एमआरपी बनाउन काठमाडौँ जानुपर्ने बाध्यता हटयो

(स्रोत रासस)

एमआरपी बनाउन काठमाडौँ जानुपर्ने बाध्यता पाल्पामा हट्ने भएको छ । नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयबाट एमआरपी राहदानीका लागि आवेदन दिने व्यवस्था मिलाएपछि आवेदन दिन काठमाडौँ जानुपर्ने बाध्यता हटेको हो ।

गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरी कात्तिक २५ गतेदेखि जिल्लाबाटै राहदानी उपलब्ध गराउन निर्देशन दिएअनुरूप जिल्लाबाटै राहदानी वितरण हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

प्रशासन कार्यालयले राहदानी फारम सङ्कलन गर्ने र सङ्कलित फाराम रूपन्देही जिल्लामा बुझाएपछि रूपन्देहीमार्फ राजधानी पर्ठाई व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरेले बताउनुभयो ।

काठमाडौँमा तयार भएर आउने एमआरपी जिल्लामा ल्याएर र्सवसाधारणलाई वितरण गरिने प्रजिअ घिमिरेले बताउनुभयो । यसअघि राहधानी लिन राजधानी जानुपर्ने बाध्यताले र्सवसाधारणलाई कठिनाइ भइरहेको थियो ।

जिल्ला प्रशासन कार्यालयबाटै राहदानी पाउने भएपछि यहाँका र्सवसाधारण निकै खुसी भएका छन् । राहदानीको फाराम भरेको ३५ दिनसम्ममा उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रजिअ घिमिरे दाबी छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: