छैन पोखरा सुस्ताएको :आनन्द राज बज्राचार्य

पोखरा संगीतको राजधानी हो भन्ने कुरामा सहमत सबै हुन्छन होला । यहि पोखरालाई संगीतको राजधानी बनाउन आर्को एक इट्टा थप्ने काम देउराली ब्याण्ड ले पनी गरेको छ । २०५० सालमा स्थापना भएको यो ब्याण्ड शुरुमा देउराली क्लब थियो । पछि त्यहि क्लब देउराली ब्याण्डमा परिणत भएको थियो। २०५२ सालमा ब्याडको पहिलो एल्बम अन्यौल बजारमा आए लगत्तै ब्याण्ड को चर्चा देश ब्यापी भयो । पहिलो रेकर्डेड गीत ” रातको सपनिमा ” र “ढुंङ्गे साउ को मेलामा” बोल को गीत ले ब्याण्डको चर्चा शिखरमा नै पुर्याएको थियो ।सन्तोष गुरुङ्ग, पोखरा !

सोहि ब्याण्डले लगातार बजारमा लुकि चोरी, अताह,निरन्तरता बजारमा ल्यायो । ति सबै एल्बमले ब्याण्डलाई शिखरमा पुर्याउन सफल भएको छ । गीतहरु “सरर हावा चल्यो, प्रियसी तिमीले मेरो, जुन देखे जुनै राम्रो , जहाँ जाउला उतै खाउला, पानी मिठो जस्ता गीतहरु श्रोताहरुको मनमा अझै बसेको छ । देउराली ब्याण्ड स्वदेश र बिदेश मा समेत चर्चित बन्न पुगेको छ । देश भित्र बिभिन्न जिल्लाहरुमा र सिक्किम, दार्जलिंग, जापान र अमेरिका सम्म पुगेर ब्याण्ड ले आफ्ना गीत संगीतले मन्त्र मुग्ध पार्न सफल भएका छन् ।

समुहका गायक आनन्द राज बज्राचार्य बिगत सम्झदै भन्छन् : पहोलो पटक १९९६ मा लुकी चोरी गीत ले पप कन्टेस मा बेष्ट ब्याण्ड र बेस्ट भोकल को अवार्ड पाउदा निकै खुशी भएका थिए । त्यसै गरी १९९७ मा पप म्यूजिक कन्टेस्ट मा फस्ट रनर अप ब्याण्ड को उपाधि जित्न सफल भएको थियो । ब्याण्ड को गीत जुन देख्यो जुनै राम्रो बाट पुरस्कार उनीहरुले प्राप्त गरेका थिए । गायक बज्राचार्य भन्छन् उती बेला अहिलेको जस्तो एवार्ड कार्यक्रम हुदैन थियो,इमेज च्यानलले देउसी कन्टेस्ट भन्ने गर्थ्यो । त्यहि कार्यक्रममा आफ्नो ब्याण्ड सहभागी हुदा पहिलो स्थान हाँसील गर्न सफल भएको सम्झदै पुरस्कार स्बरुप च्यानलले निर्देशक लभ कार्की द्वारा निर्देशित म्यूजिक भिडियो जुन देखि जुन राम्रो निर्माण गरिएको थियो भन्छन् ।

अहिले आएर पोखरा केहि सुस्ताएको जस्तो देखिए पनि गायक आनन्द त्यो कुरा स्बीकार्दैनन् । किन कि गायक भन्छन् अहिले हामीले निरन्तर स्रोता तथा दर्शक को रुचिलाई मध्य नजर गरी एल्बमहरु बजारमा लयाएका छौ । पहिलो सोलो एल्बम ब्याण्ड मा रहदै निकाले थिए र अहिले उनको दोस्रो एल्बम कन्ट्यूनिटि-२ म्यूजिक क्रिएसन मार्फत बजारमा आएको छ । जुन एल्बमको गीत कोहि छ र झिम्के परेलि उनको अहिले चर्चामा रहेको छ । गायक अहिले ब्याण्ड बाट अलगी सकेका छन् । ब्याण्ड छोड्नु र टुक्रनुको कारण का बारेमा उनी ब्याण्ड भित्र रहेका सदस्य बिच लामो समय सम्म बिश्वास टिक्न नसक्नु र आफ्नो ब्यस्तता भनी प्रष्ट्याउछन् ।

हाल उनी आफ्नो दोस्रो एल्बमको प्रचार प्रसारमा ब्यस्त रहेका छन् । नेपाल भ्रमण बर्ष-२०११ लाई लक्षित गरी पोखरा को प्रकृतीलाफ बर्णन गरी लेखिएको गीत “शब्द ले के खोल्छ” को भिडियो सम्पादनमा उनी हाल ब्यस्त रहेका छन् । पर्यटकिय रमणिय स्थल पोखरा बासी भएको ले पनी नेपाल भ्रमण बर्ष-२०११ लाई सफल बनाउन उनले सानो योगदान दिएको बताउछन् । दि ब्लाक प्रोडक्सनले छायांकन गरेको उनको म्यूजिक भिडियो छिटै नेपाली टेलिभिजनहरु मार्फत दर्शकहरुले देख्न पाउने छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: