँको बस्ने अनुमतीपत्र अरु मुलुकको ग्रीन कार्ड सरह हैन। तपाईं  जब सम्म रोजगारी हुनुहुन्छ तब सम्म मात्र यहाँ बस्ने अनुमती पाउनु हुन्छ। जुन हरेक २ बर्षमा अनिबार्य नबिकरण गर्नु पर्दछ। तर तपाईंले ५ बर्ष सम्म लगातार करारमा काम गर्नु भयो भने चाँही अनलिमिटेड पेरीअड रेसिडेन्स पर्मिट पाउनु हुन्छ। तर यस्को लागि पनि बिभिन्न नियम कानुनको समान गर्दै जनुपर्ने हुन्छ। अनलिमिटेड रेसिडेन्स पर्मिट भनेको कुनै अबधी नै नभएको असिमित पर्मिट हो। यो कहिल्यै नबिकरण गर्नु पर्दैन तर हरेक १० बर्षमा फोटो परिवर्तन गर्नु पर्छ जस्को लागि नबिकरण सरह नै प्रक्रिया पुरा गर्नु पर्दछ।

यहाँ संसार भरिका मनिषहरु देख्न सकिन्छ। कोहि रोज्गारीको शिल्सिलामा त कोहि भ्रमण। बिभिन्न देशबाट आउने भएकाले मानिसहरुको प्रकृति पनि बिभिन्न किसिमका हुन्छन। असल र सहयोगी स्वभबका मनिष कमै देख्न सकिन्छ। प्राय चोर फटाहा र धोकेबाज नै भेत्तिन्छन। बिशेषत तुनिशिया,अल्जेरिअ,इजिप्त्, मोरोक्को जस्ता अफ्रिकन अरबी देश तथा पुर्बी युरोप जस्तै रोमानिया, अर्मानिया,मक्कदोनिआ,सर्बिया युक्रेन रस्सिया आदि देशबाट रोजगारीको लागि आउने मनिषहरु बेरोज्गार हुनुपर्दा चोरी दकैती जस्ता अपराधिक कार्यमा सङ्लघ्न हुन्छन्। इटलीको जुन्सुकै ठाउँमा छरियका यस्ता मनिषहरुबाट दिनदहाडै लुत्पात माच्चाएको प्रत्यक्ष्य देखिन्छ। यीनीहरुको पेशा नै यस्तो भएको कारण शहरमा नयाँ आगन्तुक देख्ने बित्तिकै आफ्नो शिकार बनाइ हाल्छ। यस्तो शिकार नबनेका नेपाली साथीहरु कमै होला इटलीमा। त्यसै मध्य एक जना साथी माथि घटेको घट्ना याद आयो। साथी महिना भर काम गरेर तलब हात पारेर घर आउँदै थियो। बाटामा एक जना अपरिचित ब्यक्तिले रोकेछ र iphone  देखाउदै २०० युरो भन्दै हात समातेर उक्त iphone थममै दियो। साथीले पनि ८०० को चिज २०० मा पाउदा खुशी हुँदै किन्ने बिचार गरयो। किन्ने लग्भग तय भए पछि त्यो अपरिचित मान्छेले पैसा लियो र ipnone प्याक गर्दिन्छु एक छिन् भनेर एताउता गरेर प्याक गर्‍यो अनी यो प्याक यहाँ नखोल पुलिसले देख्यो भने अफ्थेरो हुन्छ, घरमा गएर खोल है भनेर भनेछ। साथी सोझो नयाँ मान्छे हुन्छ भनेर घर लगेर खोलेर हेर्दा त iphone कै तौलमा फलामको पाटा। यानिकी त्यहा iphone थिएन। यसरी प्राय सबै नेपालीहरु ठगिएको छ। यती मात्र नभई बस,ट्राम,मेट्रो तथा रैलमा पनि उत्तिक्कै पकेटमारहरु हुन्छन्। यिनीहरुको एक समुह हुन्छ र कुनै मनिषको पछि लागेर पकेटमार्ने तथा लुत्पाट मचाएर भाग्ने गर्दछ। कत्तिको पासपोर्ट, क्रेडिट कार्ड,परिचय पत्र लगायत अत्यन्त आबस्यक कागजात चोरी हुन पुग्दा पीडित ब्यक्ति अल्पत्र पर्ने गर्दछ। तुरुन्तै प्रहरी उजुरी गरे पनि त्यसबाट फाईदा भने हुदैन।

बिदेशी द्वारा मात्र हैन यहाँ नेपाली बाटै नेपाली ठगिएको तथ्य पनि म यहाँ लुकाउन चाहन्न। नेपालीबाट नेपाली ठगिएको यथार्थ उद्रित गर्नु पर्दा दु:ख लाग्छ। जब देखि इटलीमा नेपालीहरुको आगमनमा बृदि हुन थाल्यो तब समस्याहरु पनि बढ्न थाल्यो। बिभिन्न गैर इटली मुलुक हुँदै यहाँ सम्म आइपुगनुको मुल उद्यस्य नै यहाँको रेसिडेन्स बनाउनु र जीवनलाई सरल बनाउन कोसिस गर्नु हो। तर सोचे जस्तो सजिलो कहाँ छ र? न यहाँ सम्म आईपुग्न सजिलो छ न त आइसकेपछि पनि सोचे जस्तो उधेश्य प्राप्त गर्न सजिलो छ। २००७ अगाडि र यो हाराहारीमा यहाँ आइपुग्ने कयौ नेपालीहरुको कथा बेग्लै छ। कसरी इटली सम्म आइपुगे भनेर अहीले सोच्दा पनि मुटु काम्ने कुरा अशिम पाठक (नाम परिबर्तन) बताउनु हुन्छ। उहाँलाई एक जना नेपाली दलालले ७ लाखमा रसिया पुर्यायो। रसियाको अनकन्टार जंगलमा खाइ नखाइ बर्षौ बिताएको र अनेक मानसिक शरिरिक यातना खपेको सम्झेर मुटु चिसाउनुहुन्छ। रसिया बाट इटली र अरु यूरोपियन मुलुक प्रबेश गर्न सजिलो थिएन न त छ नै। ”मैले इटली गएर के गर्छु कस्तो काम पाउछु कस्तो देश् हो र के हुन्छ भनेर सोचेको थिइन मैले त एउटै कुरा मात्र सोचेको थिए, मलाई इटली पुग्नु छ, त्यहा पुगेपछि मेरो भाग्य खुल्ने छ, मेरा छोरा छोरीहरुलाई सपना बाट उतार्ने छु।” उहाँले दुखी हुँदै भन्नु भयो। उहाँको जिन्दगीको अबिस्मरणिय घटना सम्झनु हुन्छ जब उहाँ रसियाबाट जंगलको बाटो मार्फत युक्रेन हुँदै स्लोभाकिया अस्ट्रिया अनि इटली। रसिया बाट इटली सम्म आउन को लागि प्रति ब्यक्ति ३५०० युरो मा एउटा दलाल भेत्तियो ”सोही दलाल मार्फत यूरोप छिर्ने क्रममा रसिया-युक्रेन जंगलमा महिनौ बितायौ। कति दिन त घाम पनि देख्न पाइदैन थियो खाने पिउनेको कुरै नगरौ।” उहाँले बताउनु भयो। ३ जना नेपाली २ जना ईण्डियन र २ जना बङलादेशी भएको त्यस समुहमा ३ जना दलालका मानिस थिए। दिन भरी जंगलमै सुत्ने रात परे पछि हिड्नु पर्थ्यो। एक दिन एक्कासी उहाँहरु मध्य एकजना बंगाली बिरामी परेछ र हिंड्न सकेन छ। केही समय त उसलाई पालैपालो बोकेर साथ ल्याउने प्रयास भएछ। तर पछि दलालको समुहहरु ले त्यो ब्यक्तिलाई अन्तै कतै लगेछ। ”उसलाई घर फर्काइ दियौ भने तर घर फर्कने सम्भब थिएन त्यसैले उसलाई जंगलमा नै मारेर फ्यकिदिए” उहाँले लामो सास फेर्दै भन्नु भयो।

यसरी दु:ख भोगेर यहाँ सम्म त आइपुगिन्छ तर स्थापित हुन गर्नुपर्ने अन्तर संघर्षको नयाँ नमिठो अध्याय सुरु हुन्छ। यसको लागि के भोग्नुपर्छ,गर्नुपर्छ र सहनु पर्छ भन्ने तितो अनुभब यहाँ लामो समय देखि बसोबास गर्ने प्राय नेपालीहरुको मुटुमा रगत जस्तै बगेकै हुनुपर्छ। समय यति छिट्टो परिवर्तन हुन्छ र समय सँग संगै मानिसमा हुने परिवर्तनलाई नकार्न सकिन्न। आफूले जे जस्तो देखे भोगे पनि त्यसलाई बिर्षने र यस्तो प्रिस्टभुमीमा आफ्नो दाजुभाइलाई यहाँ बोलाउनको लागि दलालहरु मार्फत लाखौं रुपैया खर्च गर्न तयार हुँदा दलालहरुले प्रोत्साहन पाएका छन्। फलस्वरुप नेपाली दलालबाट यहाँ पनि नेपाली ठगिन्छन्। नेपालमा महिनाको लाखौं कमाइ हुने प्रचारले कुन नेपाली ले १० लाख तिर्न तयार हुन्नन होला। लाखौं कमाइन्छ पनि तर यस्कोलागी कति दु:ख गर्नुपर्छ र अबसर कसरी आउछ या आउदैन भन्न सकिन्न। ईकोनोमी पोलिसी अनुसार इटली सरकारले बेला बेला जारी गर्ने इमिग्रेसन प्रोग्राम मार्फत यहाँ नेपाली भित्र्याउन सकिन्छ।(यस्तो इमिग्रेसन प्रोग्रामको निस्चित समय,अबधी, निति नियम हुन्छन्। ) जस्को काइदा र फाईदा भने दलालहरुलाई हुन्छ। आफू सँग काम र काम दिन सक्षम ब्यक्ति छ भने सो इमिग्रेसन प्रोग्राम मार्फत थोरै लागतमा इटली आउन तथा यहाँ बस्नेहरुले पर्मित पाउन सक्छ। तर उचित जानकारीको अभाबमा अनेकौ नेपाली दलालीको फन्दामा परि १० लाख सम्म खर्च गरेर इटली आएको देखिन्छ तर कतिपय भने लाखौं खर्च गरेर पनि यहाँ पर्मित बनाउन सकेको हुन्न र दलालले फसाएर जिन्दगी नै अनिस्चित बनाइदिन्छ। यहि दलाली बिषयलाई लिएर यहाँ नमिठा घट्नाहरु नघटेका हैनन

यहाँ सबै कुरा नराम्रो छ भन्ने पनि हैन।बिभिन्न बिषय र उद्देश्य अन्तर्गत स्थायी तथा अस्थायी अनुमती पत्र पाएका ब्यक्तिहरुले न्युनतम माप्दन्ड पुरा गरे आफ्नो परिवारलाई ल्याउन सक्छन। यसको लागि कुनै निस्चित समय कुर्नु पर्दैन। यस्को लागि आफ्नै नामको अपार्त्मेन्ट रेन्ट लिएको हुनुपर्दछ। उचित अबसरको त्यति सम्भबना कम भएता पनि आफ्नै उध्योग ब्यापार गर्न कुनै ठुलो कठिनाई छैन। आफूलाई ईच्छा लागेको र दक्ष क्षेत्रमा उचित लगानी गर्न सकियो भने ब्यापार तथा ब्यवसायको सम्भबना धेरै छ। यसरी यहाँ अबसर आफुले निर्माण गर्न पनि सकिन्छ। यसको लागि मानसिक सारिरिक आर्थिक र सामाजिक रुपमा तयारी बनाउनु जरुरी हुन्छ। त्यस्तै काम जस्तो पनि गर्न तयार हुन सकियो भने समयले एक दिन तपाईंलाई अबस्य साथ दिने छ। यहाँ पहिले जति दु:ख भोग्नु परे पनि उपलब्धी पनि पाइन्छ। आज अनेकौ नेपालीहरु इतालियन रेस्टुरेन्टमा कूक काम गर्छन्। कूक गर्न सक्नु भनेको ठुलो कुरा हो र यस्ता मान्छे लाई अबसरको खोजी धेरै गर्नु पर्दैन। काम केही ढिलो छिटो हो तपाईका आफन्तहरु नजिकमा हुनुहुन्छ भने उहाँहरुका माध्यमबाट कतै न कतै काम पाउनुहुन्छ । त्यो काम भनेको रेस्टुरेन्ट, डोमेस्टिक (घरको काम), बदान्ते अथवा कियर गिभर, गार्डेनर(बगैचा सफा गर्ने काम) हरु हुन्। अगाडि आएका नेपालीहरुले जेजस्तो काम पाएका छन् तिनीहरुले गरेको ठाउँमा भनसुनका आधारमा तपाईले काम पाउनुहुन्छ । तपाईं नयाँ देश नयाँ ठाउँमा आउनुभएको छ यसैले काम सिक्ने, सामान्य भाषाको अनुमान लगाउँदै विस्तारै विस्तारै काम सिक्नुपर्ने हुन्छ । तपाईंले जुनसुकै र जस्तो सुकै काम पायो र सुरु गर्दा म नेपालमा यस्तो थिएँ यहाँ म कसरी झाडुबडारु गरौं भन्नुभयो भने तपाईले यहा केहि काम गर्नु हुन्न तर यो अहम तपाईमा धेरै दिन टिक्दैन। धेरै हैन 6 महिना तपाई काम नगरी बस्नु भयो भने समय र परिस्थितिले यस्तो बनाइ दिन्छ कि तपाईले अगाडी आएको जुनसुकै काम गर्न तयार हुनु हुनेछ। नेपालदेखि नै कामको सम्मान गर्न जान्नुभएको छ भने काम जेजस्तो भेटिन्छ तपाईले गर्नुहुन्छ आफ्नो मिहिनेत गर्दै जानुभयो र आफ्नो क्षमतामा वृद्धि गर्नुभयो भने अन्यत्र ठूलाठूला कम्पनीहरुमा काम पाउन सक्नुहुन्छ । ठूला कम्पनीमा काम पाउनुभयो भने कम्पनीका प्रचलित विदाहरु, बोनस, स्वास्थ्य बिमाका लागि पनि कम्पनी हेरेर पाउन सक्नु हुन्छ। तर त्यसका लागि धैर्य र लगनशील अनि आफूमा आत्मविश्वास चाहिन्छ । यहाका मानिसहरु नेपाल भने पछि अत्यधिक खुसि हुन्छन। नेपाली मन पराउछन् तर यिनीहरु नेपाल एक गरिब देश हो र यहाँ खान लाउन समस्या छ भनेर दयाको भाबनाले हेरछन्। यस्तो हुनुमा कैयो नेपालीहरुको गलत प्रस्तुति पनि हो त्यसैले इटालियन रोजगार दाताले बिबश नेपालीहरुको श्रम शोषण गरिरहेको पाइन्छ जुन नेपालीहरुले महसुस गरे पनि बिबस र बाध्य भै काम गरिरहेका हुन्छन।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: