पूर्वको रेल चढेर पश्चिमको यात्रामा माओवादी

–केशवराज जोशी आकाश

विश्वमा कम्युनिस्ट पार्टीका सन्दर्भमा नकारात्मक बहस चलिरहेको बेला नेपालमा उल्लेख्य जनताको समर्थनसहित नेकपा माओवादीको उदय भयो। नेपालमा विभिन्न समयमा भएका राजनीतिक सङ्घर्षले परिवर्तन संस्थागत गर्न नसकेको भन्दै माओवादीले ०५२ सालमा जनयुद्धबाटै प्रतिक्रियावादीहरूलाई ठेगान लगाउने र जनताको राज्यसत्ता स्थापना गर्नका लागि बन्दुक उठायो। थोरै सङ्ख्याबाट सुरु भएको माओवादी जनयुद्ध अन्ततः मुलुककै सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुन पुग्यो।  

तत्कालीन अवस्थामा माओवादी विचार र कार्यदिशा सही भएको प्रमाणित गर्दै माओवादीलाई जनताले संविधानसभाको निर्वाचनमा मुलुकको सबैभन्दा ठूलो दलको रूपमा स्थापित गराए। जनयुद्धको दौरानमा माओवादीले जनताको सेना भन्दै ‘जनमुक्ति’ सेनाको निर्माण पनि गर्योा। माओवादीका नेता प्रचण्डले भनेका छन्, ‘हामीहरू धेरैपटक रुँदा–रुँदै हास्यौँ र धेरैपटक हाँस्दाहाँस्दै रोयौँ।’ जनयुद्धमा हजारौँ योद्धाले आफ्ना सुन्दर जीवन पनि उत्सर्ग गरे देश र जनताका लागि भन्दै। माओवादीले देश र जनतालाई बाँडेका सपनालाई समर्थन गर्दै गणतन्त्र स्थापनाको महाअभियानमा लामबद्ध बने लाखाँै जनता। इतिहासलाई केलाउँदै जाने हो भने माओवादीले जनयुद्ध सुरु गर्दा पनि मतभिन्नता नभएको होइन। कतिपयले तत्कालीन अवस्थामै जनयुद्ध आतङ्क भएको भन्दै पार्टीसम्म फोडेर गएको घटनाक्रम छ। जनयुद्ध हाँक्नका लागि प्रचण्डको कुशल नेतृत्व, डा. बाबुराम भट्टराईको बौद्धिकता, मोहन वैद्यको दर्शन, बादलको सैन्य कौशलता र अन्य नेताहरूको जिम्मेवारीबोधकै कारण जनयुद्धले नयाँ उचाइ प्राप्त गरेको माओवादीकै नेताहरूले बेलाबेला भन्ने गरेका छन्। तर, आज स्थिति बदलिएको छ, अर्थात् आज माओवादी पूर्वको रेल चढेर पश्चिम पुग्ने सपना बोकिरहेको छ। हिजो फलामे खम्बाजस्तै एक हुन सक्ने माओवादी नेताहरू अहिले सिसाजस्तै चकनाचुर भएर गइरहेका छन्। अर्थात् भावनात्मक र सैद्धान्तिक रूपमा विभाजित बन्दै जान थालेका छन्। खासगरी माओवादीको चर्चित पालुङटार बैठकपछि माओवादी चिराचिरा बन्दै गएको छ। हिजो एमाले, काङ्ग्रेसलगायतका दलहरूभित्रको विभाजन देख्दा हाँस्ने माओवादी आज आफैं नराम्रोसँग आपसी द्वन्द्वमा रुमलिएको छ कि अब माओवादी सम्बन्ध ग्यास च्याम्बरजस्तै भइसकेको छ। अहिले माओवादीमा नेतादेखि कार्यकर्तासम्ममा विभाजन देखापरेको छ। फरक विचार र समूहमा जानेबित्तिकै एक–अर्कालाई दुश्मन देख्ने प्रवृत्ति मौलाउँदै गएको छ। यतिबेला बहस सुरु भइसकेको छ– के माओवादी विभाजन होला? माओवादीभित्र र बाहिरकै एकथरीले पार्टी विभाजनलाई स्वर्गीय आनन्दका रूपमा लिइरहेका छन् भने अर्कोथरीले माओवादी विभाजन भए मुलुक नै दुर्घटनामा पर्ने र जनता, कार्यकर्ता, सहिद, बेपत्ता परिवारमा असह्य पीडा हुने बताइरहेका छन्। पालुङटार बैठकपछि माओवादीमा सुरुमा तीन लाइन र हाल दुई लाइन सङ्घर्ष पेचिलो बन्दै गएको छ। अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन वैद्य र डा. भट्टराईको विचार र समूहमा नेतादेखि कार्यकर्तासम्ममा विभाजन आइसकेको छ। माओवादीमा विवाद यतिसम्म बढेको छ कि एकले अर्कोलाई आरोप लगाएर राजनीतिक रूपमै सिध्याउने कसरत मात्र गरिरहेका छैनन् आफ्नै कार्यकर्ता तथा नेताहरूलाई सहन गर्नै नसक्ने शब्द–प्रहार गर्दै कम्युनिस्टको आचरण र शैलीबाट स्लखलन हुँदै गइरहेका छन्। आखिर किन यतिसम्मको विभाजन भयो माओवादीमा?

कार्लमार्क्सले व्याख्या गरेजस्तै इतिहासका कालखण्डमा विभिन्न प्रतिद्वन्द्वी वर्गबीच हार न जितको स्थिति पैदा भएर राज्यको स्वरूप ‘भीरको चिचिन्डो’जस्तो देखिन्छ। अहिले पछिल्लो समयमा माओवादीभित्रको तीव्र विवादलाई ‘भीरकै चिचिन्डो’को अवस्थामा लिन सकिन्छ।

एक पक्ष बढी क्रान्तिकारीजस्तो देखिने र अर्को पक्ष दक्षिणपन्थीजस्तै देखिने अनि अर्को पक्ष विचारविहीन नेताका रूपमा देखिँदै जान थालेको छ। माओवादीभित्रको खतरनाक अन्तरसङ्घर्षले मुलुक र स्वयम् माओवादी पार्टी कता जाने भन्ने भयानक अवस्थाको परिकल्पना एकातिर गरिँदै छ भने अर्कातिर विश्वमै कम्युनिस्ट आन्दोलनले कुन रूप लिने भन्ने बहस तीव्र गतिमा चलिरहेको छ। माओवादीमा यतिबेला विचारधारात्मक सङ्घर्ष एकातिर तीव्र रूपमा चलेको छ भने अर्कातिर पार्टीभित्रकै सत्ता र शक्तिको लडाइँ पनि चलिरहेको छ। यसले केही समूह र गुटलाई फाइदा गरे पनि मुलुक बर्बादीको बाटोतिर जाने प्रायः निश्चित छ।

तथापि, एकीकृत नेकपा माओवादीभित्र अहिले देखिएको विवाद आज मात्रै देखिएको भने होइन। इतिहासलाई फर्केर हेर्ने र केलाउने हो भने २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापनापश्चात् विभिन्न उतारचढाव देखिँदै आएका छन्। ०१० देखि ०१२ सालमा नेकपाभित्र दक्षिणपन्थी संधोधनवादले प्रवेश पाएकै कारण ०२०–०२२ सालमा आएर कम्युनिस्ट पार्टी विभाजन हुने अवस्थामा आइपुग्यो। र, हालसम्म पनि कम्युनिस्ट पार्टी गुट र फुटको स्थितिको सामना गरिरहेका छन्। तर, अहिलेको सङ्घर्ष र तत्कालीन अवस्थाको सङ्घर्षमा पक्कै पनि अन्तर भने छ। पुरानै इतिहास कोट्याएर आफूलाई मात्र क्रान्तिकारी देख्ने र मन नपरे दक्षिणपन्थी देख्ने प्रवृत्तिले पनि माओवादीभित्र विवाद बढाउन मलजल गरेको छ। तर, यतिसम्मकै विवादबीच माओवादी पार्टी फुट्ने स्थिति भने छैन। किनकि हजाराँै सहिदको रगतको आहलमा टेकेर उदाएको माओवादीलाई फुट्न अनुमति माओवादीकै इमानदार नेता तथा कार्यकर्ताले दिने छैनन् भन्नेमा विश्वस्त छन् जनयुद्धका जीवित योद्धाहरू। खासगरी माओवादीले विशाल पार्टी बनाउने नाममा गरेको ‘ढोका खुल्ला’ अभियानले पनि माओवादीलाई यस निराशाजनक अवस्थामा पुर्यासएको विश्लेषण गर्नेहरू पनि छन्। तर, मार्क्सवादको बारीमा दक्षिणपन्थी धार समातेको बोट उमि्रएला भन्ने कुराचाहिँ हाउगुजी मात्रै हो। अहिलेको अवस्थामा माओवादीसँग एक मात्र विकल्प छ– शान्ति र संविधानलाई संस्थागत गर्दै मुलुकलाई अगाडि बढाउनु। यो अभियानबाट माओवादी नेता तथा कार्यकर्ताहरू विचलित भएमा त्यो आत्मघाती हुनेछ। हो, हिजो माओवादीले आमजनतालाई बाँडेका सपना, वाचा र प्रतिबद्धताहरू पूरा भएका छैनन्। माओवादीले ती सपनालाई सगरमाथाको टुप्पोमा लगेर राखेको छ, हल्का पनि यताउता चलाउँदा त्यहाँबाट लडेर मर्ने अवस्था छ। किनकि त्यो बाटो त्यति सहज छैन। १२ बुँदे सम्झौतापछि माओवादी नेतृत्व झुक्दै गरेका विभिन्न बुँदे सम्झौताले नै माओवादीले जनयुद्धताका नाराहरूलाई विसर्जन गर्दै गएको थियो। माओवादीले अहिले मरेर चाहे पनि जनविद्रोहको सपना र चाहना आकाशमा उडेको बेलुनजस्तै देखिन्छ, किनकि हिजो माओवादीले तरेको जनयुद्धको पुल भत्किसकेको छ। माओवादीलाई सेल्टर दिने जनता उनको सम्बन्ध सिसाजस्तै भएको छ। जनता र माओवादी नदीका दुई किनार जस्तै हुन थालेको छ। हरेक हिसाबले ऊ कमजोर बन्दै गएको छ। यसको पछाडि माओवादी नेतृत्वले सहमतिका नाममा बहादुरीपन देखाउँदै सधंै हार्न खोज्ने प्रवृत्ति नै मुख्य कारण हो। यसमा माओवादीका उच्चस्तरका सबै नेताहरू दोषी छन्। किनकि, उनीहरूमा भित्र ठीक गर्न नसक्ने तर बाहिर धम्की दिने प्रवृत्ति हाबी हुँदै गयो जो किमार्थ ठीक हुन सक्दैन। तर, यतिबेला जनयुद्धका सपना पूरा गर्ने समय फेरि माओवादीको हातमा परेको छ। किनकि, जनताले अत्यधिक मन परेका नेता तथा चर्चित ४० बँुदे माओवादी मागपत्रका नेता डा. बाबुराम भट्टराई मुलुकको कार्यकारी प्रधानमन्त्री छन्। उनीसँग भएको गठबन्धन गर्व गर्न लायक नभए पनि उनीप्रति जनताले गरेको भरोसा र उनको इमानदारीले पार्टीभित्रै र बाहिरबाट सहयोग पाए जनयुद्धलाई वैधानिक रूपमा संस्थागत गर्न सकिन्छ। अन्यथा माओवादी पार्टी फुट र विभाजनको स्थितिमा गए मुलुकले बर्बादीको यात्रा तय गर्दै मुलुकको भविष्य ब्रेकफेल हुनेछ भने कम्युनिस्टप्रति उर्लंदो जनमास लामो समयका लागि ह्रास हुनेछ। यतिमात्र होइन, क्रान्तिकारीहरूप्रति नै घृणाभाव उत्पन्न हुनेछ। यसमा विमति राखिरहनै पर्दैन।

(लेखक नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका कोषाध्यक्ष तथा क्रान्तिकारी पत्रकार सङ्घमा आबद्ध छन्।)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: